IME Life

नेशनल लाइफको साधारण सभा आइतबार, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरन्स कम्पनीको साधारण सभा मंसिर १८ गते आह्वान गरेको छ । कम्पनीको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १८ गते विहान साढे १० बजे केन्द्रिय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि मंसिर ८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । त्यसकारण भोलि मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छफल गरि पारिने गर्ने प्रस्ताव रहेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।

कम्पनीले गत भदौ २७ गते आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब तीन करोड ५१ लाख रुपैयाँ छ । यस पूँजीको १५ प्रतिशत अर्थात ६० करोड ५२ लाख रुपैयाँको बोनस शेयर वितरण गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड चार लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले ३५ करोड ९५ लाख रुपैयाँ आवस्यक पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS