IME Life

वित्तीय दायीत्व र जाेखिमकाे पहिचान गर्न डिडिए गराउँदै नेपाल रि

SPIL
NIC ASIA

काठमाण्डौं । नेपाल पूनर्बीमा कम्पनीले ड्यु डिलिजेन्स अडिट (डिडिए) का लागी ईच्छुक लेखा परिक्षण संस्थासँग प्रस्ताव आह्वान गरेको छ । नेपाल चार्डर्ड अकाउण्टेण्ट संस्थाबाट लेखा परिक्षणको मान्यता प्राप्त संस्थालाई लेखा परिक्षकको बन्द सूचीमा सहभागी हुनको लागी नेपाल रिले प्रस्ताव आह्वान गरेको हो ।

कम्तीमा पाँच वर्षदेखि लेखा परिक्षण सेवामा संलग्न रहेको लेखा परिक्षण संस्थाले आवेदन दिन सक्नेछन् । मंसिर १६ गते प्रकाशित सूचना अनुसार १५ दिनभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ । प्रस्तावसँगै व्यवसाय दर्ता प्रमाण पत्र, नेपाल चार्टर्ड अकाउण्टेन्ट संस्थाबाट प्रमाण पत्र, स्थायी लेखा नम्बर, कर चुक्ता प्रमाण पत्र र अन्य आवश्यक कागजात सहित प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

Prabhu
Crest

सूचीकृत गरिने संस्थाबाट कम्पनीले लेखा परिक्षण कार्य गराउनेछ । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुले कम्तीमा प्रत्येक पाँच वर्षको अवधिमा डिडिए गराउनुपर्ने निर्देशन दिए पनि अधिकांश बीमा कम्पनीले गराएका छैनन् ।

सामान्यतया डिडिए प्रक्रियाले कुनै पनि पुरानाे कम्पनीमा लगानी गर्नु वा खरिद गर्नु अघि  प्राप्तकर्तालाई लक्षित कम्पनीमा विद्यमान जोखिम, दायित्व र व्यापारिक समस्याहरू पहिचान गर्न र मूल्याङ्कन गर्न सहयाेग पुर्याउछ । कम्पनी मर्जरमा जाने बेला वा नया लगानीकर्ता भित्र्याउने समयमा यस्ताे लेखापरिक्षण गर्ने अभ्यास रहेकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS