IME Life

चार निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति बोनश ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि ४ निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट यी चार कम्पनीहरुले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । यस अवधिसम्ममा प्रिमियर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

Prabhu
Crest

प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश सहित १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ९ दशमलव ४७३७ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने भएको हो ।

त्यस्तै, यूनाइटेड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनश शेयर र ० दशमलव ४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%

खुसी

14%

दु :खी

62%

अचम्मित

5%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS