IME Life

निर्वाचन प्रचार प्रसारमा १७ अर्बले बढेको निक्षेप मौन अवधिमा ५ अर्बले बाहिरियो

SPIL
Sanima Reliance

काठमाडौं । निर्वाचनको प्रचार प्रसारका क्रममा १७/१८ अर्बले बढेको निक्षेप मौन अवधिमा ५ अर्ब रुपैयाँले बाहिरिएको छ । कार्तिक अन्तिम सातामा बाणिज्य बैंकहरुमा १७ अर्ब रुपैयाँ निक्षेप भित्रिएको थियो । जतिवेला निर्वाचनमा होमिएका उम्मेदवारले खर्च गरिरहेका थिए । नेताहरुले बैंकिङ प्रणाली भन्दा बाहिरबाट पैसा ल्याएर खर्च गर्दा उक्त पैसा बैंकिङ प्रणालीमा भित्रिएको थियो । यस्तो रकम एक सातामै १७ अर्बले बढेको थियो ।

मंसिर एक गतेदेखिको मौन अवधिमा तिनै उम्मेदवारले ५ अर्ब भन्दा माथिको निक्षेप झिकेको पाइएको छ । यस अवधिमा नेताहरुले राम्रो पैसा बाँडेको पाइएको छ । चुनावका क्रममा खर्च गर्न तथा नेता कार्यकर्ता र मतदातालाई प्रभावित पार्न उनिहरुले राम्रै पैसा खर्च गरेका थिए । यसै क्रममा बैंकिङ प्रणालीमा तीन दिनमै ५ अर्ब बाहिरियो ।

Crest
Meta Holidays

बाणिज्य बैंकहरुका अनुसार मंसिर एक र दुई गते मात्रै ४५ खर्ब ६३ अर्बको निक्षेप घटेर ४५ खर्ब ४८ अर्बमा झरेको छ । त्यस्तै कर्जा विस्तार पनि यहि दुई दिनमा जम्मा तीन खर्बले घटेको छ । मंसिर दुई गतेसम्ममा बाणिज्य बैंकहरुले ४२ खर्ब १९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x