IME Life

हिमालयन डिष्टिलरीले घोषणा गर्यो बम्पर लाभांश, एजिएम पुस २७ गते

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको आज मंसिर ९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ६० प्रतिशत बोनश शेयर र १० प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल ७० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रहेको छ।

Crest

कम्पनीले उक्त प्रस्ताव अनुमोदन गर्नका लागि पुस २७ गते बुधबार पर्सा स्थित आफ्नै रजिष्टर्ड कार्यलयमा सभा गर्ने जनाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

9%

दु :खी

20%

अचम्मित

5%

उत्साहित

2%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS