IME Life

रिलायबल, सन नेपाल, सिटिजन र आइएमई लाइफलाई दाँजेर हेर्दा (इन्फोग्राफिक सहित)

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र आइएमई लाइफ नयाँ जीवन बीमा कम्पनी भए पनि उनीहरु अहिलेसम्म मर्जरमा गएका छैनन् । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब पुँजी वृद्धिको लक्ष्य दिँदा धेरै जीवन बीमा कम्पनीहरुले मर्जरको बाटो तय गरेका थिए ।

मर्जरमा नगएका ४ नयाँ जीवन बीमा कम्पनीलाई  चालु आर्थिक वर्ष ७९/८० को पहिलो त्रैमासको आधारमा केही प्रमुख सूचकहरुलाई लिएर इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पुँजीको आधारमा :
रिलायबल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी सबै भन्दा धेरै २ अर्ब ८० करोड छ भने सन नेपालको २ अर्ब २४ करोड,  सिटिजन लाइफको १ अर्ब ७५ करोड र आइएमई लाइफको १ अर्ब ४० करोड रहेको छ ।

जगेडा कोषको आधारमा :
रिलायबल लाइफको जगेडा कोषमा सर्वाधिक १ अर्ब १८ करोड रहेको छ भने सिटिजन लाइफको जगेडामा ९३ करोड ४९ लाख, आइएमई लाइफको जगेडामा ८३ करोड ७६ लाख र सन नेपाल लाइफको जगेडामा ६० करोड ४८ लाख संचित छ ।

जीवन बीमा कोषको आधारमा :
सिटिजन लाइफको जीवन बीमा कोषमा ६ अर्ब ६३ करोड संचित हुँदा आइएमई लाइफको ५ अर्ब १६ करोड, रिलायबल लाइफको ५ अर्ब १५ करोड र सन नेपाल लाइफको ३ अर्ब ९६ करोड संचित छ ।

खुद बीमा शुल्क आर्जन :
सिटिजन लाइफले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ३७ करोड खुद बीमा शुल्क आर्जन गर्दा रिलायबल नेपालले ८५ करोड, आइएमई लाइफले ८४ करोड र सन नेपाल लाइफले ८२ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्।

खुद नाफा :
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सन नेपालले १५ करोड ३ लाख खुद नाफा गर्दा रिलायबल लाइफले  १० करोड ३ लाख, सिटिजन लाइफले ७ करोड ३ लाख र आइएमई लाइफले ६ करोड ७६ लाख खुद नाफा गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

29%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS