IME Life

साताको अन्तिम दिन दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ३२ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १,९६१ दशमलव ०६ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८४ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज लगानीकर्तामा उत्साह थपिएको छ ।

आज दिनभरिमा २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनसीसी बैंकको संस्थापक शेयर ८ करोड १३ लाखको कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावरको ७ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । श्वंत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । एलआइसी नेपालका लगानीकर्ताले ५ दशमलव ०८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS