IME Life

नेशनल लाइफको ३४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश सहितको एजेण्डा पारित

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा केन्द्रिय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । सभामा कम्पनीले लाभांश सहितका प्रस्तावहरु पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारिश्रमिक पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनश शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदन भएको छ ।

प्रस्तावित बोनश शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको थियो। त्यसकारण मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ र सो आ.व.२०७७/०७८ मा ९.६७ प्रतिशत कायम रहेको छ ।

त्यसैगरी कम्पनीको आर्थिक वर्ष.२०७७/०७८ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त  Future Bonus Provisioning गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS