IME Life

सरकारबाट असुलउपर गर्ने गरी काेराेना बीमाकाे आंशिक दाबी भुक्तानी गर्ने बीमक संघकाे निर्णय

SPIL
NIC ASIA

काठमाण्डौं । निर्जीवन बीमा कम्पनीको संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त बैठकले सशर्त कोरोना बीमा दाबी भुक्तानी गर्ने निर्णय गरेको छ । निर्जीवन बीमा कम्पनीको संचालक समिति अध्यक्षहरुको संगठन जनरल इन्सुरर एशोसिएशन अफ नेपाल(जिआन) र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बीमक संघबीच बिहीबार सम्पन्न बैठकमा नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार सशर्त दाबी भुक्तानी गर्ने निर्णय भएको हो ।

बैठकले कोरोना बीमावापत भुक्तानी गर्नको लागी प्राधिकरणले तोकेकोे रकम बीमा कम्पनीले आफ्नो खाताबाट झिक्दा सरकारबाट प्राप्त हुन बाँकी शीर्षक (Receivable) मा राख्ने गरी रकम निकासा गर्ने निर्णय गरेको छ । अर्थात् तत्कालको लागी निर्जीवन बीमकले प्राधिकरणको निर्देशानुसार रकम वितरण गरेपनि सरकारबाट असुल उपर गर्नको लागी पहल गर्नेछन् । साथै बैठकले कोरोना बीमाको दाबी भुक्तानीको लागी आवश्यक रकम जुटाउन बीमा प्राधिकरणले दिएको निर्देशन अनुसार सरकारी स्वामित्वको नेपाल पूनर्बीमा कम्पनी (नेपाल रि) ले समेत रकम निकासा गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।

Prabhu
Crest

नेपाल पूनर्बीमा कम्पनीलाई प्राधिकरणले दिएको निर्देशन अनुसारको रकम नजुटाउँदै प्राधिकरणले वितरणको मिति समेत तय गरिसकेको हुँदा कोरोना बीमा दाबीवापतको रकम भुक्तानीमा समस्या आउने संभावना देखिएको छ ।

नेपाल पूनर्बीमाले कोरोना बीमा निर्देशिका २०७७ को प्रावधान अनुरुप आफ्नो दायीत्व अन्तर्गतको सम्पूर्ण रकम भुक्तानी गरिसकेकाले दाबी भुक्तानीको लागी थप रकम भुक्तानी गर्न असमर्थता जनाई सकेको छ । पूनर्बीमाको संचालक समितिले समेत थप रकम निकासा नगर्ने निर्णय गरेको छ ।

कोरोना बीमाको दाबी भुक्तानी गर्नको लागी करिब ११ अर्ब रुपैयाँ दाबी भुक्तानीको दायीत्व बोकेको नेपाल सरकारले चुनावी नतिजा प्रभावित पार्ने उद्देश्यले निर्वाचन अघि बीमा प्राधिकरणलाई १ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । सरकारले उपलब्ध गराएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत रकमको रुपमा गणना गरेर बाँकी ४५ प्रतिशत अर्थात् ८१ करोड रुपैयाँ प्राधिकरणले नेपाल पूनर्बीमा कम्पनी, निर्जीवन बीमा कम्पनीहरु र स्वयम् प्राधिकरणको योगदानबाट जुटाउने तयारी गरेको छ । प्राधिकरणले आगामी मंगलबारदेखि पहिलो चरणमा बीमा दाबीवापतको रकम वितरण शुरु गर्ने घोषणा समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS