IME Life

अभिकर्ताको लाइसेन्स प्रकृयाँ खुल्यो, अर्को व्यवस्था नभएसम्म कम्पनी आफैले परीक्षा लिने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताको लाइसेन्स प्रकृयाँलाई खुला गरेको छ । प्राधिकरणले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई अभिकर्ताको लाइसेन्स दिदा अनिवार्य परीक्षा लिन निर्देशन दिएको छ ।

कम्पनीहरुले प्राधिकरणले दिएको कार्यविधिअनुसार आफैले परीक्षा लिन पाउने छन् । कम्पनीले लिएको परीक्षालाई प्राधिकरणले अनुगमन गर्ने कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनले भने ‘प्राधिकरणले अभिकर्ताको परीक्षाका लागि सफ्टवेयर निर्माण गरिसके पछि बीमा नियमावली र कार्यविधि बनाउन नपाएकोले तत्काललाई लाइसेन्स प्रकृयाँ नरोक्न यस्तो निर्देशन दिइएको हो ।’

Prabhu
Crest

बीमा ऐनमा अभिकर्ताको लाइसेन्स दिदा अनिवार्य परीक्षा लिनु पर्ने व्यवस्था छ । तर ऐन अउनु भन्दा अगाडी अभिकर्ताको परीक्षा लिने व्यवस्था थिएन । त्यसैले गर्दा अहिले अभिकर्ताको लाइसेन्स प्रकृयाँ नै रोकिए हो ।

कार्तिक २२ गते पछि जीवन बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्स जारी गरेका छैनन् । अव जीवन बीमा कम्पनीहरुले परीक्षा लिन पाउने छन् । परीक्षामा न्युनतम ६० प्रतिशत ल्याउनु पर्छ । जसमा बन्दमुखी प्रश्नहरु रहनेछन् । प्राधिकरणले परीक्षाको मोडलहरु पनि कम्पनीहरुलाई उपलब्ध गराउनेछ । सोहि अनुसार परीक्षा लिनु पर्ने हुन्छ ।

बीमा नबुझेका व्यक्तिहरु अभिकर्ता बन्ने अवस्था आए पछि परीक्षा लिने व्यवस्था गरिएको हो । तर अझै पनि अभिकर्ताको न्युनतम योग्यता एसएलसी/एसईई उत्तिर्ण गर्नु पर्नेछ । अहिलेको लागि बीमा कम्पनीहरु आफैले परीक्षा लिए पनि नयाँ कार्यविधि पछि सफ्टवेयर प्रणालीबाटै परीक्षा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

81%

खुसी

0%

दु :खी

8%

अचम्मित

9%

उत्साहित

1%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS