IME Life

११ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ११ वाणिज्य बैंकले गत आर्थिाक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको लाभांश राष्ट्र बैंक तथा कम्पनीहरुको साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् । यसपटक बैंकहरुले बोनश शेयरभन्दा नगद लाभांशलाई बढी प्राथमिकता दिएका छन् । अघिल्लो वर्षको तुलनामा यो पटक अधिकांश बैंकहरुको लाभांश क्षमता घटेको देखिन्छ ।

कुन बैंकले कति घोषणा गरे लाभांश

Prabhu
Crest

नेपाल इन्भेष्टमेन्ट बैंक
मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ४ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश दिने निर्णय बैंकको सञ्चालक समितिको बैंठकले गरेको हो ।

मेगा बैंक
इन्भेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कूल ७ दशमलव ८३ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ३ दशमलव ८३ प्रतिशत नगद लाभांश दिदैछ ।

ग्लोबल आइएमइ बैंक
ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनश शेयर र करसहित १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । हाल ग्लोबल आइएमई बैंक अफ काठमाण्डूसँग मर्जर प्रक्रियामा छ ।

बैंक अफ काठमाण्डु
बैंक अफ काठमाण्डुले पनि गत वर्षको नाफाबाट ६ प्रतिशत बोनश शेयर र १४ दशमलव ९५ प्रतिशत नगद लाभांश गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल ग्लोबल आइएमई बैंकसँग मर्जर प्रक्रियामा रहेको छ ।

प्रभु बैंक
प्रभु बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनसमेत गरी १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले १२ प्रतिशत बोनश शेयर र कर तिर्न ० दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

स्ट्याण्डर्ड चार्टड बैंक
स्ट्याण्डर्ड चार्टड बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५१ प्रतिशत नगद लाभांश दिदैछ । बैंकले यस वर्ष बोनश शेयर भने वितरण नगर्ने भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने स्ट्याण्डर्डले १० प्रतिशत बोनश शेयर र ३ दशमलव ०६ प्रतिशत नगद लाभांश दिएको थियो ।

एनसीसी बैंक
कुमारी बैंकसँग मर्जरको प्रक्रियामा रहेको एनसीसी बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल ११ प्रतिशत लाभांश दिने भएको छ । एनसीसीले ३ दशमलव ३६६ प्रतिशत बोनश शेयर र ७ दशमलव६३३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कुमारी बैंक
एनसीसी बैंकसँग मर्जरमा जाने सम्झौता गरेको कुमारी बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १२ दशमलव ५० प्रतिशत नगद लाभांश दिदैछ । आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले यस वर्ष बोनश नदिने भएको छ ।

सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.९८ प्रतिशत लाभांश दिदैछ । बैंकले १० प्रतिशत बोनश शेयर र कर तिर्न ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश दिनेछ । अघिल्लो आर्थिक वर्षमा बैंकले १७.८९ प्रतिशत लाभांश दिएको थियो । सानिमाको ११ करोड ३२ लाख ७३ हजार कित्ता सेयर धितोपत्र बजारमा सूचीकृत छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले पनि आफ्ना शेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिदैछ । गत वर्ष बैकले १२.९१ प्रतिशत बोनश शेयर र ३.०८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले सिटिजन्स बैंकले यो वर्षको लाभांश घोषणा गरेको हो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ७ दशमलव ६८ प्रतिशत नगद लाभांश गरि कुल २० दशमलव ६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

41%

खुसी

22%

दु :खी

16%

अचम्मित

3%

उत्साहित

19%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS