IME Life

निर्वाचन पछि पहिलो पटक बढ्यो शेयर बजार, युवाले नेत्रृत्व लिने चर्चा सँगै लगानीकर्ताको मनोबल बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । निर्वाचन पछि लगातार घटिरहेको शेयर बजारमा साताको अन्तिम दिन भने ११.५६ अंकले सुधार भएको छ । निर्वाचन पछि बजारमा बैंकिङ तरलता प्रवाह हुने र राजनीतिक स्थिरता आउने भन्दै बजार बढ्ने अपेक्षा गरिएको थियो । त्यसैले चुनाव अगाडी शेयर बजारमा राम्रो सुधार देखियो तर चुनाव पछि कुनै पनि राजनीतिक दलले बहुमत नल्याउने संकेत सँगै शेयर बजारमा गिरावट आएको थियो ।

विगत दुई कारोबार दिनमा घटेको बजारमा आज भने लगानीकर्ताले मौका उठाएका छन् । चुनावको परिणाम आउने क्रम अन्तिम चरणमा पुगे सँगै अव नयाँ राजनीतिक समिकरण बन्न थाल्नेछ । निर्वाचन जितेका युवा नेताहरुले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रकृयाँ अगाडी बढाए सँगै केहि सकारात्मक संकेत देखा परेको छ । अर्को तर्फ चुनाव खर्च हुँदाको पैसा विस्तारै बैंकिङ प्रणालीमा आउन थालेको छ ।

Prabhu
Crest

बिहीबार शेयर बजार ०.६० प्रतिशतले सुधार भएर १९३३.५५ अंकमा रोकिएको छ । कारोबार रकम ९२ करोड ५१ लाख नाघेको छ । १२४ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ४९ वटाको घटेको छ । आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावरका शेयरधनीले ६.८३ प्रतिशतले कमाएका छन् ।

किसान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक २.८९ प्रतिशतले गुमाएका छन् । लाभांश घोषणा गरेको शाइन रेशुङ्गाको सर्वाधिक धेरै ७ करोड ६२ लाख रुपैयाँको खरिद बिक्री भएको छ । निर्जीवन बीमा बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS