IME Life

एनआईसी एशियाले ल्यायो विश्वकप लक्षित योजना, २ हजारसम्म टपअप

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्नेलाई प्रत्येक खेलमा ५ देखि १० जनालाई ५ सय देखि २ हजारसम्म मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ ।

साथै, उक्त योजना अन्तर्गत तीन सय जनालाई छनोट गरि बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने छ । २० लाख पटक भन्दा बढी डाउनलोड भइसकेको बैंकको मोबाईल बैकिङ्ग एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहकहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न पर्नेछ।

Prabhu
Crest

यस योजना अनुसार काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने तीनसय वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS