IME Life

थिलिएको अर्थतन्त्रलाई रेमिट्यान्सको बलियो आड, तीन महिनामै भित्रियो २ खर्ब ८१ अर्ब

SPIL
NIC ASIA

काठमाडौं । अर्थतन्त्रका हरेक सूचक नकारात्मक हुँदै गर्दा विप्रेषण आप्रवाहले बलियो आड दिएको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव र अर्थतन्त्रको चक्रलाई रेमिट्यान्सले साथ दिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामै २ खर्ब ८१ अर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको यहि अवधिको तुलनामा १६.८ प्रतिशतले बढि हो ।

कोभिड १९ को अवधिदेखिनै विप्रेषण आप्रवाहको बृद्धिदर घट्न थालेको थियो । सोहि कारण गत वर्षको यहि अवधिमा ७.१ प्रतिशतले रेमिट्यान्स आप्रवाह नै घटेको थियो । सोहि अवधिमा धेरै नेपाली स्वेदश फर्किए । तर कोभिड १९ पछि नेपालमा रोजगारीका कुनै अवसर नपाए पछि नेपाली युवाहरु पुनः विदेशिन बाध्य भएका छन् । उनिहरुले विदेशमा बगाएको पसिनाले नै देशको अर्थतन्त्र बचिरहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२३.१ प्रतिशतले वृद्धि भई १,४७,९३२ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भई ५७,८६१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई रु.३१० अर्ब ४३ करोड प्राप्त भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS