IME Life

अभिकर्ताको प्रश्नपत्र निर्माणकर्तालाई रोष्टरमा सहभागी हुन आह्वान, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता)को परीक्षाको प्रश्नपत्र निर्माणकर्ताहरुलाई रोष्टरमा सहभागी हुन आह्वान गरेको छ । प्राधिकरणले परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७९ बमोजिम अभिकर्ताहरुको परीक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र निर्णमा गर्न आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई रोस्टरमा सहभागि हुन अनुरोध गरेको हो ।

प्रश्नपत्र निर्माणकर्ताको लागि न्युनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । साथै बीमा क्षेत्रमा तीन वर्षको अनुभव समेत भएको हुनु पर्नेछ । यसरी स्नातकोत्तर गरी बीमा क्षेत्रमा तीन वर्ष काम गरेको अनुभव भएका नेपाली नागरिकले प्राधिकरणले दिएको लिङ्कमा गइ तोकिएको विवरण भर्नु पर्नेछ । प्रश्नकर्ताले शैक्षिक योग्यताको वायोडाटा र कार्य अनुभवको वायोडाटा पेश गर्नु पर्छ ।

Prabhu
Crest

यसरी योग्यता प्राप्त आवेदकलाई प्राधिकरणले छनौट गरी रोष्टरमा सूचिकृत गर्नेछ । रोष्टरमा सूचिकृत भएका नेपाली नागरिकले बीमा कम्पनीहरुले आयोजना गरेको बीमा अभिकर्ताहरुको परीक्षाका लागि प्रश्नपत्र तयार पार्न सक्ने छन् ।

प्राधिकरणले निर्देशिका मार्फत अभिकर्ता बन्नका लागि पढ्नु पर्ने आधारभुत विषयवस्तुको सूचि तयार पारिसकेको छ । प्रश्नकर्ताले सोहि विषयवस्तुबाट प्रश्नपत्र तयार पार्नु पर्ने हुन्छ । प्राधिकरणले अनलाइन परीक्षाका लागि नयाँ सफ्टवेयर निर्माण गरिरहेको छ । उक्त सफ्टवेयर मार्फत अभिकर्ताले अनलाइनबाटै परीक्षा दिन पाउने छन् । अनलाइनबाट लिइने त्यस्ता प्रश्नहरुलाई समय सापेक्ष बनाउनेदेखि लिएर समय समयमा परिमार्जन समेत गर्नु पर्ने हुन्छ । यसका लागि पनि प्राधिकरणले प्रश्नपत्र निर्माणका लागि प्रश्नकर्ताको सूचि बनाउन थालेको हो ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdXqObig1Lti5Byqdj7KH-GbCpHS23cug4fanXgDKVnGAYcdQ/viewform

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

8%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS