IME Life

परम सद्विश्वास सिद्धान्तको औचित्य र अभ्यास, हाङमा सुब्बाको लेख

SPIL
NIC ASIA

बीमाका सिद्धान्तहरु मध्ये परम सद्विश्वास (Utmost Good Faith) पनि एक महत्वपुर्ण सिद्धान्त हो । परम सद्विश्वास भन्नाले बीमा गर्ने प्रस्तावक (बीमित) र बीमा कम्पनी (बीमक) दुवैको बीचमा एक अर्का प्रति विश्वास गर्नु र सत्य र मुलभुत तथ्यहरु एकले अर्कालाई जानकारी गराउने उत्तरदायित्व हो भन्ने बुझनु पर्दछ ।

परम सद्विश्वास र प्रस्तावित जोखिम

Prabhu
Crest

बीमा र जोखिमको अन्योन्याश्रित सम्बन्ध छ । जोखिम नभई बीमा हुदैंन र बीमा नभई जोखिम पनि हुदैंन । यस अर्थमा बीमा भन्नु नै जोखिम र जोखिमको हस्तान्तरण गर्नु हो ।

यसरी जोखिमलाई एक अर्कामा हस्तान्तरण गर्दै बीमा परिचालित हुने गर्दछ । जस्तो कि कुनै प्रस्तावक वा बीमितले आफनो जोखिमलाई बीमा कम्पनीलाई हस्तान्तरण गर्दछ भने बीमा कम्पनीहरुले पनि त्यस जोखिम मध्येको निश्चित जोखिम आफनो भागमा धारण गरेर बाकीं पुनबीमा मार्फत जोखिमको हस्तारण गर्ने परिपाटी छ र बीमा यसरी नै परिचालित हुने गर्दछ ।

प्रस्तावक (बीमित) ले आफनो बीमा गर्न लागेको सम्पत्तिको जोखिमका बारेमा बीमा कम्पनीलाई सत्य तथ्य विवरण उपलब्ध गराउनु उसको कर्तव्य हो । बीमक (बीमा कम्पनी)ले पनि आफनो ग्राहक वा बीमितलाई जोखिम र बीमाबारे जानकारी गराउनु उनको दायित्वभित्र पर्दछ ।

बीमकले ग्राहक वा प्रस्तावकबाट जोखिमबारे सम्पुर्ण जानकारी प्राप्त गरेमा उक्त जोखिमलाई मुल्याकंन गरि जोखिमलाई अझ कम जोखिम कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रस्तावक वा बीमितलाई सहयोग पुयाउन सक्दछ ।

बीमा दुई पक्ष बीचको करार भएकोले प्रस्ताव फाराम र बीमालेख, सम्पुष्टी तथा अन्य लिखित कागजातहरु यसका आधारमा हुने गर्दछ । यसै कारणले दुवै पक्षले राम्ररी बुझेर मात्र बीमा गर्नु आजको आवश्यकता हो । यो परम सद्विश्वासको आधार बीमा अवधि भरि नै कायम रहन्छ ।

परम सद्विस्वास र दावी

परम सद्विश्वासको सिद्धान्त मात्र प्रस्ताव फाराम र बीमालेखमा मात्र सिमित रहदैन । यो दावीको समयमा पनि उत्तिकै आवश्यक पर्दछ । दावीकर्ताले आफुले बीमा गरेको सम्पत्ति क्षति भएमा सत्य तथ्य सहित वास्तविक क्षतिको विवरण जति सक्दो चाडों बीमकलाई उपलब्ध गराउनु पर्दछ । र दावी फछर्यौट नभए सम्म बीमकलाई उक्त दावी फछर्यौटका लागि आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्नु दावीकर्ताको दायित्व हो ।

दावी प्रकृया छिटो छरितो अघि बढनका लागि बीमित अथवा दावीकर्ताले आवश्यक सहयोग बीमकलाई गर्नु उनको दायित्व हो भने बीमकले पनि सरल र सहज रुपमा समयमा नै दावी भुक्तानी गर्नु उनको कर्तव्य हो । यसरी दावीकर्ता र बीमक बीच परम सद्विश्वासको आवश्यकता दावीको समयमा पनि आवश्यक छ ।

परम सद्विश्वासको औचत्य

यसरी दुवैले आ-आफनो दायित्व निर्वाह गर्ने हो भने कुनै पनि असन्तुष्टी अथवा झन्झट नै हुदैन । यद्धपी बीमा व्यवसायलाई गतिशिल बनाउन अरु कारक तत्वहरु पनि होलान । तर यहां माथि उल्लेख गरे बमोजिम परम सद्विश्वासको कुरा गर्दा जति सजिलो र सरल छ व्यहारमा उत्तिकै गाह्रो र जटिल विषय पनि छ ।

बीमा भनेको नै जोखिम र जोखिमको व्यवस्थापन हो । जोखिम भन्दा पनि जोखिम व्यवस्थापन सबैभन्दा चुनौतीपुर्ण कार्य हो । तसर्थ जोखिमको सही तरिकाले व्यवस्थापन गर्दै लैजानु पर्दछ र यसका लागि गर्न पर्ने कार्यहरु धेरै छन् होलान, ती मध्येको महत्वपुर्ण कार्य भनेको बारम्बार उठिरहने विषय कर्मचारीहरुको दक्षता हो ।

आधारभुत कुरा गर्ने हो भने अभिकर्ता तथा बजार विभागका साथीहरुले प्रोडक्टका बारेमा जानकारी राख्न अति आवश्यक छ र यसका लागि अध्ययनशील हुन जरुरी छ त्यस्तै दावीको समयमा बढी सवेंदनशील हुन आवश्यक छ ।

त्यस्तै जोखिमाकंन विभागका कर्मचारीहरुलाई प्राप्त हुने प्रस्तावित जोखिमका बारेमा जानकारी हुन आवश्यक छ । जोखिमाकंन विभागको भुमिका मुख्य रुपमा देखा पर्दछ । बीमालेख जारी गर्नु मात्रमा सिमित रहनु हुदैन । गलत बीमालेखले भोलिका दिनमा क्षति भएको खण्डमा दावी भुक्तान गर्नु पर्ने अवस्था श्रृजना हुन्छ ।

तसर्थ प्रस्तावित जोखिमले कति सम्मको असर (Magnitude) पर्दछ र दावीको समयमा कस्ता कस्ता अवस्थाहरु आउदछ त्यसको आकंलन गर्ने, जानकारी राख्ने गरेमा धेरै राम्रो हुनेछ ।

एवमं रितले दावी विभागमा कार्यरत कर्मचारीले पनि दावी फारामदेखि लिएर दावी प्रकृया समेतमा अभ्यस्त हुनु पर्दछ । दावी प्रकृयालाई सरल बनाउन समय समयमा रिभ्यु गर्न जरुरी हुन्छ । त्यस्तै कुनै दावी अस्वीकार गर्नु परेमा अस्वीकार गर्नुपर्ने आधारहरुलाई स्पष्ट उल्लेख गर्नु जरुरी छ । त्यस्तै क्षतिको समयमा बीमित आर्थिक र मानसिक तनावमा स्वभाविक रुपमा हुने गर्छन त्यस समयमा दावीकर्तालाई कसरी संवेदनशील भई सयंमित व्यवहार गर्ने जस्ता हेर्दा सानातिना लाग्ने कुराहरुको पनि ख्याल राख्न जरुरी हुन्छ ।

बीमाको मुल मन्त्र भनेको नै बीमाले वास्तविक क्षतीको मात्र दावी भुक्तान गर्दछ भन्ने सन्देश दिन अति आवश्यक छ । झुठो दावी (Fraudulent claims) हुने अवस्थाको पहिचान गर्न सक्ने हुन पर्दछ । यस प्रकारका आर्थिक अपराधलाई रोक्न सक्ने क्षमताको विकाश हुन जरुरी छ ।

यसले पार्ने अर्को महत्वपुर्ण असर भनेको बीमादरमा (बीमाशुल्क) हो । यस्ता प्रकारका गलत अभ्यासलाई रोक्न जरुरी छ । यसको असर बीमादरमा पर्दछ र बीमादर महंगो हुन जान्छ ।

बीमाका जति पनि प्रोडक्टहरु हुन्छन त्यसमा दावीको अनुपात, म्यानेजमेन्ट खर्च आदिको बिश्लेषण गरि बीमादर निकाल्ने गरिन्छ र यही बीमादर (बीमाशुल्क) बीमा कम्पनीको प्रमुख आयस्रोत हुने गर्दछ ।

तर झुठो दावी, वास्तविक भन्दा बढी दावी ले गर्दा बीमादर महगों हुन जान्छ । समग्रमा भन्दा बीमादर बढी भएमा आम मानिसमा बीमा प्रति नकरात्मकता बढन जान्छ र आवश्यकता नभई बीमा नगर्ने प्रवृत्ति रहि नै रहेमा बीमा व्यवसायको विकासमा यसको गहिरो असर पर्दछ ।

तसर्थ यि तथ्यहरुलाई केलाउदा बीमा कम्पनीमा सिक्ने र सिकाउने संस्कारको अझ अभिवृद्धी हुन जरुरी छ । अनुभवी कर्मचारीहरुले आफनो ज्ञान, अनुभव आफना सहकर्मीलाई सिकाउने, सिक्ने वातावरण बनाइ दिने भएमा व्यवहारिक ज्ञानले कर्मचारीको वृत्ति विकासमा निसन्देह सहयोग पुयाउछ । युवापुस्ता जो बीमा पेशामा आबद्ध छन उनीहरुले पनि थोरै ज्ञान हासिल गर्दै मा बीमा विषयमा बिज्ञता हासिल गरे भन्ने भ्रम त्याग्न पदर्छ । बीमा विषय नै जोखिमसंग सम्बन्धित भएकोले समय र अवस्था अनुरुप जोखिमहरु पनि विभिन्न रुपमा देखा पर्दछ र र यस विषयमा जति नै ज्ञान हासिल गरे पनि पुर्णता नहुने हाम्रा विद्धान अग्रजहरुले भन्दै आएका छन् ।

यस दृष्टिकोणले समिक्षा गर्दा बीमा व्यवसायको आकार बढे सगैं बीमा पेशाकर्मीहरुको कार्य दक्षता तथा सम्पादन, मुल्याकंनका आधारहरुको समष्टिगत कार्यविधी लाई प्राथमिकतामा राख्न जरुरी भैसकेको अवस्था छ ।

कानुनी व्यवस्था

बीमा ऐन २०७९ मा कारवाही, दण्ड, सजाय र जरिवानको व्यवस्था उल्लेख छ ।  साथै उल्लेखित बमोजिम हेलचक्रयाई, बदनियत, गलत कार्य गर्ने त्यस्तै बीमा ठगी गर्ने कार्यका लागि दण्ड सजायको व्यवस्था छ । यस अनुरुप गलत कार्य गर्ने कर्मचारीह्रु वा बीमा सगं आबद्ध जो कोहीले पनि उन्मुक्ति पाउने अवस्था छैन ।

पेशागत दक्षता आफु र आफना सहकर्मी सबैमा भएन भने मुद्दा मामिला, दण्ड, सजाय, जरिवानामा मात्र हाम्रो समय व्यतित हुनेछ । तसर्थ बीमा व्यवसाय तथा यसमा आबद्ध कर्मचारीहरुको गुणात्मक र परिणात्मक प्रवृत्तिको विकास गर्न आजको अपरिहार्यता हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS