IME Life

दाबी भुक्तानीमा सकृयता बढाउँदै स्वास्थ्य बीमा बाेर्डले ४ महिनामै गर्‍याे रु‍. ४ अर्बभन्दा बढी भुक्तानी

SPIL
NIC ASIA

काठमाण्डौं । स्वास्थ्य बीमावापतको दाबी भुक्तानी दिन ढिलाई गरेको आरोप निजी क्षेत्रका अस्पतालहरुबाट खेप्दै आएको स्वास्थ्य बीमा बोर्डले धमाधम दाबी फछ्र्यौट गर्न थालेको छ । बोर्डले चालू आर्थिक वर्षकाे चार महिनाभित्रमा तीन पटकमा ४ अर्ब ४० करोड रुपैयाँ दाबी भुक्तानी गरेकाे छ।

बोर्ड स‌ंचालक समितिको मंगलबार सम्पन्न बैठकले सात वटै प्रदेशका आवद्ध स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य उपचार खर्चको दाबीवापत १ अर्ब ७ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।बोर्डले गत भदौ र असोजमा स्वास्थ्य संस्थाहरुलाई पूर्ण र आंशिक दाबी वापत ३ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेकाे थियाे । गत असोज १४ गतेको बोर्ड संचालक समितिको बैठकको निर्णयको आधारमा दोश्रो सातवटै प्रदेश अन्तर्गतको कूल ३ सय ४३ वटा स्वास्थ्य सेवा प्रदायक संस्थालाई बोर्डले ६६ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

Prabhu
Crest

बोर्डसँग आवद्ध भएका सातवटै प्रदेश अन्तर्गतका कूल ३ सय ४८ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमितलाई स्वास्थ्य सेवा प्रदान गरेवापत लागेको खर्च रकमको सोधभर्ना गरिएको हो । बाेर्डका अनुसार सुदुर पश्चिमको सेती प्रादेशिक अस्पतालले १ करोड १३ लाख २४ हजार रुपैयाँ दाबी भुक्तानी पाएको छ । कर्णालीको सुर्खेत क्षेत्रिय अस्पतालले १ करोड ९४ लाख रुपैयाँ भुक्तानी पाएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई २ करोड ३६ लाख, देवदह शिक्षण अस्पताललाई २ करोड १ लाख रुपैयाँ भुक्तानी गरिएको बोर्डले जानकारी दिएको छ।

त्यसैगरी पश्चिम क्षेत्रिय अस्पताल पोखराले २ करोड २ करोड ७६ लाख ३४ हजार, गण्डकी मेडिकल कलेजले २ करोड १० लाख भुक्तानी पाएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई बोर्डले ४ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

यसैगरी काठमाण्डौं उपत्यकाभित्र त्रिवि शिक्षण अस्पताल महाराजगंजले १ करोड ३३ लाख ९४ हजार,हीद गंगालाल राष्ट्रिय मुटु केन्द्र अस्पतालले १ करोड ९९ लाख, वीर अस्पतालले २ करोड ३७ लाख भुक्तानी प्राप्त गरेको छ । भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रले १ करोड ४३ लाख, नेपाल कोरिया मैत्री अस्पतालले १ करोड ६६ लाख, ख्वप अस्पतालले १ करोड १६ लाख, भक्तपुर अस्पतालले १ करोड १३ लाख र काभ्रेको धुलिखेल अस्पतालले ३ करोड १ लाख रुपैयाँ दाबी भुक्तानीवापत प्राप्त गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS