IME Life

वैदेशिक राेजगारमा रहेकालाई बेग्लै सिआरएन नम्बर वितरण गरिंदै, के छ प्रकृया ?

SPIL
NIC ASIA

काठमाण्डाेै  ।वैदेशिक राेजगारीमा रहेका नेपाली कामदारकाे लागी प्राथमिक शेयर निष्काशन ( आइपिओ ) मा दिइएकाे सुविधाका लागी सिआस्बा दर्ता नम्बर परिवर्तन गर्ने कार्य बुधबारबाट शुरु हुने भएकाे छ । केन्द्रीय निक्षेप प्रणालीका अनुसार इच्छुक व्यक्तिले आफ्नाे हितग्राही खाता भएकाे बैंकमार्फत् सिआरएन नम्बर परिवर्तन गर्न सक्नेछन् ।

ईच्छुक व्यक्तिले अनलाइन मार्फत आवेदन दर्ता गर्न सक्नेछन् र यसवापत कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन र

Prabhu
Crest

वैदेशिक राेजगारमा रहेका नेपाली नागरिककाे पहिचान र शेयर आवेदनमा सहजताकाे लागी बेग्लै सिआरएन नम्बर उपलब्ध गराउन लागिएकाे हाे । धिताेपत्र बाेर्डले वैदेशिक राेजगारीमा रहेका नेपालीलाई शेयर बजारमा लगानी गर्न प्रेरित गर्ने उद्देश्यले प्रत्येक प्राथमिक शेयर निष्काशनमा १० प्रतिशत आरक्षणकाे अनिवार्य व्यवस्था गरेकाे छ ।

जलविद्युत आयाेजना प्रभावित क्षेत्रका बासिन्दालाई शेयर निष्काशनमा काेटा छुट्याए जस्तै अब वैदेशिक राेजगारीमा रहेकाले पनि काेटा पाउनेछन् ।

यस्तो आइपिओमा आवेदन दिनका लागि सम्बन्धित व्यक्तिले विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने शर्त रहेकाे छ ।आस्वा प्रणाली मार्फत आस्वा सदश्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण बचत खाता मार्फत मात्र भुक्तानी गर्नु पर्ने प्रावधान छ ।

नया नियम अनुसार वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई शेयर बाँडफाँड गरिसके पछि मात्रै सर्वसाधारणका लागि आह्वान गर्न पाइनेछ । यदि यस्तो समुहमा छुट्ट्याइएको शेयर बिक्री नभएमा सर्वसाधारणलाई बिक्री गर्न सकिनेछ । विदेशमा रहेका नेपालीहरुले विद्युतिय माध्यमबाट हितग्राही खाता खोल्दा विद्युतिय माध्यमबाटै ग्राहक पहिचाहन गरी रुजु गर्नु पर्नेछ । यसरी आवेदन दिइसकेका व्यक्तिले पुनः सर्वसाधारण समुहबाट भने आवेदन दिन पाइने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

14%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS