IME Life

रिलायबल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा पुनः निवेदन दिएको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम सहित २१२ रुपैयाँमा प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले कुल २ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्नका लागि पुनः बोर्डमा निवेदन दिएको हो । कुलमध्ये ६ लाख कित्ता एक सय रुपैयाँमा कर्मचारीको लागि र १ करोड १४ लाख कित्ता सर्वसाधारणका लागि २१२ रुपैयाँको दरले आइपीओ निष्काशन गर्न बोर्डमा निवेदन पेश गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक सिभिलमा क्यापिटल मार्केट रहेको छ । हालसम्म कुनै पनि बीमा कम्पनीहरुले प्रिमियममा प्राथमिक शेयर निष्काशन गरेका छैनन् । तर रिलायबलले पहिलो पटक यस्तो अभ्यास गरेको हो । प्राथमिक शेयर निष्काशनक पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीले प्रिमियममा आइपीओ निकाल्दा १ अर्ब २७ करोड ६८ लाख रुपैयाँ  प्रिमियम संकलन गर्ने र उक्त रकम कम्पनीको जगेडा कोषमा जम्मा हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

4%

अचम्मित

11%

उत्साहित

4%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS