IME Life

पुर्व अर्थमन्त्री र अर्थशास्त्री हराउने को हुन् हरि ढकाल ?

SPIL
NIC ASIA

काठमाडौं । हेब्बी वेटका पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री विश्व पौडेललाई हराएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल प्रति सबैको चासो बढेको छ । शेयर बजार बृत्तमा परिचित ढकाल राजनीतिक क्षेत्रमा खासै परिचित पात्र होइनन् । उनि शेयर बजार सुधारको माग गर्दै आमरण अनसन बसे पछि चर्चामा आएका थिए ।

उनै आमरण अनसनकर्ता ढकाल चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेपछि झन् चर्चामा आएका हुन् ।

Prabhu
Crest

९६१०६ मत खसेको यस क्षेत्रबाट ढकालले ३४१८९ भोट ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पाण्डेले २६६०८ र नेपाली कांग्रेसका पौडेलले २४९९० मत प्राप्त गरेका छन् ।

रत्ननगर पिठुवाका ढकालको परिवार २०१५ सालमा गोरखाबाट बसाइ सरेको हो । त्यसैले उनी र उनको परिवार लामो समयदेखि यहाँको बासिन्दा हो । मध्यमवर्गीय परिवारका ढकाल एमाले पृष्ठभूमिका व्यक्ति हुन्। उनी एमाले विद्यार्थी संगठन अनेरास्ववियुको चितवन सचिवसमेत बनेका थिए ।

२०७४ को चुनावमा समेत उनी रत्ननगर नगरपालिका र चितवन क्षेत्र नम्बर १ मा एमालेलाई जिताउन सक्रियतापूर्वक लागेका थिए। उनै ढकालले अहिले एमालेबाट दुई पटक निर्वाचित सुरेन्द्र पाण्डेलाई पराजित गरेका छन् ।

ढकाललाई सुरेन्द्र पाण्डेको राम्रो साथ थियो । एमाले सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाका कारण शेयर बजार लगातार तल झरे पछि उनको राजिनामा माग्दै आमरण अनसन बसेका ढकाललाई पाण्डेको नैतिक साथ थियो ।

स्थानीय निर्वाचनमा ढकाल काठमाडौं महानगरका मेयर बालेन शाहको अभियानमा सक्रिय थिए । त्यही बेलादेखि उनी वैकल्पिक राजनीतिप्रति आकर्षित भएका हुन् । रत्ननगर २०५४ सालदेखि नै एमालेको गढका रूपमा स्थापित थियो । २०७४ मा पनि यहाँ एमालेले नै जितेको थियो । त्यो बेला पनि एमालेलाई जिताउन ढकाल चुनावमा खटेका थिए । जिल्ला राजनीतिमा राम्रो पकड बनाएका ढकालले रविलामिछानेलाई मात्रै जिताएनन् आफुले पनि जित हासिल गरेका छन् । लामिछानेलाई चितवनमा ढकालले राम्रो साथ दिए जसले गर्दा जित हासिल गर्न सहज भयो ।

ढकालको जित सँगै शेयर बजार सँग सम्बन्धित ब्रोकर तथा ठुला लगानीकर्ताले उनलाई बधाई दिइरहेका छन् । चुनावका क्रममा उनको केहि शेयर बैंकले बिक्री समेत गरिदिएको छ । शेयरधितो कर्जा लिएर तिर्न नसक्दा बैंकले आफैले बिक्री गरिदिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

6%

दु :खी

13%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS