IME Life

सन नेपाल लाइफले प्रिमियम मूल्यमा शेयर जारी गर्ने, पायाे त्रिपल बी माइनस रेटिङ

SPIL
NIC ASIA

काठमाण्डौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले गरेको वित्तीय जोखिमांकनमा सन नेपालले केयर एनपिन त्रिपल बी माइनस रेटिङ पाएको छ । यो पुरानै रेटिङको निरन्तरता हो । केयर रेटिङका अनुसार यस्तो मूल्यांकन प्राप्त गर्ने कम्पनीको वित्तीय दायीत्व समयमै बहन गर्न सक्ने सवालमा औसत रुपमा सुरक्षित रहेको मानिन्छ ।

सन नेपाल लाईफले संस्थापकहरुबाट ६० प्रतिशत राइट शेयरवापत थप पूँजी लगानी गर्न लगाएर चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ पुर्‍याएको छ । यसअघि चुक्ता पूँजी जम्मा १ अर्ब ४० करोड  रुपैयाँ रहेको थियो । नेपाल बीमा कम्पनीले सबै जीवन बीमा कम्पनीहरुर्ले आगामी चैत्र मसान्तभित्र जसरी पनि न्यूनत्तम पाँच अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने निर्देशन जारी गरेको छ । छोटो समयमै दोब्बर भन्दा बढी पूँजी पुर्‍याउनुपर्ने भएकाले सन नेपाल लाईफको संचालक समिति र उच्च व्यवस्थापन दबाबमा छ ।

Prabhu
Crest

अपुग पूँजी जुटाउनको लागी कम्पनीले प्रिमियम मूल्यमा शेयर जारी गर्ने तयारी गरेको छ । लगातार तीन आर्थिक वर्षसम्म नाफामा रहेको कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्दा एक सय रुपैयाँ दरको शेयर त्यो भन्दा महँगो मूल्यमा बिक्री गर्न पाउँछ ।

कम्पनीले गत आ.व.मा अघिल्लो आ.व. २०७७।७८ को तुलनामा खुद नाफामा १ यस ४१ प्रतिशतले वृद्धि गरेर २१ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यसैगरी आ.व. २०७७।७८ को तुलनामा सन नेपाल लाईफले आ.व. २०७८।७९ मा कुल बीमाशुल्क आम्दानीमा ४४ प्रतिशतको उल्लेखनीय वृद्धिसँगै कूल २ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आम्दानी गर्न सफल भएको छ । यो मध्ये ६४ प्रतिशत रकमा नविकरण बीमाशुल्कबाट आम्दानी भएको छ । यसबाहेक २० प्रतिशत बीमाशुल्क रकम वैदेशिक रोजगारी बीमालेखको बिक्रीबाट प्राप्त भएको हो । समीक्षा अवधिमा कम्पनीको लागी ६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

0%

दु :खी

19%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS