Prabhu Life Ad Final

सपोर्ट लघुवित्तको संस्थापक शेयर लिलामीमा, सर्वसाधारणले खरीद गर्न पाउने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ हजार १५० कित्ता संस्थापक शेयर मंसिर ८ गतेदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता ५ सय मूल्य तोकेर मंसिर २५ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याएको हो ।

यो शेयर खरीदका लागि योग्य इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवेदन दिन सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ ।

NLIC

यस शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर २६ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने जनाएको छ ।

बाँडफाँडमा परेको बोलपत्रदाताहरूको शेयर खरीद विक्री गर्दा खरीदकर्ताको तर्फबाट तिर्नुपर्ने शेयर दलाल कमिसन तथा अन्य शुल्क खरीदकर्ताले नै तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App