Prabhu Life Ad Final

एनआईसी एशिया ग्रोथ र ब्यालेन्स्ड फण्डले वितरण गर्यो नगद लाभांश

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजना एनआईसी एशिया ग्रोथ फण्ड र दोस्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्स्ड फण्डले लाभांश वितरण गरेका हुन् । दुवै योजनाले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट एउटै अनुपातमा करसमेत १३ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् ।

लाभांश प्रयोजनका लागि दुवै योजनाले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेका थिए । बुक क्लोजको आधारमा कात्तिक १४ गतेसम्म कायम दुव योजनाका इकाईधनीहरूको बैंक खातामै मंसिर २ गतेदेखि रकम जम्मा गर्न शरू गरिएको क्यापिटलले जनाएको छ ।

NLIC

हालसम्म पनि हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथाशीघ्र अद्यावधिक गराउन योजना व्यवस्थापकले आग्रह गरेको छ ।

आफ्नो इकाई धितो राखेका इकाईधनीहरूको लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र पेश गरेपछि मात्र नगद लाभांश जम्मा गरिने योजना व्यवस्थापकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

17%

दुःखी

67%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App