IME Life

आर्थिक मन्दीको अन्तिम असर बीमा क्षेत्रमा पर्छ जसलाई अहिले सामना गरिरहेका छौ, शिखरका सिइओ पाण्डेयसँगको अन्तर्वार्ता

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्स हरेक सूचकमा अगाडी छ । भुकम्प अगाडी चौथो पाँचौ स्थानमा रहेको शिखरले भुकम्प लगत्तै बीमा शुल्क आर्जन तर्फ पहिलो भयो । यस पछि कम्पनीले अन्य विभिन्न सूचकमा आफुलाई पहिलो बनाउदै अग्रणी कम्पनीको रुपमा उभिन सफल भएको छ । हरेक चुनौतीलाई अवसरको रुपमा क्यास गर्न सक्षम शिखरले बजारमा छुट्टै पहिचाहन स्थापित गरिसकेको छ । कम्पनीको अहिलेसम्मको उपलब्धी र समग्र बीमा क्षेत्रका विषयमा इन्स्योरेन्स खबरका अरुण सापकोटाले शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा बीमा क्षेत्रकै विज्ञ अनुभवी अग्रज दिप प्रकाश पाण्डेय सँग लिएको अन्तर्वार्ता ।

शिखर इन्स्योरेन्सले भर्खरै १८ औ वार्षिकोत्सव मनाएको छ । यस अवधिमा कम्पनीले आफुलाई अग्रणी कम्पनीको रुपमा स्थापना गर्न सफल भयो । शिखरले के गर्यो जसले गर्दा आफुलाई यस अवस्थामा स्थापित गर्न सक्यो ?

Prabhu
Crest

पहिलो नै हुनु पर्छ भन्ने होइन । बजारमा जहिले पनि पहिचानमुखी कम्पनीको रुपमा स्थापित गर्नु पर्छ भन्ने सोच हो । सञ्जोगले भनौ या हाम्रो कर्मचारी, पोलिसी निर्माण गर्ने हाम्रो बोर्डले बीमाको वास्तविक अभ्यास गर्यो । बजारमा बीमाले सबै कुराको कभरेज हुन्छ भनिरहदा हामीले यि यि विषयमा जोखिम कभर हुँदैन भन्न सक्यौ । जसले गर्दा बीमितहरुलाई पनि वास्तविक कुराको जानकारी भयो । हाम्रा संस्थापकहरुको राम्रो स्ट्याटसले राम्रो काम गर्यो ।

हामीले मार्केटिङ टिमलाई हामी आफैले विकास गर्यौ । बजार विस्तार परम्परागत ढङ्गबाट भन्दा पनि नयाँ नयाँ अवधारणाको विकास गरेर अगाडी बढ्नु पर्छ भन्ने सोच बनायौ । बरु बीमितलाई यो यो जोखिमको कभर हुँदैन भनेर प्रष्ट भनौ भन्यौ । जव क्षति हुँदै आयो अनि जसले दाबी पाएनन् अनिहरु आफैले शिखरले यो कुरा त भनेको थियो नि है भन्न थाले ।

हामीले सेवालाई विविधिकरण गर्नुका साथै नयाँ नयाँ बीमा पोलिसीको निर्माण गर्यौ । बजारमा जहिले पनि अवसर आइरहन्छ । साहेद हामीले ति अवसरलाई प्राप्त गर्न सफल भयौ । सरकारले तेस्रो पक्ष ल्यायो, त्यहि वेलामा भुकम्प गयो, कृषि बीमाको पोलिसी आयो । हामीले जहिले पनि चुनौतीलाई अवसरको रुपमा परिणत गर्यौ । सबै चुनौतीहरुमा हाम्रो सकारात्मक सोचले पनि काम गर्यो । यस्तै कारणले गर्दा आज हामी अगाडी छौ ।

कम्पनीले अहिलेसम्म हासिल गरेका उपलब्धीहरुलाई निरन्तरता दिन के कस्तो योजना बनाउनु भएको छ ?

बजार बहुआयामिक रुपमा परिवर्तन हुँदैछ । नियामकिय पूँजी बढेर २५० करोड पुगेको छ । कम्पनीहरु मर्जरमा जादैछन् । यसरी कम्पनीहरुको अवस्थामा परिवर्तन आइरहेको छ । हाम्रो अरु कम्पनीहरु सँग जुन किसिमको ग्याप थियो अव मर्जर पछि उहाँहरुले चुनौती दिदै हुनुहुन्छ । सबैलाई जित्ने इच्छा हुन्छ । यो नराम्रो कुरा होइन । एक सय मिटरको दौडमा हाम्रो प्रतिस्पर्धी कहाँ छ भनेर हेर्दा हेर्दै हामीलाई उसले जतिसकेको हुन्छ ।  त्यसैले हामी कहिले पनि हाम्रो प्रतिस्पर्धीलाई हेर्दैनौ । हामी अगाडी नै बढ्छौ । समय समयमा आरोह अवरोह आउछ त्यसलाई छिचोल्दै अगाडी बढ्यो भने गन्तव्यमा पुग्न सकिछ ।

शिखर इन्स्योरेन्स आजका दिनमा लिडिङ कम्पनी हो । बीमा क्षेत्रमा कम्पनीले आफुलाई कसरी प्रस्तुत गरिरहेको छ ?

लिडिङ कम्पनी भनेपछि बजारमा अरुहरुको जहिले पनि आखा रहेको हुन्छ । उनिहरुले हामीलाई हेरिरहेका हुन्छन् । व्यवसायिक बृद्धिका विषयमा, नियामकिय समस्याका विषयलाई लिएर, बजारमा आउने नयाँ नयाँ समस्यालाई लिएर सबैले हेरिरहेका हुन्छन् । भुकम्पको वेलामा शिखरले के गर्यो भनेर सबैले हेरिरहेका थिए । शिखरले कसरी सर्भेयर ल्यायो । सर्भेयरको पैसा कसरी पठायो भन्दै हेरिरहेका हुन्छन् । त्यसैले हामीले गलत काम गर्यौ भने बजार पनि गलत दिशातर्फ धकेलिन्छ । हामीले राम्रो काम गरेर जानु पर्छ । गलत काम गर्यो भने ‘ए यसले त गल्ति गर्यो अव यसको पछि लाग्नु हुँदैन’ भन्ने हुन्छ । त्यसैले हरेक कुरामा हामीले सचेत भएरै अगाडी बढिरहेका छौ ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई कसरी अगाडी बढाइरहेको छ ?

हामीले व्यवसाय सँग पनि जोडेर कयौ काम गरेका छौ । स्वास्थ्य सेवामा होस्, शिक्षामा होस् धेरै क्षेत्रमा काम गरेका छौ । अहिलेको अवस्थामा हामीले गर्ने भनेको राष्ट्रको आवस्यकता अनुसार नयाँ नयाँ प्रोडक्ट ल्याउने हो । यो पनि सामाजिक उत्तरदायित्वकै एउटा पक्ष हो । आजको दिनमा हाम्रो आवस्यकता भनेको पर्यटन, जलविद्युत, कृषिको विकास नै हो । हामीले पर्यटन क्षेत्रमा कसरी काम गर्ने भनेर हेरिरहेका छौ । जलविद्युतमा लगानी सँगै जलविद्युत सँगै बीमाका योजना पनि विकास गरिरहेका छौ ।

हाम्रो सोचाइ भनेको नेपालको कुनै पनि सम्पत्ती असुरक्षित हुनु हुँदैन । सुरक्षित हुनु पर्यो । यो अवस्था आइसकेको छ । त्यसका लागि कसरी काम गर्ने हो भनेर चिन्तित हुँदै बजार विकासका लागि सोचिरहेका छौ । अर्को भनेको कृषि हो । कृषिमा हाम्रो दुई वटा भुमिका हुन्छ । एउटा किसानहरुलाई जोखिम बहनका लागि योजनाहरुको विकास गर्ने । चाहेक बीमा समितिले ल्याएको योजना होस् या त जोखिममा आधारित बीमा नै किन नहोस् । हामीले सफलता पुर्वक स्याउको बीमा गर्यौ । बाढीमा आधारित बीमामा गएका छौ । दुर्भाग्यवस भन्नु भन्दा पनि भाग्यवस भन्छु किनभने त्यसले व्यापार बढाएको छ ।

अहिले सबैले शिखरले के कति तिर्यो, किन तिर्यो, कसरी तिर्यो, यसले कहाँ कहाँ असर पार्छ भनेर अध्ययन गरिरहेका छन् । जुन किसानले बीमा गरेका छन् उनिहरुले दाबी पाए । हामीले ३० देखि ५० दिनमा पुर्ण रुपमा दाबी तिर्यौ । हामीले ग्राहकको साइडमा रहेर नयाँ प्रोडक्ट निर्माण गरेका छौ । साँस्कृतिक क्षेत्रमा पनि राम्रो काम गरेका छौ । मन्दिर, खेलकुदका क्षेत्रमा सहयोग गरेका छौ । हामी सिएसआरमा चुकेका छैनौ । भुकम्पका वेलामा धेरै ठाउँमा सहयोग गरेका छौ । बीमाको शिक्षा भनौ जनचेतना समेत हुने गरी बीमा क्षेत्रका सबैको अनुभव शेयरिङका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौ । भोलिका दिनमा यो बीमा क्षेत्रकै ग्रन्थ नै बन्नेछ ।

नयाँ बीमा ऐन लागु भएको छ । यसले नेपालको बीमा उद्योगमा सकारात्मक नकारात्मक के कस्तो प्रभाव पार्ला ?

अहिलेको नयाँ बीमा ऐनमा एउटा दुई वटा कुरा बाहेक पहिलानै अभ्यासमा आएका कुराहरु नै रहेको छ । बीमा ऐन २०४९ लगायत बीमा प्राधिकरणले बेला बेलामा ल्याएका निर्देशिकाहरुलाई एकिकृत गरेर बनेको कुरा मात्रै हो । खाली एउटा कसुर कारबाही मात्रै थपिएको हो ।

दण्ड जरिवानाको कुरा, जव गर्नु नै छैन भने त्यतातिर दौडनु आवस्यक छैन । भुल हुन्छ, भुललाई स्वीकारेर अगाडी बढ्नु पर्छ । त्यसको पनि एउटा मापदण्ड होला । नियामकले त्यो बुझ्नु नै हुन्छ होला । मैले देखेको अहिलेको ऐनले बीमा प्राधिकरणलाई स्वायत्त बनाएको छ । उहाँहरुलाई अधिकार मात्रै होइन गर है भनेर संसदले जिम्मेवारी दिएको हो जस्तो लाग्छ ।

बीमा प्राधिकरण सबै क्षेत्रमा फैलिएको छ । उहाँहरुको स्थायित्वका लागि आफ्नो भवन बन्दैछ । नयाँ नयाँ कर्मचारी नियुक्त हुदै आउनुभएको छ । नयाँ नियुक्त हुनुभएका युवाले नेतृत्व लिदै गर्दा उहाँहरुको क्षमतामा पनि संका गर्ने ठाउँ छैन । ऐन नियमले उहाँहरुलाई अधिकार दिएको छ भने मेरो विचारमा बीमा क्षेत्रलाई दीर्घकालिन रुपमा अगाडी बढाउन मद्दत गर्नेछ ।

पुरानो ऐन अनुसार बीमा कम्पनीहरुले जस्तो सुकै नराम्रो काम गरे पनि १० हजार जरिवाना बुझाएर उम्किने अवस्था थियो । तर अहिले आएको नयाँ ऐन अनुसार धेरै नै जरिवाना लाग्ने अवस्था छ । यसले बीमा कम्पनीहरुलाई सच्चिन उत्प्रेरित गर्ला कि अन्य किसिसको असर पर्छ ?

म त सच्याउन उत्प्रेरित गर्छ भन्छु । यसले असर गर्नु हुँदैन । जव मलाई त्यो बाटो जानु नै छैन भने मलाई के को डर । आजको दिनमा हामीलाई सच्चिन केहि पनि रोकेको छैन । म गल्ति गर्दिन भन्दा कसले रोक्या छ र ? मेरो बोर्डले मलाई गल्ति गर भन्छ र ? सिइओले विभागलाई गल्ति गरेर व्यवसाय ल्याउ भन्छ र, भन्दैन नि । त्यसैले हामीलाई यसले सच्चिन भनेको हो । सच्चिनु पर्छ ।

नेपालमा मात्रै नभएर पछिल्लो समय विश्वमै आर्थिक मन्दी, आर्थिक संकटको अवस्था छ । नेपालमा पनि यसको केहि असर विस्तारै देखिन थालेको छ । यसले नेपालको बीमा क्षेत्रलाई कत्तीको प्रभाव पारेको छ ?

दुई वटा कुरा । जहिले पनि रिसेसन, आर्थिक मन्दी, आर्थिक संकटको असर जहिले पनि अन्तिममा पर्छ । तर असर गर्छ । कोभिड वा डेङ्गु भयो भने ज्वरो आउछ । त्यस्तो ज्वरो सबैभन्दा पहिला बैंकिङ क्षेत्रमा आउछ । विस्तारै फोक्सो, मुटुलाई असर परेको जस्तो चाँही बीमा उद्योगलाई पर्ने हो ।

यसको फाइदा बीमा उद्योगलाई छ । बैंकिङ क्षेत्रमा असर पर्ने वित्तीकै बीमा क्षेत्रले आफु कसरी बच्ने भनेर सोच्न भ्याउछ । जसले असर पुर्याउछ भनेर मूल्याङ्कन गर्दै अगाडी बढेका छन् उनिहरुले सजिलै पार लगाउछन् । जसले सोच विचार गर्दैनन् उनिहरुलाई सबैभन्दा धेरै असर पुर्याउछ ।

आजको दिनमा व्यवसाय नै छैन । बैंकले कर्जा दिएको छैन । अनि कसरी आउछ त नयाँ व्यापार व्यवसाय । आयात छैन कारोबार घटिसक्यो । कोभिड आयो तर व्यवसाय आएन त्यस पछि हवाइ सञ्चालकले पैसा तिर्न सक्दैनन् । दर घटाउन सकिदैन अन्तर्राष्ट्रिय बजारले डोमिनेट गरेको हुन्छ । कि त ऐन नियम विपरित उधारोमा बीमा गर्नु पर्यो । होइन म यस्तो व्यवसाय गर्दिन अन्य व्यवसायबाट सर्भाइव गर्छु भन्नु पर्यो । व्यवसाय लिएर उहाँहरुलाई पैसा दिनुहोस् भन्दै दवाव दिन सक्दिन । अहिलेको अवस्था यहि हो । त्यसैले हामीलाई यस्ता घटनाले पहिला नै अलर्ट हुने मौका दिएको हुन्छ । जसरी हाम्रो मोबाइलमा मौसमको फोरकाष्ट हुन्छ त्यसरी नै बीमा उद्योगले पनि फोरकाष्ट गर्न सक्छ ।

यसले व्यवसायमा कत्तीको डाउनफल होला ?

ग्रोथ नै छैन । आजको दिनमा शिखरको ५ प्रतिशतको ग्रोथ होला । आजको दिनमा २०/२५ प्रतिशतको ग्रोथ गर्छु भनेर बसेकोमा ५ प्रतिशत पनि छैन । मेरो केहि प्रोडक्टमा घटेको छ त्यसमा अन्य प्रोडक्टबाट रिकभर गर्छु तर मेरो जुन २०/२५ प्रतिशतको टार्गेट थियो त्यो प्राप्त गर्न सक्ने अवस्थामा छैन ।

इन्ड्रष्ट्रि ग्रोथ छैन । सामान आयात भएको छैन । बैंकहरु सँग दिन सक्ने क्षमता छैन । हिजोका दिनमा स्टक हुँदा हुँदै नयाँ कर्जा लिएर काम हुन्थ्यो । अव त स्टक घटाएर बस्नु पर्ने अवस्था आएको छ । मोटरको सेल्स ४०/४५ प्रतिशत डाउन छ ।

अर्को तर्फ अन्य काम नभए पछि सानो सानो लस पनि क्लेम गर्न थाल्छन् । हिजोका दिनमा गाडी सामान्य दुर्घटना भयो भने ह्याँ म सँग समय छैन के दाबी गर्नु जाऔँ भन्थ्यौ । तर आजको दिनमा अरु व्यवसाय छैन । समय व्यवस्थापन गर्न सहज छ । गाडी ठोकिने वित्तीकै ‘ए ल ल जाउ त’ दाबी गरिहाल भन्छौ ।

नेपाल सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्न सुरु गरेको छ । तर कोरोना बीमा मापदण्ड २०७७ भन्दा फरक हिसावले सेटलमेन्ट गर्ने व्यवस्था गरिएको छ । यसमा तपाईहरु तयार हुनुहुन्छ ?

मैले शिखरको तर्फबाट गर्ने हो । मैले बजारको तर्फबाट भन्न मिल्दैन । शिखर इन्स्योरेन्सको सिइओको तर्फबाट मैले भन्ने हो भने यो कुरा बीमा प्राधिकरणले यसै ल्याएको होइन । धेरै छलफल भएर ल्याएको हो । मेरो विचारमा हामी अन्य कुरामा खर्च गरे जस्तै यसमा खर्च गर्यौ भने यसले बजारलाई सकारात्मक दिशा तर्फ लैजान्छ । यसले गर्दा हामीले सञ्चालकहरुलाई मनाएर पनि तिर्नु पर्छ । नियामकले बीमा इन्ड्रष्ट्रि सँग छलफल गरेरै ल्याएको निर्देशिका हो । यसले सरकारलाई पनि मेरो दायित्वभित्र छ भन्ने कुरालाई रियलाईज गराएको छ ।

बजारमा हामीले प्रोजेक्ट गर्न सक्नु पर्यो । सरकारको दायित्व पनि हामीले तिरेका छौ है भन्न पाउछौ । तपाईहरु बीमा गर्नुहोस् तपाईहरुको भविष्य सुनिश्चित छ भन्ने मौका प्रदान गर्छ ।

नेपाल बीमा प्राधिकरणले भदौ १० गते ल्याएको क्यापिटल प्लानलाई हेर्दा शिखर एकदमै रिल्याक्स अवस्थामा छ । तर यहि क्यापिटल पुर्याउनका लागि अन्य कम्पनीहरु मर्जर गरेर ठुला कम्पनी बन्दै गर्दा शिखरलाई कत्तीको दवाव शिर्जना भएको छ ? अव तपाईहरु मर्जर गरेर प्रतिस्पर्धी बन्नु हुन्छ कि व्यवसाय गरेरै प्रतिस्पर्धी बन्नु हुन्छ ?

हामीलाई दुई वटै विकल्प छन् । काठमाडौंमा तपाईले हेर्नु भयो भने घर हुने जसले पनि एक तला भए पनि अर्को घर बनाउन खोजिरहेका हुन्छन् । यसले केहि फाइदा पुर्याउदैन । न कोहि त्याहाँ गएर बसेको हुन्छ । त्यो एउटा खोक्रो सन्तुष्टी मात्रै हो ।

मलाई ठुलो भएर समस्या छैन । मैले मेरो ग्राहकलाई सन्तुष्ट बनाउन सक्नु पर्यो । मेरो कर्मचारीलाई सन्तुष्ट बनाएर राख्न सक्नु पर्यो । र म अगाडी बढ्ने हो नि त । हाम्रो सोचाइ त्यतातिर जान्छ जस्तो लाग्छ । नम्बर चार भएको हाम्रो कम्पनी भुकम्प पछि नम्बर वान भएको हो । यो ठुलो कुरा होइन । वास्तविक रुपमा स्थान लिने हो भने अर्गानिक ग्रोथ लिने हो ।

सँग सँगै मर्जर राष्ट्रको आवस्यकता हो र हाम्रा इन्भेष्टरले सकारात्मक सोचेर जाने हो भने हामीलाई मर्जर गर्न कसैले रोकेको छैन । हामी नम्बरको दौडमा जानु हुँदैन । बीमा शुल्कको आधारमा मात्रै हामी सबै नम्बर वान कम्पनी भन्दै आइरहेका छौ । आज मेरो मुनाफादर घटेको छ के म नम्बर चार भए त ? म त्यो मान्दिन नि त । कुन कुन हिसावले भन्ने कुरा आउछ । मेरो जस्तो कर्मचारी कसैले देखाउन सक्छ ? सक्दैन नि । त्यसैले त्यो खोक्रो सन्तुष्टी मात्रै हो । अर्गानिक ग्रोथ हुनु पर्यो । भविष्य सुरक्षित हुनु पर्यो । हामीलाई सबै विकल्प खुला छ । अरु मर्जरमा गए भन्दै त्यहि हिसावले हाम फाल्नु पर्छ भन्ने छैन ।

आजका दिनमा हामी पूँजीमा किन बलियो भयौ भन्दा हिजोका दिनमै हामीले आजको दिन देखेका थियौ । बीमा प्राधिकरणले ४ सय करोडको आकलन गरेको थियो । भोलिको दिनलाई पनि फोरकाष्ट गरेर क्याल्कुलेट गरेर अगाडी बढ्यौ भने सफलता हासिल गर्न सक्छौ जस्तो लाग्छ ।

तपाई बीमा क्षेत्रको अनुभवी र विज्ञको हिसावले प्रश्न गर्छु । अहिलेको मर्जरले बीमा उद्योगमा सिनर्जी क्रियट गर्छ कि गर्दैन ?

गर्नु पर्छ । तर सहि बाटोमा अगाडी बढाउनु पर्छ । निश्चिय नै दुई प्लस दुई चार हुँदैन मर्जरमा ६ पनि हुन्छ सक्छ तीन पनि हुन सक्छ । त्यसको पाइलट सिइओ नै हो । नेभिगेटर भनेको बोर्ड हो । आजको दिनमा अरु कम्पनीको क्यापिटल १२०/३० करोड छ भने शिखरको २२८ पुगिसकेको छ । ओहो शिखरको ६७ प्रतिशत हाम्रो ३३ प्रतिशत हामी त त्यसै विलय हुने भयौ भन्दै मर्जर नगर्ने भन्ने वातावरण पनि आउन सक्ला नि त ।

यो ठिक हो कि हाम्रो नेटवर्थ बढाउने हो नि त भन्दै अगाडी बढ्ने हामी उच्च व्यवस्थापनको भुमिका भनेको हाम्रो व्यवसायलाई सफलतापुर्वक अगाडी बढाएर लगानीकर्ताको नेटवर्थ बढाइदिने हो । त्यो बुल भ्यालुमा होस्, शेयर भ्यालुमा होस या त रिटर्न बाटै किन नहोस् । कुनै पनि वाटोबाट भुमिका निर्वाह गर्न सक्नु पर्यो ।

मेरो विचारमा मर्जरले सिनर्जी क्रियट गराउन सक्नु पर्छ । अर्को भनेको यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा कम गराउदै लैजान्छ । आजको दिनमा बजारको आवस्यकतालाई हेर्नु पर्यो । के साच्चिनै नेपाली बजारमा २० वटै कम्पनी आवस्यक छ ? यो प्रश्न छ ।

पेनिट्रेसनको हिसावमा यस क्षेत्रलाई जहिले पनि ‘ग्रिन एरिया’ को रुपमा हेरियो । पेनिट्रेसनका लागि बीमा कम्पनी नै भागिदार हुन् त ? होइनन् नि । निश्चिय नै अर्थतन्त्र हो । आजको दिनमा बजार किन बृद्धि भयो भन्दा सरकारले तेस्रो पक्षलाई अनिवार्य गर्यो यसले बजारलाई चलायमान बनायो । कृषि बीमामा अनुदान दिइयो, यसले बजारलाई बढाउन मद्दत गर्यो । अहिलेको निर्वाचनमा सम्पुर्ण राजनीतिक दलले चुनावी घोषणात्रमा बीमालाई समेत प्राथमिकता दिएका छन् ।

मर्जर पछि अस्वस्थ प्रतिस्पर्धा घटेर निश्चिय नै निर्जीवन बीमा व्यवसाय नै बढाउने छ । पूँजी बढ्ने वित्तीकै जोखिम बहन गर्न सक्ने क्षमता बढ्ने छ । सुरक्षित व्यवसायमा जोखिम बहन गर्ने वित्तीकै नेपालमै पैसा बस्छ । बीमा उद्योग बढ्ने वित्तीकै कर्मचारीले राम्रो तलब सुविधा पाउछन् । त्यसैले सिनर्जी क्रियट हुन्छ जस्तो लाग्छ ।

नेपाल सरकार तथा नेपाल बीमा प्राधिकरणले बजारको आवस्यकता भन्दा पनि आफ्नो अनुकुलतालाई हेरेर लाइसेन्स दिएको देखिन्छ । एकातिर मनलागेको समयमा लाइसेन्स जारी गर्ने अर्को तर्फ सँग सँगै मर्जरको नीति ल्याउदा तालमेल नमिलेको जस्तो देखिन्छ । यस्तो अवस्थालाई तपाइले कसरी हेर्नु हुन्छ ?

यसलाई मैले दुई वटा पक्षबाट हेरेको छु । शिखरको सिइओ भन्दा पनि स्वतन्त्र रुपमा भन्नु पर्दा ८ वर्ष लाइसेन्स नदिएर थन्किएको अवस्था । प्राधिकरणमा फाइलहरु होल्ड भएर बसेको थियो । यसमा लाइसेन्स आह्वान गर्दा कसलाई दिने कसलाई नदिने दोधारको अवस्था थियो । त्यो अवस्थामा उहाँहरुले लाइसेन्स दिनु भएको हो । मेरो विचारमा त्यो वेला समयको आवस्यकता थियो । त्यस पछि पुनर्बीमाको एउटा मात्रै लाइसेन्स आएको छ भने पछि लाइसेन्स बाँड्यो भन्न पनि सकिदैन ।

अर्को तर्फ बीमा समितिले किन माइक्रोइन्स्योरेन्स ल्यायो त भन्नु होला । बीमा प्राधिकरणका अध्यक्षले खुला रुपमा भन्दै आउनु भएको र मैले सुन्दै आएको ‘म अध्यक्ष होउन्जेल लाइसेन्स दिन्न’ भन्नु भएको छ । अध्यक्षले चाहनु भएको भएको माइक्रोइन्स्योरेन्स पनि प्रत्येक प्रदेशमा दुई दुई वटाको दरले १४/१५ वटा बाड्न सक्नु हुन्थ्यो नि । उहाँहरुले निश्चित दायरा बनाएर थोरै कम्पनी खोलेर हेर्न खोज्नु भएको छ । नीति नियम आउनै बाँकी छ । भोलिका दिनमा त्यो कत्तीको सफल होला नहोला हेर्न बाँकी छ ।

बीमा ऐनको परिभाषा हेर्नु भयो भने ‘निम्न आय भएका आर्थिक सामाजिक भौगोलिक रुपले पिछडिएका वर्गलाई लक्षित गरी परिच्छेद ८ बमोजिम गरिने लघु बीमा सम्झनु पर्छ’ भनिएको छ । ऐनमै निम्न आय भनिएकाले यसले अरु व्यवसायलाई छुदैन जस्तो लाग्छ । त्यो एउटा प्रयोग हो । सफल भयो भने राष्ट्रलाई फाइदा हुन्छ । आजका दिनमा सबैभन्दा धेरै बीमा कसलाई आवस्यक छ भन्दा न्युन आय भएकै वर्गलाई हो । बरु उच्च जोखिम भएका वर्गसँग क्षमता हुन्छ ।

पुराना कम्पनीहरुले पनि अहिले माइक्रोपोलिसी बिक्री गरिरहेका छन् । नयाँ कम्पनीहरु पनि आउदैछन् । यसमा बीमा प्राधिकरणले कसरी वर्गिकरण गर्न सक्नु पर्छ ?

अहिले अभ्यास भइरहेको माइक्रोफाइनान्स र बैंक फाइनान्सलाई नै हेर्यो भने माइक्रोफाइनान्सले गरेको काम बैंकहरुले गर्न नपाउने भन्ने छैन । माइक्रोफाइनान्सले आफ्नो छुट्टै मोडालिटी क्रियट गरेर काम गरेको छ भने बैंकहरुले उनिहरुले गरेका काम पनि गरिरहेका छन् भने सपोर्ट पनि गरेका छन् ।

हाम्रो क्षेत्रमा पनि माइक्रोइन्स्योरेन्सले आफंनै छुट्टै मोडालिटी बनाएर त्यहि क्षेत्रमा काम गरोस् । हामीले पनि मद्दत गरौला । त्यसैले डराउनु पर्ने अवस्था छैन । मार्केट पेन्ट्रेसन जम्मा ७ प्रतिशत लियो भन्ने अनि नयाँ कम्पनी आयो यसले बजार विगार्स भन्ने अवस्था छैन । माइक्रोले लाइफमा असर गर्ला तर ननलाइफमा यसले त्यस्तो ठुलो असर गर्छ जस्तो लाग्दैन ।

जुन वेला लाइसेन्स दिइयो धेरै दिइयो किनभने फाइल थन्किएर बसेको थियो । यदि चारवटालाई मात्रै दिएको भए झन् नराम्रो हुन्थ्यो । त्यसैले म त न्याय भयो भन्छु । आजका दिइएको त छैनन् । नयाँ ऐनमा पनि लाइसेन्स दिदा अध्ययन गरेर जाने भन्ने कुराहरु क्लियर नै छ । अवका दिनमा २५० करोड हालेर लाइसेन्स लिन पनि धेरै ठुलो जोखिम उठाउनु पर्छ । विगत चार वर्षमा स्थापना भएका कम्पनीहरुले पनि राम्रो प्रतिफल दिन सकेको छैन भने अव नयाँ खोल्छु भन्नु पनि त्यति सहज छैन ।

नयाँ बीमा ऐन आए सँगै नेपाल बीमा प्राधिकरणले के कस्ता नीतिगत व्यवस्था गरेर नेपालको बीमा उद्योगलाई अहिलेको भन्दा राम्रो बनाउन सक्ला ?

नयाँ नियम कानुन बनाउदा नियमित छलफल गर्नै पर्छ । प्राधिकरणले नियमावली, निर्देशन, निर्देशिकाको मस्यौदा बनाएर दियो भने हामीले दिने सुझाव नै हो । आजका दिनमा हामीले सर यसो गरिदिनु पर्यो उसो गरिदिनु पर्यो भनेर जानु हुँदैन । नीतिनियम उहाँहरुले बुझ्नु भएको छ । उहाँहरुको विज्ञताले काम गर्ने भएकाले उहाँहरुलाई हामीले पच्छ्याउनु पर्छ । तर एउटा छलफलमा लगेर हाम्रा कुरा राख्न दिनु पर्छ र यो भन्दा अरु केहि हुनुहुँदैन ।

यो पनि पढ्नुहोस् 

हरेक चुनौतीलाई अवसरमा बदल्ने शिखर इन्स्योरेन्सको सफलता, ‘करोड लगानी गर्नेको पोर्टफेलियो अर्ब नाघ्यो’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

22%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS