IME Life

नेपाल बीमा प्राधिकरणकी लक्ष्मी ढकालले पाइन अवकास, सहायक द्धितियदेखि उपनिर्देशकसम्मको अनुभव

SPIL
NIC ASIA

काठमाडौं । नेपालले २०४८ सालमा लिएको आर्थिक उदारिकरण सँगै बीमा व्यवसायमा समेत नीजि क्षेत्रले चहलपहल सुरु गर्दा लक्ष्मी ढकाल नेपाल बीमा प्राधिकरणमा प्रवेश गरेकी थिइन् । जति वेला बीमा क्षेत्रले भर्खर भर्खर आफ्नो आकार देखाउन सुरु गरेको थियो । बीमा क्षेत्र विस्तारै अंकुराउदै गर्दा ढकालले आफ्नो करिअर सुरुवात गरेकी थिइन् ।

बीमा क्षेत्र अंकुराउदैको अवस्थामा जागिर सुरु गरेकी तिनै ढकालले २८ वर्ष ५ महिना काम गरेर गत साता अवकास लिएकी छिन् । उनले ५८ वर्षको उमेर हदका कारण अवकास लिएकी हुन् ।

Prabhu
Crest

ढकालले २०५१ साल असार १ गते तत्कालिन बीमा समितिमा नियुक्ती पत्र सहित काम सुरु गरेकी थिइन् । मानवशास्त्रमा स्नातकोत्तर गरेकी ढकालले सहायक द्धितिय पदमा नाम निकालेकी थिइन् । सो समय सरकारी जागिरमा प्रवेश गर्न त्यत्ति सजिलो भने थिएन । बीमा समिति आफैले विज्ञापन खुलाई परिक्षा लिने गर्दथ्यो । लिखित परिक्षा र अन्तर्वार्ता दुवै समितिले नै लिने गरेको ढकालले बताइन् । २०५१ सालमा उनी सहित ५ जनाले समितिमा प्रवेश गरेका थिए । ढकालले उमेरको हिसाबले २८ वर्ष ५ महिनामै अवकाश पाइन् भने उनीसँगै प्रवेश गरेका अन्यले भने ३० वर्षको कार्यकाल पश्चात अवकाश लिदै छन् ।

उनले समितिमा प्रवेश गरेको समयमा कर्मचारी एकदमै थोरै थिए । खासमा नियमन गर्नु पर्ने कम्पनीको संख्या पनि थोरै थियो । यसले गर्दा हरेक कर्मचारीले २/३ वटा विभागको काम सम्हाल्नु पर्थ्यो । यसैक्रममा लक्ष्मीले स्टोर र प्रशासन शाखा सम्हालेकी थिइन् । एकजनाले दुई शाखा सम्हाल्नुपर्दा कामको प्रेसर भने धेरै नै हुने गरेको उनीको अनुभव छ । उक्त समय महिला कर्मचारीको संख्या नगन्य नै थियो । महिला कर्मचारी नै भएको कारण विभेदपूर्ण वातावरण भने उनले कहिल्यै महसुस गर्नु परेन ।

ढकालले जागिर सुरु गरेदेखि अवकाश लिने बेलासम्ममा करिब ५ जना अध्यक्षले कार्यभार सम्हाले । सबै अध्यक्षको कार्यकालमा काम गर्ने वातावरणमा खासै फरक पाइनन् । तर राजनैतिक नियुक्तिले भने केहि प्रभाव पक्कै पारेको उनी बताउँछिन् । देशको मुख्य निर्णायक पार्टीको रुपमा जुन दल आउछ, समितिमा पनि त्यसको प्रभाव पर्ने गरेको उनको अनुभव छ । जुन पात्र राजनैतिक नियुक्तिबाट आउने गरेका छन्, उनको काम गराइमा भने केहि गाह्रो हुने गरेको उनको अनुभव छ ।

एकतर्फी कुरा सुन्ने र सोहि अनुसार काम गर्दा सबैभन्दा मुस्किल भने कर्मचारीलाई नै पर्ने गरेको उनि बताउछन् । तसर्थ राजनैतिक नियुक्तिले काममा बाधा पर्ने गरेको उनको अनुभव छ । उनी समिति प्रवेश गर्दै गर्दा कर्मचारीका लागि खासै केहि सुविधा भने थिएन । तत्कालिन अध्यक्ष शर्माको पहलमा कर्मचारीलाई सुविधा प्रदान गर्ने व्यवस्था गरेको थियो । जसले गर्दा कर्मचारीलाई थप सहज पुगेको थियो ।

उनको अनुभवमा उनले प्रवेश गर्दाको समिति र वर्तमान प्राधिकरणमा आकाश जमिनको भिन्नता छ । तत्कालिन समयमा समितिको आकार सानो थियो, कर्मचारी पनि थोरै थिए भने चूनौती पनि थोरै नै थियो । तर हाल प्राधिकरणको आकार बढ्दो क्रममा छ । देशको विभिन्न भागमा प्राधिकरणले आफ्नो शाखा विस्तार गर्दैछ । सोहि अनुरुपको दक्ष जनशक्तिको उत्पादन गरि शाखामा खटाउनुपर्ने एउटा ठूलो चुनौति रहेको छ । अर्काेतर्फ ती शाखाबाट प्रदान गर्ने सेवा सुविधाको गुणस्तरलाई मध्यनजर गर्नुपर्ने रहेको छ । साथै हाल नेपालमा भएका बीमा कम्पनीलाई रेगुलेट गर्नमा समेत प्राधिकरणलाई ठूलो चूनौती रहेको उनको भनाई छ ।

सरकारी स्तरबाट संचालन भएतापनि सुरुवाति अवस्थामा प्राधिकरण भाडाको भवनमा बसेको थियो । अहिले‍ प्राधिकरणको आफ्नै भवन निर्माण भइरहेकोले यसलाई उपलब्धिको रुपमा लिन्छिन् उनी । साथै समिति प्राधिकरणमा परिणत हुनु र यसको कार्यक्षेत्र थप फराकिलो हुनुलाई पनि उपलब्धिको रुपमा हेर्छिन् ।

सहायक द्धितिय पदबाट समिति प्रवेश गरेकि ढकालले उप निर्देशक पदमा पुगेर अवकाश लिएकी हुन् । अवकाश पश्चात भने उनले कहि कतै जागिरमा जोडिने सोच बनाएकी छैनन् । लामो जागिरे यात्रालाई विश्राम लिदै आउँदो दिन भने घरपरिवारसँगै रमाउने योजनामा छिन् उनी । यसका अलावा घुमफिरमा रमाउने योजना समेत रहेको ढकाल बताउँछिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS