IME Life

रिलायन्स लाइफ अर्गानीक व्यापारमा अगाडी बढ्दैछ, डिसिइओ निराजन कंडेलसँगको अन्तर्वार्ता

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा जीवन बीमा कम्पनीहरु विचमा सफल मर्जरको इतिहास बनिसकेको छैन । केहि कम्पनीहरु मर्जरको अन्तिम प्रयासमा छन् । कतिपय कम्पनीहरुले मर्जरमा सिनर्जी आउने गरि आन्तरीक तयारी गरिरहेका छन् भने कुनै कम्पनीहरु आन्तरीक कलह नै व्यवस्थापन गर्न सकिरहेका छैनन् । सानिमा लाइफ र रिलायन्स लाइफले भने मर्जरका लागि आवश्यक सम्पुर्ण आन्तरीक काम पुरा गरिसकेका छन् । यसमा दुबै कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरुले दिन रात काम गरिरहेका छन् ।

बैंकिङ क्षेत्रको आकर्षक करिअर छाडेर रिलायन्स लाइफमा भित्रिएका निराजन कंडेल अहिले नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । कंडेलले सन् २००६ बाट बैंकिङ करिअर सुरुवात गरेका थिए । उनले सिद्धार्थ बैंकमा छोटो समय काम गरेर सिटिजन्स  बैंकमा  स्थापनाकाल देखिनै काम गरे । सिटिजन्समा करिव साढे तीन वर्ष काम गर्दा शाखा प्रबन्धक हुन सफल भए । उनको फोकस कर्पोरेट बैंकिङमा थियो । सन् २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक पुगे । उनले त्यहाँ धेरै वटा क्षेत्रमा काम गर्ने अवसर प्राप्त गरे । उनले छोटो समयमै आफुलाई ‘हाइ पर्फमर’ बनाउन सफल भए । असिष्टेन्ट म्यानेजरबाट सुरुवात गरेका कंडेल बाहिरिने समयमा फुल म्यानेजर भएको पनि दुई वर्ष वितिसकेको थियो ।

Prabhu
Crest

जीवनमा जोखिम लिन चाहने कंडेलले ‘स्ट्याण्डर्डको चार्मिङ जव’ छाडेर रिलायन्स लाइफमा भित्रिए ।  उनले रिलायन्सको सुरुवातिदिन देखिनै काम गरे । कर्मचारी नियुक्ति गर्ने देखि लिएर प्रोडक्ट डिजाइनमै काम गरे । अहिले उनले समग्र जीवन बीमा व्यवसायदेखि लिएर ब्राण्डिङ, कर्पोरेट रणनीति, प्रोडक्ट डिजाइन, पुनर्बीमाको क्षेत्रमा रहेर काम गरिरहेका छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका कर्णेलले एसिसिए फिडेटसम्मको उपाधि हासिल गरेका छन् ।

जीवन बीमा व्यवसायमा व्यवसायिकता हुनु पर्छ भन्ने मान्यता राख्ने कंडेल अर्गानिक ग्रोथलाई रुचाउछन् । विगतका वर्षमा लहडमा व्यवसाय गरेका कतिपय कम्पनीको मुनाफादेखि बोनसदरमै अत्याधिक गिरावट आउदा रिलायन्स लाइफले भने मुनाफादेखि धेरै सूचकमा आफुलाई स्थापित गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले गरेका सुधारका कामदेखि लिएर समग्र जीवन बीमा क्षेत्रमा केन्द्रित भएर इन्स्योरेन्स खबरका अरुण सापकोटाले रिलायन्स लाइफका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलसँग लिएको अन्तर्वार्ता

लामो समय बैंकिङ क्षेत्रमा काम गरेर बीमा क्षेत्रमा आउनु भयो । यस अवधिमा तपाईले बैंकिङ र बीमामा के कस्तो फरक पाउनु भयो ?

बैंकिङ र बीमा दुबै वित्तीय क्षेत्र हुन् । मैले बैंकमा लगभग १२ वर्ष काम गरे । रिलायन्स आउनु भन्दा अगाडी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा काम गरे । स्ट्याण्डर्ड चार्टर्डबाट बीमा क्षेत्रमा आउदा धेरै नै फरक हुन्छ नै । तर धेरै नै फरक जस्तो लागेन । बैंकले पब्लिकको पैसा लिएर त्यसलाई लगानी गर्ने भयो । हामीले पनि प्रिमियमको रुपमा पब्लिक सँग पैसा लिन्छौ । गर्ने काम उस्तै हो । बैंक र हाम्रो लगानी प्रत्यक्ष अप्रत्यक्ष रुपमा जाने एउटै ठाउँमा हो । ब्यवसायिक बाटोलाई हेर्दा प्रकृयाँ फरक होला उद्देश्य उहि हो ।

बैंकिङ क्षेत्र अलि धेरै परिपक्व भइसकेको छ । त्यसैले बैंकिङ क्षेत्र धेरै नै माथि पुगिसकेको छ । आजको दिनमा बीमालाई बैंकिङ क्षेत्र सँग तुलना गर्दा कर्मचारीको गुणस्तर, व्यवसायिक तरिकाहरु लाई हर्दा हाम्रो स्ट्याण्ड उस्तै छ । अहिले आएर बीमा क्षेत्रमा पनि सुशासनका क्षेत्रमा धेरै नै सुधार भइसकेको छ । बीमा प्राधिकरणले बीमा व्यवसायका मूल्य मान्यतलाई स्थापित गर्ने प्रयत्न भइसकेको छ । तालिम तथा बृद्धि विकासमा धेरै नै फोकस गरिएको छ । नियामकले यस्तो क्षेत्रमा खर्ब बढाउनु पर्छ भनेर फोर्स गरिरहेको छ । त्यसैले सबै कुरामा हामी राम्रो छौ । आगामी दिनमा अझै सुधार हुँदै परिपक्व हुँदै जान्छ जस्तो लाग्छ ।

बीमा कम्पनीहरुको मुनाफा घटिरहदा रिलायन्स लाइफको यस वर्ष राम्रो सुधार देखियो । कम्पनीले के गर्यो जसले गर्दा प्रति शेयर आम्दानी नै २५ रुपैयाँ नघाउन सफल भयो ?

हामीले कुनै पनि व्यवसाय गर्दा त्यसलाई बुझ्न जरुरी छ । बिक्री एउटा महत्वपुर्ण पक्ष हो । बिक्रीको अन्तिम उद्देश्य भनेको मुनाफा नै हो । निश्चय नै ग्राहकलाई सन्तुष्टी बनाउने कुराहरु, ग्राहकले पाउने सेवा सुविधा हुनु पर्छ नै । तर बिक्री जति नै गरेता पनि मुनाफा छैन भने शेयरधनीहरु लगाएत अन्य स्टेक होल्डर्सका चाहना पुरा हुँदैन । साथै बीमितहरुले प्राप्त गर्ने बोनसदर पनि राम्रो भएन भने उनिहरुको चाहना पुरा हँदैन । त्यसकारण पहिले दिन देखिनै के रियलाइजेसन थियो भन्दा खर्च गर्ने क्रममा इन्सेन्टिभले बटम लाइनमा रहेर काम गर्नु पर्छ भन्ने थियो । हामीले टप लाइनलाई मात्रै हेरेर अगाडी बढ्यो भने विस्तारै मुनाफामा असर गर्छ भन्ने थियो ।

त्यसैले टप लाइन र बटम लाइनमा आउने विचका जति पनि लाइन छन् तिनमा खेल्नु पर्छ भन्ने थियो । व्यवसायिक रुपमा कुरा गर्नु पर्दाखेरि बीमा शुल्क आर्जनमा हामी त्यति धेरै उत्कृष्ठ छैनौ । हामी विचमै रहेर गइरहेका छौ । यसको पनि कारण छ । हामीले अर्गानिक ग्रोथलाई बढि प्राथमिकता दियौ । अर्गानिक विजनेस भन्नाले साना साना पोलिसी, सिङ्गल बीमा शुल्क, मनि व्याक पोलिसीलाई त्यति धेरै ध्यान दिएनौ । ठुला ठुला पोलिसी जारी गर्दा यसले प्रोफिटाविलिटीलाई पनि सपोर्ट गर्दैन भने अर्को तर्फ उक्त पोलिसी नविकरण हुने सम्भावना पनि कम हुन्छ । अर्गानिक व्यवसाय गर्दा बीमा पोलिसी नविकरण गर्ने खालको हुनु पर्छ ।

नविकरण व्यवसायलाई हेर्ने हो भने हाम्रो ७६ करोडको हाराहारीमा छ । जसले प्रथम बीमा शुल्क आर्जन भन्दा नविकरण बीमा शुल्क आर्जन बढि छ । अर्को भनेको हामीले आवधिक जीवन बीमा योजनालाई प्राथमिकता दियौ । मेरो विचारमा वास्तविक बीमा भनेको आवधिक जीवन बीमा हो । त्यसैले हामीले हाम्रा बीमितहरुलाई पोलिसी खरिद गर्दा ५० लाख रुपैयाँको सावधिक जीवन बीमा र ५० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा किन्नुहोस् भनेर जानकारी दिएका छौ । यसबाट सस्तो बीमा शुल्कमा बीमितको एक करोडको बीमा पोलिसी खरिद गर्ने चाहना पुरा भएको छ । हामीले यसमा जनचेतना पनि क्रियट गर्नु पर्छ । यसले हाम्रो टप लाइनमा त्यति धेरै छलाङ मार्दैन ।

एक करोड रुपैयाँको आवधिक जीवन बीमा बिक्री गर्यो भने ५०/६० हजार रुपैयाँ मात्रै बीमा शुल्क आर्जन हुन्छ । तर यसले बटम लाइन अर्थात मुनाफामा भने राम्रो प्रभाव पार्छ । यो कुरा हामीलाई सुरुदेखि नै थाहा थियो । हामीले चार वर्ष अगाडी देखिनै मुनाफामा प्रभाव पार्ने गरि यसमा काम गर्यौ । मेरो विचारमा यहि कारणले गर्दा नै हाम्रो मुनाफामा राम्रो देखिएको हो । साथै हामी सन्तुलित रुपमा अगाडी बढ्यौ । अर्को कुरा हामी खर्चमा धेरै नै अनुसासित भयौ । आजका दिनमा हाम्रो खर्चलाई हेर्नु भयो भने घट्दै घट्दै गइरहेको छ । यहि कारणले गर्दा आजका दिनमा हामी राम्रो मुनाफा आर्जन गर्न सक्ने भएका छौ ।

जीवन बीमा कम्पनीहरुको लगानीलाई हेर्यो भने सधै बैंक वित्तीय संस्थाकै मुद्दती निक्षेपमा केन्द्रित देखिन्छ । बीमा प्राधिकरणले लगानीका ढोका पनि खोलिदिएको जस्तो देखिन्छ । किन बीमा कम्पनीहरुले किन लगानीका क्षेत्रहरु पहिल्याउन सकिरहेको छैन ?

यसमा एक दुई वटा कुराहरु छन् । पहिलो कुरा हामीले हाम्रो अर्थतन्त्रको आकारलाई हेर्नु पर्छ । हाम्रो अर्थतन्त्रको आकार नै सानो छ । लगभग ४०/५० अर्बको अर्थतन्त्र हो । यो भने एउटा कम्पनीको बजार मूल्य भन्दा पनि कम हो । राष्ट्रिय स्तरमा पूँजी बजार बामो सरिरहेको अवस्था छ । हामी सँग धेरै लगानीका औजार उपलब्ध छैन । यसका लागि त लगानीका धेरै औजारहरुको उपलब्धता हुनु पर्यो नि त । हाम्रो लगानी वास्तविक क्षेत्रमा केन्द्रित छैन । पूँजी बजारलाई हेर्नु भयो भने वित्तीय क्षेत्रले नै प्रभुत्व जमाइरहेको छ । बल्ल बल्ल एक दुई वटा रिलय सेक्टरका कम्पनी आइरहेका छन् । त्यसैले बजारमा विविधता छैन ।

पहिलो कुरा लगानीका अवसरको कमि छ । तर अहिले आएर बीमा प्राधिकरणले एक दुई वटा कुराहरुमा लगानी गर्न खोलिदिएको छ । जस्तो लगानीमा न्युनतम र अधिकतमको दायरा तोकिदिएको छ । न्युनतम दायरामा बैंकको मुद्दती निक्षेप छ । सरकारी ऋणपत्रमा न्युनतम ५ प्रतिशत लगानी गर्नै पर्यो । त्यहि पनि यसमा उपलब्धता छ भने । तर सबैलाई थाहा छ उपलब्धता छैन ।

आजका दिनमा मैले बीमाका स्किम ल्याउछु, अवकास योजना ल्याउछु, उपदान योजना ल्याउने अवस्था छैन । किनभने यस्ता योजनालाई म्याच गर्ने लगानीका औजार छैन । बैंक वित्तीय संस्थाका मुद्दती निक्षेपमा ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । सरकारले घरजग्गामा लगानी गर्न खुला गरिदिएको छ । यसमा पनि हामीले अधिकतम ५ प्रतिशतसम्म लगानी गर्न पाउछौ । शेयर बजारमा १० प्रतिशतसम्म लगानी गर्न पाइन्छ । म्युचुअल फण्डमा ५ प्रतिशत छ, ऋणपत्रमा २० प्रतिशत छ । राम्रो पक्ष उत्पादनमुलक क्षेत्रहरु कृषि, पर्यटन तथा जलविद्युत आयोजनामा समेत २० प्रतिशतसम्म लगानी गर्न पाइन्छ । यो राम्रो पक्ष हो । कतिपय अवस्थामा हामीले लगानी पनि गरेका छौ ।

यदि बीमा कम्पनीहरुले आफैले लगानी गर्ने अवस्था आयो भने र नियामकले पनि अनुभुतिकरण गर्नु भयो भने बैंकमा राख्नु सट्टा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकिएला । बैंकमा पैसा राख्दा हामीले सोचेको उत्पादनमुलक क्षेत्रमै जान्छ भन्ने छैन । जस्तो हामीले घर कर्जा गाडी कर्जालाई अनुत्पादनमुलक क्षेत्र भन्छौ । हामीले सोचेको उत्पादनमुलक क्षेत्र भनेको प्रशोधनमुलक उद्योग होला, जलविद्यु कम्पनी होला पर्यटन होला, कृषि क्षेत्र होला । वेष्ट म्यानेजमेन्टका कुराहरु आइरहेका छन् । यस्ता क्षेत्रमा बीमा कम्पनीहरु आफैले सम्भाव्यता अध्ययन गरेर लगानी गर्न सक्ने छन् । नियामकले पनि यहि क्षेत्रमा लगानी गर्नु पर्छ भने निर्देशन भयो भने हामीले पनि विज्ञता विकास गर्दै गर्दै भविष्यमा ति कुराहरुमा पनि राम्रो हुन्छ जस्तो लाग्छ । मेरो विचारमा क्रमश यस्तो किसिमका व्यवस्थाहरु आउछ जस्तो लाग्छ । किनभने हामीहरु पनि कुनै कुनै हिसावले लगानी कम्पनी हौ । हामी सँग भएको यति ठुलो रकम छ ।

भोलि गएर जोखिमलाई बहन गर्न सक्नु पर्छ । किनकी हामी सँग भएको कोषमा पब्लिकको पैसा छ । भोलिका दिनमा यो यो क्षेत्रमा न्युनतम लगानी गर्नु पर्नेछ भनेर आयो भने हामी गर्न सक्छौ । यसले नेपालकै अर्थतन्त्रलाई सकारात्मक सन्देश प्रदान गर्छ जस्तो लाग्छ ।

जीवन बीमा कम्पनीको झट्ट हेर्दा दुई वटा प्रमुख कार्य देखिन्छ । एउटा जीवन बीमा व्यवसाय अर्को लगानी व्यवस्थापन । कम्पनीहरुले किन लगानी व्यवस्थापनमा काम गर्न सकिरहेका छैनन् ?

लगानी कहाँ गर्ने त ? लगानी सुन्दा सजिलो लाग्छ । यसो भनिरहदा हाम्रो पहिलो काम पब्लिकको पैसालाई सुरक्षित गर्नु छ । आजको दिनमा प्राइभेट इक्वीटी, भेन्चर क्यापिटलमा लगानी गर्दै स्टार्टअपमा लगानी गर्नु पनि त धेरै राम्रो हो नि त । के बीमा कम्पनीहरुले त्यो तहको जोखिम लिन सक्छन् त भन्ने कुरा आउछ । त्यसैले प्रुडेन्ट लगानी हुन जरुरी छ । प्रुडेन्सी भएन भने त्यो पैसा जोखिममा जान सक्छ ।

नेपाल राष्ट्र बैंकले पनि बाणिज्य बैंक तथा विकास बैंकलाई लगानी गर्दा यो भन्दा बाहिरको क्षेत्रमा जान पाउदैनौ भनेर नियमन गरेको पाइन्छ । त्यो भन्दा माथि जानु पर्यो भने स्वीकृति लिएर जानु पर्छ । यस्तो क्षेत्रमा लगानी गर्दा त अलिकति विचार गर्नु पर्छ है भनिरहेको हुन्छ । मैले के भन्न खोजेको हुँ भने नियामक पब्लिक मनिमा धेरै नै सचेत छ ।

भोलिका दिनमा कुनै पनि बीमा कम्पनी नोक्सानमा नजाओस र लगानी नबिग्रियोस भन्ने नै हो । पहिलो प्राथमिकता जुनसुकै संस्थाको लगानीलाई कसरी सुरक्षित राख्ने भन्ने हुन्छ । दोस्रो कुरा हामीले लगानी गर्ने भनेको भोलिका दिनमा क्यापिटल मार्केट राम्रो भयो भने त्याही नै लगानी गर्ने हो । जस्तो खुलामुखी र बन्द मुखी म्युचुअल फण्ड हुन्छन् । नयाँ कम्पनीमा लगानी गर्न प्राधिकरणबाट स्वीकृत भयो भने त्यतातिर पनि जान सक्छौ । बुक विल्डिङमा जान सक्छौ । यो भन्दा बाहेक दायाँ बायाँ जाने सक्ने स्थिति पनि छैन । पब्लिक मनिलाई सुरक्षित गर्नु नै एकदमै महत्वपुर्ण कुरा हो । यि सबै कुरालाई हामीले अर्थतन्त्रको आकार सँग जोड्नु पर्छ । जबसम्म अर्थतन्त्रको आकार बढ्दैन तवसम्म लगानीका अवसर पनि त्यति धेरै आउदैनन् ।

यहि अवस्थालाई हेरेर नै बीमा कम्पनीहरुले लगानी तर्फ आफुलाई विशिष्टिकृत नगरी जनशक्तिहरु तयार नपारेका हुन् ?

ठुला कम्पनीहरुले गरेका पनि छन् । ठुला कम्पनीको लगानीको आधार पनि एकदमै ठुलो हुन्छ । गर्नु पनि भएको छ । मेरो विचारमा हामीले पनि त्यो विज्ञता विस्तारै विकास गरिरहेका छौ । बैंकले कुनै पनि क्षेत्रमा लगानी गर्नका लागि उनिहरु सँग त्यो तहको विज्ञता छ । किनभने उनिहरु सँग त्यो स्तरको अनुभव भइसकेको छ । मैले १० वटा जलविद्युतमा लगानी गरिसकेको छु भने यसमा कसरी लगानी गर्ने भन्ने थाहा हुन्छ । त्यस्तै अरु क्षेत्रमा लगानी गर्दै छु जस्तै ट्रेडिङमा गर्दै छु भने म सँग त्यो तहको अनुभव भइसकेको हुन्छ । हामीले विस्तारै त्यो तहको अनुभव हासिल गर्न सुरुवात गर्नु पर्छ । यसका लागि केहि समय लाग्छ ।

विगत ५/६ वर्षको जीवन बीमा व्यवसायलाई हेर्दा अत्याधिक सुधार देखियो । तर यस वर्ष धेरै नै तल झर्ने जस्तो देखिन्छ । किन घटिरहेको छ जीवन बीमा व्यवसाय ?

यसमा दुई तीन वटा कुराहरु छन् । पहिलो कुरा हाम्रोमा लिक्वीडिटी क्राइसिस छ । कतिपय साथिहरुले यो क्राइसिस होइन लिक्वीडिटी क्रन्च भनिरहेका छन् । मैले १६ वर्षदेखि वित्तीय क्षेत्रमा रहेर काम गर्दा यो स्तरको लिक्वीडिटी क्राइसिसको अनुभव गरेको थिइन । यो चक्रिय रुपमा ६/७ महिना पछि तुरुन्त सुधार हुन्थ्यो । यस पटक हामी लामो समयदेखि यसबाट गुज्रिरहेका छौ ।

यसले हामीलाई राम्रो प्रभाव पारेको छ । पहिला हामीले जुन किसिमको व्यवसाय गरेका थियो त्यसलाई अलिकति विश्लेषण गरेर हेर्नु पर्छ जस्तो लाग्छ । जस्तो बीमा प्राधिकरणले यस अवधिमा धेरै निर्देशन जारी गर्यो । वास्तविक जीवन बीमा व्यवसाय गर्ने किसिमका सर्कुलर आए । त्यसले गर्दा संख्यात्मक रुपमा व्यवसाय घटेको छ । व्यवसायमै नराम्रो गर्यो भन्दिन । ‘हाइयर दि नम्बर्स बेटर दि विजनेस’ भन्ने कुरालाई म मान्दिन । थोरै संख्यामा भएको व्यवसाय पनि कहिलेकाही राम्रो हुन सक्छ । त्यसैले गर्दा धेरैजसो बीमा कम्पनीहरुले वास्तविक जीवन बीमा व्यवसायमा केन्द्रित छन् ।

साना साना व्यवसायलाई केन्द्रित गर्नु पर्यो । एकै पटक ५० करोडको पोलिसी ल्याउने सम्भावना छैन । यसले गर्दा पनि व्यवसायको बृद्धिदरमा असर पर्यो । यो दीर्घकालिन रुपमा धेरै राम्रो हो । यसका लागि हामीले नियामकलाई धन्यवाद दिनै पर्छ । उस्तै तहका साथिहरुमाझ हामीहरुले जहिले पनि यहि भन्ने गर्थ्यौ ।

नियामककै कारण आजका दिनमा एकल बीमा शुल्कका बीमा पोलिसी धेरै कम हुँदै गइरहेका छन् । मनि व्याक पोलिसीहरुको धेरै नै विगविगी थियो । अहिले आएर यसमा ड्राष्टिक फल भएको छ । किने भने सबैजनाले मनिव्याक प्लान कम प्राइसिङ गर्दा कम्पनीलाई फाइदा हुँदैन भनेर । विगत ५ वर्षको व्यवसायिक बृद्धिमा एक बीमा शुल्क र मनिव्याक पोलिसीको ठुलो योगदान छ । यदि दुबै व्यवसाय ५०/६० प्रतिशतले घटेको छ । यसको कारण लिक्वीडिटी क्राइसिस होइन यो पोलिसीमा आएको परिवर्तनले गर्दा हो ।

अर्को कुरा भेलोसिटी अफ मनि भन्ने हुन्छ । अर्थतन्त्रमा जति धेरै पैसा घुम्छ अर्थतन्त्रलाई त्यति नै फाइदा हुन्छ । यदि हजार रुपैयाँको नोटमा नाम लेखेर केहि सामान किन्नु भयो र त्यो नोट जो जो सँग पुग्छ उसले नाम लेख्दै जादा जति धेरै मानिसको नाम लेखिन्छ अर्थतन्त्र त्यतिनै चलायमान भएको मानिन्छ । अहिले यो ब्रेक भएको छ ।

अहिले विलासिताको सामानमा नियन्त्रण छ । वैदेशिक मुद्राको सञ्चिती बढाउनका लागि यि यस्ता धेरै कुराहरुमा कन्ट्रोल भएकाले पनि अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । व्याजदरको कुरा छ । पैसा महंगो भएको छ । बैंकले लगानी गर्दै छ भने त्यो पैसाको बिक्री हो । व्याजदरका कारण उक्त पैसा महंगो भएको छ ।

त्यस्तो पैसा प्रयोग गरेर अरु काम गर्न धेरै गाह्रो भयो । यि सबै कुराहरुले गर्दा असर पुर्याएको छ । तरलता अभावको कारणले गर्दा वास्तविक रुपमा बीमा पोलिसी खरिद गर्नेहरुलाई पनि सरेण्डर गर्ने अवस्थामा पुगेका छन् ।

जीवन बीमा व्यवसायको आफ्नै महत्व छ तै पनि बीमितले सुरक्षा सँगै लगानीको प्रतिफललाई पनि हेरिरहेका हुन्छन् । आजका दिनमा बीमा कम्पनीहरुमा पोलिसी खरिद गर्नु भन्दा बैंकको मुद्दती निक्षेपमा जम्मा गर्नु धेरै लाभदायक देखिन्छ । यसलाई केसरी हेर्नु भएको छ ?

बैंकिङ र इन्सेन्योरेन्स पुर्ण रुपमा फरक व्यवसाय हुन् । बैंकले बैंकिङ गर्नु पर्यो रे इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सकै व्यवसाय गर्नु पर्यो । बैंकले पनि बीमाको जस्तो योजना ल्याउने हो भने बीमा कम्पनी किन चाहियो । बैंकलाई पनि बीमा पोलिसी बिक्री गर भनेर भनिदिए भइहाल्यो । त्यस कारण हामीले एउटा कुरा के बुझ्नु पर्यो भन्दा ग्राहकलाई कुनै पनि पोलिसी बिक्री गर्दा धेरै खेलहरु भए । ग्राहकले यो सबै कुरा बुझ्दैनन् ।

बैंकहरुले यस्तो योजना ल्याउदा बीमा क्षेत्रलाई नै असर पारेको छ । २० वर्षसम्म फिक्स गर्नु भयो भने यति दिन्छु १५ वर्षसम्म गर्नु भयो भने यति दिन्छु बीमा पनि आउछ भन्दा तर बीमा पोलिसी नै बिक्री गरेको जस्तो भयो । बीमा पोलिसीमा निहित फाइदा हुन्छ । यदि कसैले कुनै पनि प्रोडक्टमा निहित फाइदा सहित बीमा जोडियो भने त्यो स्वत बीमा पोलिसी नै हुन्छ । त्यसैले गर्दा यो मिस सेलिङ हो ।

त्यस्ता पोलिसीमा एक दिन अगाडी मात्रै पैसा झिक्न गयो भने स्वत नर्मल सेभिङमा जाने हुन्छ । मेरो अनुभवमा 0एक हजार वटा यस्ता पोलिसी बिक्री गर्दा जम्मा एउटा पोलिसी मात्रै परिपक्व हुन्छ । मैले नै देखेको छु ९९९ जनाले त्यस्ता मुद्दती योजनालाई निरन्तरता दिनु हुन्न । यस्तो किसिमको अवस्थालाई मूल्याङ्कन गरेर पोलिसी ल्याउदा बीमा क्षेत्रलाई नै नराम्रो प्रभाव पारेको छ । यो कुरा गलत भइरहेको छ । यसमा दुबै तर्फका नियामकले हेर्नु पर्छ । बीमा दिर्घकालिन हुन्छ । अहिलेको क्राइसिसको अवस्थालाई मात्रै हेरेर यस्ता पोलिसी ल्याउन हुँदैन । यसले कम्पनीको व्यवसायमै ठुलो असर नपार्ला तर बीमा क्षेत्रलाई भने धेरै नै नकारात्मक प्रभाव पार्छ । कतिपय अवस्थामा टाइअप गरेर काम गर्नु राम्रो हो । बीमा पोलिसी जस्तै देखिने गरी बैकिङ प्रोडक्ट बनाएर बिक्री गर्नु भनेको राम्रो होइन ।

बैंकहरुले प्रतिफललाई देखाएर आकर्षित गर्दै गर्दा बीमा कम्पनीहरुले पनि राम्रो प्रतिफल दिने गरि के कस्ता काम गर्न सक्छन् ?

आजका दिनमा बैंकको स्प्रेडदर ४.४ प्रतिशत छ । बैंकहरुले कमाएकै पैसाबाट दिने हो । मैले अघि पनि भने बैंकले दिएको स्किम ९९ प्रतिशतले प्राप्तै गर्नु हुन्न । यस्ता योजना एक दमै कम संख्याले मात्रै उपभोग गर्नु हुन्छ भने त्यसमा मार्केटिङ गेमिङ छ ।

अव हामीले राम्रो प्रतिफल दिन सक्छौ सक्दैनौ भन्ने कुरामा मैले अघि नै भनिसके हामी प्रुडेन्ट इन्भेष्टमेन्टमा जानु पर्छ । हामीले जोखिम युक्त क्षेत्रमा गएर लगानी गर्न सक्दैनौ । त्यसैले बैंकहरुले भनेको जस्तो हामी १० गुणा बढि प्रतिफल दिन सक्छौ भन्दैनौ ।

अर्को कुरा हामीले कुनै पनि पोलिसी बिक्री गर्दा त्याहाँ सधै नै जोखिम रहेको हुन्छ । भविष्यमा केहि भइहाल्यो भने हामीले दाबी भुक्तानी गर्नै पर्छ । यहि नै बीमाको सुन्दरता हो । बोनसका साथै जोखिम पनि प्रदान गरिरहेका हुन्छौ । त्यसका कारण अत्याधिक रुपमा प्रतिफल दिन्छौ भन्ने कुरा सम्भव हुँदैन ।

जीवन बीमा व्यवसाय व्यक्तिगत मार्केटिङमा चलेको छ । जसले गर्दा व्यक्ति सक्रिय भएमा राम्रो व्यवसाय हुन्छ अन्यथा हुँदैन । यस्तो मार्केटिङलाई कर्पोरेट कन्सेफ्टमा अगाडी बढाउन सकिन्छ या सकिदैन साथै कसरी गर्ने ?

बीमा प्राधिकरणमा मध्यस्थकर्ताको पनि कुरा आइरहेको छ । इन्स्योरेन्स ब्रोकरको कुरा आइरहेको छ । अव आउने दिनहरु ८/१० वर्षमा डिष्ट्रिव्युसन सिस्टममा धेरै नै परिवर्तन आउनेछ । र डिजिटल प्ल्याटफर्म अगाडी आउनेछ । दुई तीन वर्षमै भन्न खोजिएको होइन क्रमश ८/१० वर्षमा आउनेछ । सामान्यतया १०० वटा पोलिसी बिक्री हुँदा ३०/३५ वटा अनलाइन प्रणालीबाटै बिक्री हुनेछ । त्यस्तै सहजकर्ताको अवधारणा आइरहेको छ । तर नेपालमा सेन्ट्रल केवाइसी सिस्टम आउन सकेको छैन । डिजिटलाइजेसन भन्ने कुराहरु नहुँदा केहि अप्ठ्यारा अवस्था भने पक्कै छ । सरकारका धेरै प्रोजेक्टहरु आउदैछन् । त्यस्तो हुने वित्तीकै अनलाइन प्रणालीमा धेरै नै परिवर्तन आउने छ । जसरी आजका दिनमा भुक्तानी प्रणालीमा जुन किसिमको विकास भएको छ त्यसले बीमा शुल्क भुक्तानीमै धेरै सहजता भइसकेको छ । अनलाइन प्रणालीमा कम्पनीहरुले पनि राम्रो लगानी गर्दै जानु पर्छ ।

अर्को कुरा एजेन्सी च्यानहरु पनि धेरै राम्रो हुँदै गइरहेको छ । अझै पनि व्यक्तिगत रुपमा आउने व्यवसायलाई डिजिटल माध्यमबाट ल्याउन सकिदैन । बीमा प्राधिकरणबाट परीक्षा प्रणालीको विकास भएको छ । यसले बीमा क्षेत्रमै एकदमै राम्रो गर्नेछ । आउने दिनमा अभिकर्ताको ज्ञानलाई बढाउन हामीले काम गर्नु पर्छ ।

अर्को तर्फ माइक्रोफाइनान्सको च्यानल पनि धेरै राम्रो छ । वैदेशिक रोजगार पुर्ण रुपमा अनलाइन प्रणालीमा गइसकेको छ । पोर्टफेलियोका हिसावले एजेन्सी च्यानको विकास हुँदै जानेछ । सबैभन्दा ठुलो योगदान व्यक्तिगत च्यानलबाट होला । त्यस पछि विस्तारै डिजिटल च्यानलको पनि प्रयोग बढ्दै जानेछ ।

मर्जरका कारण बीमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुमा छुट्टै किसिमको भय छ। यसले कम्पनीको व्यवसायमा कत्तीको असर परेको देखिन्नु हुन्छ ?

अरु कम्पनीको मलाई थाहा भएन हाम्रो सन्दर्भमा केहि पनि असर पारेको छैन । हाम्रा दुई कम्पनीमा धेरै समानता छ । दुबैको सञ्चालन अवधि ५ वर्ष मात्रै छ । २० औ वर्षको लिगेसी बकोको संस्था पनि होइन । धेरै कर्मचारीहरु युवा हुनुहुन्छ । सबैमा खुलापन छ । कर्मचारी संख्याकै कुरा गर्नु हुन्छ भने दुबैमा २५०/२५० गरेर ५ सय हुनेछ । ५ अर्बको संस्थाको लागि ५ सय जना कर्मचारी ठिकै हुन्छ ।

त्यसले गर्दा कसैमा पनि असुरक्षाको भावना छैन । भोलि गएर मेरो पोजिसन के होला भन्ने अवस्था छैन । सानिमा लाइफ र रिलायन्स लाइफ दुबैको स्कुलिङ, भ्यालु, सिद्धान्तदेखि लिएर सञ्चालक तहसम्ममा पनि सबै कुरा मिल्छ । मेरो विचारमा त्यस्ता कुनै पनि इस्यु छदै छैन । आउदा दिनमा पनि हाम्रो मर्जर सबैभन्दा उत्कृष्ठ मर्जर हुनेछ । यो एउटा उदाहरण नै बन्नेछ । यसले गर्दा मलाई लाग्छ भोलिका दिनमा गएर राम्रो सिनर्जी इफेक्ट आउछ ।

जीवन बीमा कम्पनीहरुमा अहिलेसम्म पनि मर्जर पछिको सिनर्जी इफेक्ट देख्न पाइएको छैन । तपाईको विचारमा जीवन बीमा कम्पनीहरुमा कत्तीको सिनर्जी इफेक्ट आउला ?

दुई वटा कम्पनी एक हुने वित्तीकै प्राकृतिक रुपमै एउटा कम्पनीमा राम्रो भएको कुरा अर्को कम्पनीमा नराम्रो हुन सक्छ । मानौ आजका दिनमा रिलायन्सको एजेन्सीमा स्ट्रेन्थ छ भने उहाँहरुको अरु केहिमा होला । हाम्रो एक्समा स्ट्रेन्थ छ भने उहाँहरुको वाइमा होला ।

हाम्रो जेमा स्ट्रेन्थ छ त्यसलाई लिएर जाने र उहाँहरुको जेमा स्ट्रेन्थ छ त्यसलाई लिएर जाने हो । संस्थालाई जे गर्दा राम्रो हुन्छ त्यहि ग्रहण गर्ने हो । निर्णय लिदा सहि निर्णय नै लिइने हुँदा यसको प्रभाव राम्रो हुन्छ । मेरो विचारमा एजेन्सीको स्ट्रक्चरमा, एजेन्सीको इन्सेन्टिभको कुराहरुमा, व्यवसायिक हिसावले होला कसरी अगाडी बढ्छौ भन्ने कुराहरु रहन्छ । कुनै व्यवसायमा उहाँहरुको राम्रो होला हाम्रो अलि कमजोर होला । शाखाहरुलाई पनि समायोजन गर्दा राम्रो शाखालाई राखेर नराम्रो शाखालाई जोड्न सकिएला । त्यसले चाँही सिनर्जी ल्याउने हो । यि कुराहरुलाई हामीले आन्तरिक रुपमा हेरिरहका छौ । यि कुराहरुमा हामीले छलफल गरिसकेका छौ । त्यसले गर्दा भोलिका दिनमा सिनर्जी इफेक्ट दुई प्लस दुई बराबर पाँच हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS