IME Life

लघु बीमाको लाइसेन्स केहि दिनमै जारी गर्ने तयारी, लाइसेन्सलाई लिएर सरकार सँग जोड्नु पर्दैन: अध्यक्ष

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यसै साता लघु बीमाको लाइसेन्स जारी गर्ने भएको छ । प्राधिकरणले मन्त्रालय सँगको समन्वयमा छिटो भन्दा छिटो लाइसेन्सको काम सक्ने प्राधिकरणका अध्यक्ष सूर्या प्रसाद सिलवालले जानकारी दिए । उनले भने ‘सम्पुर्ण प्रकृयाँ सकिसकिएको छ । मूल्याङ्कनका आधारमा लाइसेन्स दिने हो । छिटो भन्दा छिटो काम सकाउदै छौ । साहेक यसै साता काम सकिन्छ ।’

प्राधिकरणले चुनाव अगाडी नै लाइसेन्सिङ प्रकृयाँ अगाडि बढाएको थियो तर चुनावी आचारसंहिताको कारण रोकिएको थियो । अव लाइसेन्सिङ प्रकृयाँमा निर्वाचन आचार संहिता लागु नहुने हुँदा काम अगाडी बढाइएको सिलवालले जानकारी दिए ।

Prabhu
Crest

उनले भने ‘आवेदन परेकाहरुलाई नम्बर दिने काम सकिएको छ । नम्बरका आधारमा लाइसेन्स दिन्छौ ।’ प्राधिकरणले यसका लागि मन्त्रालय सँग समन्वय गरिरहेको छ । लघु बीमाको क्षेत्राधिकार बीमा प्राधिकरण आफैको भए पनि मन्त्रालयको सहमतिमा काम गर्न थालिएको समेत उनले प्रष्ट पारे ।

निर्वाचन पछि नयाँ सरकार बन्दै छ । नयाँ सरकार नआइ लाइसेन्स बाड्न मिल्छ भन्ने प्रश्नमा सिलवाले भने ‘अहिले पनि सरकार त छदै छनि । कहाँ गएको छ र । नयाँ आए पनि पुरानै भएर पनि सरकार भनेको सरकार नै हो । यसलाई सरकार सँग जोड्नु पर्ने आवस्यकता छैन । यो विशुद्ध रुपमा बीमा प्राधिकरणले गर्ने काम हो ।’ उनले थपे ‘हामीले बीमाको विकास गर्नु छ । बीमालाई सबैको पहुँचमा पुर्याउनु छ । त्यसैले यो त्यसैको पार्ट हो । यसलाई सरकार सँग जोडिरहनु आवस्यक छैन ।’

स्रोतका अनुसार प्राधिकरणले एक दुई दिनमै कम्पनी छनोट गर्नेछ । यस लगत्तै उनिहरुलाई एलओआइका लागि आवस्यक काम अगाडी बढाउन निर्देशन समेत दिनेछ । प्राधिकरणले गत भदौ १० गते लघु बीमाको लागि लाइसेन्स आह्वान गरेको थियो । प्राधिकरणले दिएको ३५ दिनको म्यादमा ३१ वटा कम्पनीले आवेदन दिएका थिए ।

प्राधिकरणले उक्त ३१ वटै कम्पनी मध्येबाट तीन वटालाई लघु जीवन बीमा र ४ वटालाई लघु निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिनेछ । प्राधिकरणले चुनाव अगाडी नै लाइसेन्स प्रकृयाँ अगाडी बढाउने योजना बनाएको थियो । तर निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागु भएको भन्दै लाइसेन्सिङ प्रकृयाँ अगाडी नबढाउन समेत निर्देशन दिएको थियो । यसैले गर्दा लाइसेन्सिङ प्रकृयाँ अगाडी बढ्न सकेको थिएन ।

लाइसेन्सको लागि आवेदन आह्वान गर्दा विद्यमान बीमा ऐन २०४९ मा लघु बीमाको विषयमा कुनै पनि व्यवस्था थिएन । तर प्राधिकरणले आफ्नै क्षेत्राधिकार प्रयोग गर्दै लघु बीमा कम्पनीको लाइसेन्स आह्वान गर्यो । अहिलेको अवस्थामा बीमा ऐन २०७९ लागु छ । यस ऐनमा लघु बीमा सम्बन्धी स्पष्ट व्यवस्था रहेको हुँदा प्राधिकरणलाई लाइसेन्सका विषयका कुनै पनि समस्या छैन । तर अहिलेको अवस्थामा सरकार कामचलाउ हो । यसले दीर्घकालिन असर पर्ने कुनै पनि किसिमका निर्णय गर्न पाउदैन । लघु बीमाको विषयमा पनि सरकारकै विश्वासमा प्राधिकरणले लाइसेन्स जारी गरेको हो । तर तत्कालिन सरकार अहिलेको अवस्थामा काम चलाउ भएको हुँदा राजनीतिक प्रश्न भने उठ्न सक्छ । तर लघु बीमाको विषय प्राधिकरणकै क्षेत्राधिकार भएको हुँदा सम्भवत मुद्दै परे पनि केहि फरक पर्ने देखिदैन ।

लघु बीमा कम्पनीको लाइसेन्सका आवेदन दिने कम्पनीमध्ये जीवन बीमातर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स, गरिमा माइक्रो लाइफ, सीजी लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिम शिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी रहेका छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेस्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माइक्रो इन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेनस, स्टार माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघु बीमाले आवेदन दिएका छन् ।

प्राधिकरणले लघु बीमा कम्पनीहरुको न्युनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । यसरी स्थापना हुने लघु बीमा कम्पनीहरुले प्रादेशिक स्तारमा केन्द्रिय कार्यालय खोल्नु पर्नेछ । सात वटा प्रदेशमा प्रादेशिक हिसावले लघु बीमा कम्पनीको लाइसेन्स आह्वान गरिएको थियो । प्राधिकरणका अनुसार सम्बन्धित प्रदेश भनेर तोकिएका कम्पनीले सोहि प्रदेशमा केन्द्रिय कार्यालय खोल्ने पर्ने हुन्छ । तर उनिहरुले आफ्नो व्यवसाय भने देशभर गर्न पाउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS