IME Life

६ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, कुनको किन्दा अझै पाइन्छ लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा सूचीकृत केही जलविधुत् कम्पनीका शेयरले आकर्षक लाभांश दिने गरेका छन् भने केही कम्पनीको अवस्था निकै नाजुक रहेको पनि छ । गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६ जलविधुत कम्पनीले लाभांश घोषणा गरेका छन् । सानिमा माई हाइड्रोपावर, रुरु जलविधुत परियोजना, अरुण काबेली पावर, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, माउन्टेन इनर्जी र रिडी पावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।

कसको बुक क्लोज भइसक्यो ?
६ कम्पनी मध्ये सानिमा माई हाइड्रो, रुरु जलविधुत परियोजना, अरुण काबेली पावरको बुक क्लोज भैसकेको छ । सानिमा माइले ५ दशमलव २६ प्रतिशत नगद लाभांश कार्तिक २ गतेको साधारण सभाबाट पारित गरिसकेको छ । त्यस्तै अरुण काबेलीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि कार्तिक ३० गतेको साधारणसभाबाट पारित गर्दा रुरु जलविधुत परियोजनाले कार्तिक ४ गते १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि पारित गरेको छ । अब यी कम्पनीको शेयर खरिद गर्नेले आर्थिक वर्ष ७८/७९ को लाभांश प्राप्त गर्ने छैनन् ।

Prabhu
Crest

कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?
युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, माउन्टेन इनर्जी र रिडी पावरको शेयर खरिद गर्नेले अझै लाभांश पाउने देखिन्छ। युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले १० दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले मंसिर २८ गते बोलाएको साधारणसभा प्रयोजनको लागि मंसिर १६ गते बुक क्लोज मिति तय गरेको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

त्यस्तै माउन्टेन इनर्जीले १० दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले पुष ८ गते बोलाएको साधारणसभा प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज मिति तय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २६ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् ।

रिडी पावरले भने ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा र बुक क्लोजको मिति तय गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

54%

खुसी

8%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

31%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS