IME Life

नेपाल पुनर्बीमाको मुनाफा १०.४५ प्रतिशतले बढ्यो, जोखिम मूल्याङ्कन गर्न नसक्दा व्यवसायको तुलनामा दाबी उच्च

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा १० दशमलब ४५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनी ६७ करोड ७८ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा निर्जीवन तर्फ ५६ करोड ५० लाख रुपैयाँ र जीवन तर्फ १० करोड ८८ लाख रुपैयाँ छ । यस वर्षमा कम्पनीले जीवन तर्फ मुनाफा बढाएको छ ।

खुद बीमा शुल्क आर्जन १५ दशमलब ८९ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्ममा निर्जीवन तर्फ ८ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा जीवन तर्फ भने एक अर्ब ८८ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ९ अर्ब २९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

यहि तथ्याङ्कका आधारमा नेपाल पुनर्बीमाले आफ्नो चुक्ता पूँजी बजारबर पनि व्यवसाय भित्र्याउन सकेको छैन । अधिक जोखिम बहन गर्नु पर्ने भएकाले कम्पनीको पूँजी धेरै हुनु पर्छ तर पूँजी बराबर पनि व्यवसाय गर्न नसक्नु आफैमा उपलब्धीपुर्ण होइन ।

समिक्षा अवधिमा नेपाल पुनर्बीमाको खुद दाबी भुक्तानी ५५ प्रतिशतले बढेको छ । पुनर्बीमाले ८ अर्ब १३ करोडको खुद दाबी भुक्तानी गरेको छ । जसमा निर्जीवन तर्फ ५ अर्ब ८ करोड रुपैयाँ र जीवन तर्फ तीन अर्ब १० करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम जोखिम रहने जीवन बीमा तर्फ पनि नेपाल पुनर्बीमाले राम्रै दाबी भुक्तानी गरिरहेको छ । जीवन बीमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी पुनर्बीमा मार्फत नै बहन गराउने गरेकाले पनि यति धेरै दाबी देखिएको हो । जवकी पुनर्बीमाले गत वर्ष जीवन तर निर्जीवन गरेर ५ अर्ब २७ करोड रुपैयाँको मात्रै दाबी भुक्तानी गरेको थियो ।

जगेडा कोष १३३ प्रतिशतले बढेको छ । हाल जीवन र निर्जीवन सहित जगेडा कोषमा ६ अर्ब ८२ करोड रुपैयाँ छ । पुनर्बीमा कमिशन खर्च १९ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ खर्च गर्दा जीवन तर्फ २ करोड ८५ लाख र निर्जीवन तर्फ २ अर्ब ९३ करोड रुपैयाँ पुनर्बीमा खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिम २ अर्ब ४७ करोड रुपैयाँ कमिशन तिरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले अझै एक अर्ब ८७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । यो निर्जीवन तर्फको मात्रै बाँकी दाबी हो । अघिल्लो आर्थिक वर्षमा एक अर्ब ७९ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो । कम्पनीको प्रतिशेयर आम्दानी जम्मा ५ रुपैयाँ मात्रै छ ।

पुनर्बीमाले समिक्षा अवधिमा १० अर्ब ७८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्यो तर खुद दाबी भुक्तानी मात्रै ८ अर्ब १८ करोड छ । त्यसमा पनि कम्पनीले व्यवसाय भित्र्याउन पुनर्बीमा कमिशन बापत २ अर्ब ९६ करोड खर्चिएको छ । यसरी कमिशन र दाबी जोड्यो भने १० अर्ब ३४ करोड हुन्छ । यहि सोझो हिसावले पनि थाहा हुन्छ नेपाल पुनर्बीमाले जोखिम मूल्याङ्कन नै नगरी व्यवसाय लिइरहेको छ ।

नेपाल पुनर्बीमाले व्यवसाय लिन कमिशन तिर्छ अर्को तर्फ रेट्रोसेसन मार्फत विदेशी पुनर्बीमा कम्पनीहरुलाई बीमा शुल्क तिर्नु पर्छ । यसमा कम्पनीले न त कम जोखिम युक्त व्यवसायमा जोखिम लिएर नाफा गर्न सकेको देखियो न त अधिक जोखिमयुक्त व्यवसायको जोखिम मूल्याङ्कन नै गर्न सकेको देखियो ।

कम्पनीको चौथो त्रैमाशिक वित्तीय अवस्था 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS