IME Life

महालक्ष्मी विकास बैंकद्धारा दृष्टिबिहिन बालबालिकालाई सहयोग

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरमा रहेको नेपाल दृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाको लागि १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको छ ।

दृष्टिबिहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षामा समेत सहयोग प्रदान गर्ने सामाजिक कार्यमा लामो समयदेखि सक्रिय उक्त संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस भन्ने उद्देश्यले बैंकले सहयोग प्रदान गरेको जनाएको छ ।

Prabhu
Crest

त्यस्तै बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समिति लाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । धार्मिक एवं पर्यटकिय क्षेत्र विकासमा थप टेवा पुगोस् भन्ने हेतुले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकको ठुटिपिपल शाखाद्वारा ओमसत्तिया गाँउपालिका–१, रुपन्देहीमा अवस्थित श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरिएको छ ।

मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्याउने हुदा बैंकले बाल उद्यानका लागि सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS