IME Life

हिमालयन रिको नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना नियुक्त, छोटो समयमै अर्को ठुलो सफलता

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेललाई नियुक्त गरेको छ । बीमा क्षेत्रकै पहिलो र एक मात्रै महिला सिइओको उपाधी पाएकी पौडेलले ७ अर्बको दोस्रो पुनर्बीमा कम्पनीको उच्च व्यवस्थापनमा रहेर काम गर्ने अवसर प्राप्त गरेकी छिन् ।

करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित पौडेलको युनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओ पछिको यो अर्को ठुलो सफलता हो । उनि पदका हिसावले एक तह तल झरेर हिमालयन रि इन्स्योरेन्स कम्पनीमा नियुक्त भए पनि युनाइटेडको तुलनामा हिमालयन रि इन्स्योरेन्स कम्पनी धेरै ठुलो कम्पनी हो ।

Prabhu
Crest

हिमालयन रि इन्स्योरेन्स कम्पनीमा हाल बीमा क्षेत्रमा चार दशक भन्दा लामो अनुभव भएका भारतीय मुलका चन्द्रशेखरन रामामुर्थी प्रमुख कार्यकारी अधिकृत छन् । पौडेलले रामामुर्थी सँग पुनर्बीमाको विषयमा राम्रो सिक्ने अवसर प्राप्त गर्ने छिन् । हिमालयनले रामामुर्थीको उत्तराधिकारीको रुपमा सोचेर उपासनालाई नियुक्त गरेको बुझिएको छ ।

युनाइटेडबाट उपसना कार्तिक अन्तिम साता बाहिरिएकी थिइन् । पौडेलले युनाइटेडमा डेढ वर्ष सिइओ र डेढ वर्ष नायब प्रमुख कार्यकारी अधिकृत सहित तीन वर्ष काम गरिन् । भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी पौडेलले भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी थिइन् । भारतबाट उनि सिधै तत्कालिन सानिमा जनरलको सहायक महाप्रवन्धक पदमा रहेर काम गरेकी थिइन् ।

भारतमै बढेर भारतमै एक दशक भन्दा लामो समय काम गरेकै कारण पनि उपसाना सिइओ रामामुर्थीको रोजाइमा परेकी हुन् । हिमालयनको सञ्चालक तथा प्रमुख लगानीकर्ता मारवाडी समुदायका धेरै छन् । उनिहरुको सम्बन्ध भारत सँग धेरै छ । त्यसैले गर्दा उनिहरुले भारतीय बजारमा राम्रो सम्बन्ध भएका जनशक्तिको खोजि गरिरहेका थिए ।

भारतमै एक दशक भन्दा लामो समय काम गरिसकेकी पौडेलले भारतीय बीमा कम्पनीहरुबाट राम्रो व्यवसाय भित्र्याउन सक्ने कम्पनीको विश्वास छ । यहि कारणले पनि उपसना हिमालयन रिको पहिलो रोजाइ बन्न सफल भएकी हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

0%

दु :खी

6%

अचम्मित

3%

उत्साहित

10%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS