IME Life

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँड, ५ लाख १५ हजार ७८८ जनाले पाए १० कित्ता

SPIL
NIC ASIA

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज दिउँसो ४ बजे क्यापिटलको कार्यालयमा आइपीओओ बाँडफाँड गरेको हो।

आइपीओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । दोहोरो आवेदन दिएका, स्थानीय शेयरधनीले आवेदन दिएका र प्रमोटर शेयरधनीले आवेदन दिएका गरि कुल ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा गरि शेयर बाँडफाँड गरिएको छ । जसअनुसार ५ लाख १५ हजार ७ सय ८८ जनाले १० कित्ताको दरलेले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् ।

कम्पनीले कार्तिक २५ गतेदेखि कार्तिक २९ गतेसम्म सर्बसाधारणलाई आइपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गरेको हो ।

यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश थियो । ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको थियो ।

त्यस्तै कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको थियो । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS