IME Life

बरिष्ठ एजेन्सी म्यानेजर न्यौपानेको नजरमा अभिकर्ता पेशा असिमित कमाइ गर्ने माध्यम

SPIL
NIC ASIA

काठमाडौं । मोरङ जिल्ला लेटाङका खिन्द्र प्र.न्यौपाने विगत लामो समयदेखि बीमा अभिकर्ता पेशामा आवद्ध छन् । उनले बीमा बारे करिव १४ वर्षअघि नै थाहा पाएपनि अभिकर्ताको रुपमा सक्रिय भएर लागि परेको भने झन्डै ५ वर्ष पुग्न लागेको छ । यस अवधिमा उनले थुप्रै पोलिसी बिक्रि गरिसकेका छन् भने धेरैको परिवारलाई भविष्यमा आइपर्ने आर्थिक संकटबाट जोगाउन सफल भएका छन् । उनी थोरै समयमा नै नेपाल लाइफ इन्स्योरेन्समा राम्रो व्यापार गर्ने अभिकर्ताको रुपमा चिनिन सफल बनेका छन् ।

वि.स.२०६५ सालमा नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता बनेर काम गर्न चाहनेका लागि ३ दिने अभिकर्ता तालिम संचालन गरेका थिए । लेटाङका खिन्द्र पं पनि सोहि कार्यक्रममा सहभागि बने । उनले उक्त तालिममा सहभागि हुनका लागि उनकै दाजुले सुझाएका थिए । केहि घण्टा उनी उक्त तालिममा सहभागि भए र बीमा के हो ? यसको महत्व के छ भन्ने सामान्य जानकारी लिन सफल भएका थिए । सो समय उनी वेरोजार जस्तै बनेर गाउँघरमै बसिरहेका थिए । आफ्नो हातमा कुनै जागिर नभएकोले उनलाई अभिकर्ता पेशा बनौ बनौ नलागेको भने होइन । तर देशभर नेटवर्किङ विजनेसले पारेको प्रभावका कारण उनले अभिकर्ता बनेर हिँड्ने आँट भने गर्न सकेनन् । प्रत्यक्ष पैसाको व्यवापार गर्नुपर्ने अभिकर्ता व्यवसाय केहि गरि नेटवर्किङ विजनेस जस्तै अरुको पैसा खाएर भाग्ने हो कि भन्ने डर थियो उनको मनमा । तसर्थ बीमाको बारेमा जानकारी लिए र चसपचाप आफैभित्र गुम्साएर राखे ।

Prabhu
Crest

व्यापार व्यवसाय गर्ने सोचमा रहेका खिन्द्रलाई पारिवारिक समस्याले अघि बढ्न दिइरहेको थिएन । यसकारण उनी गाउँघरमै सामान्य खेती किसानीमा रमाइरहेका थिए । नेपाल लाइफले संचालन गरेको तालिमको प्रभाव उनीबाट हटेको थिएन । सोहि प्रभावलाई २०७१ सालमा अभिकर्ताको रुप दिन खोजे । यो पटक पनि उनी सफल हुन सकेनन् । तर बीमाको बारेमा जान्न र बुझ्न भने छाडेनन् । उनी निरन्तर बीमाको अध्ययनमा भने लागि नै रहे । आफूभित्र रहेको ज्ञान र सिप कुनै न कुनै समय काम लाग्छ भन्ने मनमा भएकै कारण उनी बीमाको बारेमा जान्न इच्छुक नै रहिरहे । उनको यो निरन्तर अध्ययनबाट मनभित्र जम्मा भई बसेको ज्ञान भने करिब १० वर्षपछि २०७५ सालमा अभिकर्ताको रुपमा बाहिर प्रष्फुट भएरै छोड्यो ।

अन्य जागिरमा ध्यान नजानु र बीमाको बारेमा धेरै चासो राख्नुले अभिकर्ता पेशा उनको कुण्डलीमै छ कि जस्तो लाग्ने उनी बताउँछन् । उनले २०७५ सालबाट भने पूर्ण रुपमै अभिकर्ता पेशालाई अंगालेका थिए । सुरुवाति समयमा उनले आफ्नै बीमा गराए । उनले खरिद गरेको पोलिसि नै उनको व्यवसाय अघि बढाउने आधारको रुपमा स्थापित भएको उनको भनाई छ । उनले आफ्नो बीमा पोलिसी देखाउने र बुझाउने गर्दा हरकोहि बीमा गर्न तयार भएको उनी अझै सम्झिन्छन् ।

खिन्द्रले नेपाल लाइफको लेटाङ शाखा मार्फत अभिकर्ता पेशा सुरु गरेका थिए । शाखामा हुने व्यवसायको ५० प्रतिशत उनी र उनका टिमबाट हुँदै आएको उनको भनाई छ । उनी आफूले मात्रै २ सय जनाभन्दा बढीलाई बीमा पोलिसी बिक्रि गरिसकेका छन् । उनी टिम व्यवसायभन्दा व्यक्तिगत व्यवसायलाई बढि प्राथमिकतामा राख्छन् । जसकारण उनले सन् २०२१ मा एमडीआरटी बन्न सफल भएका थिए । कोड लिएको दिनमै उनी एजेन्सी म्यानेजर बनेका थिए । हाल भने उनी बरिष्ठ एजेन्सी म्यानेजरको रुपमा रहेका छन् ।

उनको नजरमा जागिरभन्दा अभिकर्ता पेशा उत्कृष्ट पेशा हो । अभिकर्ता बन्न गाह्रो पनि छ र सजिलो पनि रहेको उनको भनाई छ । सामान्य जीवनयापनका गर्नका लागि जागिर खाइन्छ भने अनलिमिटेड कमाइ गर्न अभिकर्ता पेशा उत्तम रहेको उनी बताउँछन् । अभिकर्ताले दिने समय अनुरुप कमाइ हुने भएकोले जुनसुकै समयमा काम गरेपनि आफ्नै लागि हुने उनको भनाई छ ।

नेपालमा अझैपनि बीमा व्यवसाय फष्टाउन सकेको छैन । उनको अनुभवमा बीमा कम्पनीहरुकै कमजोरीले गर्दा यस्तो भएको हो । बीमा कम्पनीले अभिकर्ताको संख्याभन्दा पनि क्षमता अभिबृद्धितर्फ ध्यान दिने हो भने बीमाको बजार विस्तारमा समस्या नहुने उनी बताउँछन् । कम्पनी र केहि अभिकर्ताले जबरजस्ती अभिकर्ताको लाइसेन्स वितरण गर्ने तर उक्त अभिकर्ताहरु सक्रिय रुपमा लागि नपर्ने भएकोले अभिकर्ताको संख्या बढेपनि बीमा जागरण भने राम्रो नभएको उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

11%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS