IME Life

जागिरभन्दा अभिकर्ता पेशा सयौं गुणा ठिक लाग्छ निरा अवस्थिलाई

SPIL
NIC ASIA

काठमाडौं । उच्च शिक्षा अध्ययन सकेपछि जागिर खाने योजना हर कोहिमा हुन्छ । यस्तै योजना बोकेकी महेन्द्रनगरकी निरा अवस्थि बैंकमा जागिर खाने योजनामा थिइन् । उनले आफ्नो योजना अनुरुप प्लस टु सकेसँगै एनआइसी एसिया बैंकमा इन्टर्नसिप गर्न काठमाडौं आइन् । तर, बैंकमा जागिर खाने सपना बोकेकी निराले इन्टर्नसिपपछि जागिर नै सुरु गरिनन् । सुरु गरिन् त बीमा अभिकर्ता पेशा ।

विवाहित निरा एक सन्तानकी आमा पनि हुन् । स्नातक तहको अन्तिम वर्षको परिक्षा सकाएर बसेकी निरा घरमै बसी बसी राम्रो आम्दानी गर्छिन् । उनी एक सफल बीमा अभिकर्ताको रुपमा स्थापित भएकि छिन् । घरपरिवार, सन्तानसँगै बसेर आम्दानी गर्न पाउने भएकोले उनलाई यो पेशा अति नै उत्तम लागेको निरा बताउँछिन् । जागिर खाएर सबल बन्ने उनको योजना एकाएक मोडियो । जुन उनको लागि जीवनकै सबैभन्दा उपयुक्त निर्णय साबित भयो । उनको यो निर्णयप्रति उनी मात्र होइन उनका श्रीमान् पनि खुशी छन् ।

Prabhu
Crest

निराले गग वर्षको भदौ महिनादेखि सक्रिय रुपमा अभिकर्ता पेशालाई अगाडी बढाएकी थिइन् । त्यसअघि पनि उनलाई यो पेशामा लाग्न नाताले मामा पर्ने चुँडामणी पन्तले पटक पटक सु्झाव दिएका थिए । तर निराले यो कुरालाइै खासै वास्ता गरिनन् । उनै मामा पर्ने पन्तले निराको एसियन लाइफ इन्सोरेन्स कम्पनीमा बीमा गराइदिएका थिए । सुरुवाती समयमै निराको ५ लाख रुपैयाँको बीमा गराएपछि विस्तारै उनलाई यसबारे जान्ने उत्सुक्ता जाग्यो । करिब ६/७ महिनापछि उनले यहि पेशामा लाग्ने निर्णय गरेको उनी बताउँछिन् ।

जब निराले महेन्द्रनगरस्थिर एसियन लाइफको ब्रान्च मार्फत अभिकर्ता पेशामा लाग्ने निर्णय गरिन् र सक्रियता बढाइन् । उनले आफ्नो बीमा गरे लगत्तै अभिकर्ता पेशामा किन लागिएन भन्ने भान भएको उनी सुनाउँछिन् । उक्त समय उनले खेरा फालेको भन्ने लाग्छ उनलाई । बीमाको महत्वलाई बुझेपछि सक्रिय बनेकी निराले आफ्नो परिवारको मात्र नभई आफन्त र छरछिमेकमा समेत बीमाको चेतना फैलाइसकेकी छिन् । धेरै जसो छिमेकीको बीमा गराउन सफल पनि भएकी छिन् । उनको यो कामले एकातिर छिमेकी आफन्तलाई भविष्यमा आइपर्ने आर्थिक जोखिमबाट मुक्त गरेकी छिन् भने उनी आफूलाई आर्थिक रुपमा सक्षम बनाउन सफल बनेकी छिन् ।

निराले यो पेशामा लागेको १ वर्ष वितिसकेको छ । यो अवधिमा न त उनले घरपरिवार छोडेर हिड्न परेको छ, न त आफ्नो काखे बालकलाई नै टाढाँ राख्न परेको छ । घरमै बसी बसी फोन मार्फत बीमाको महत्वको बारेमा जानकारी दिने र पोलिसी बिक्रि गर्ने गरेको उनी बताउच्छिन् । कुनै समय जागिर खान पाए हुने भन्ने हुटहुटी बोकेकी उनलाई जागिरभन्दा अभिकर्ता पेशा सयौं गुणा उत्तम लाग्ने गरेको छ ।

निराले एक वर्षको अवधिमा करिब ५० जनाभन्दा बढीको बीमा गराउन सफल भएकी छिन् । जसमा उनले १० लाखभन्दा बढी प्रिमियम संकलन गर्दै आएकी छिन् । उनको यो सक्रियताकै कारण रिजनल क्लव मेम्बरको उपाधि समेत हाँसिल गर्न सफल बनेकी छिन् । उनले बीमा बारे एक पटक लिएको तालिमकै आधारमा यति धेरै सफलता हाँसिल गरेकी छिन् । आगामी दिनमा थप तालिम सहित आफूलाई योग्य बनाउने योजनामा छिन् उनी ।

घरपरिवार, बालबच्चासँगै आफूलाई आर्थिक रुपमा सक्षम बन्न चाहने हरकोही महिला दिदीबहिनीलाई यो पेशामा संलग्न हुन उनी सुझाव दिन्छिन् । बीमाको ज्ञान भएमा घरमै बसेर पोलिसी बितरण गर्न सकिने हुँदा धेरै सरल र सजिलो पेशा भएकोले हरकोही इच्छुकलाई यो पेशामा आवद्ध हुन उनी सुझाउँछिन् । उनी आफैपनि जागिरमा होमिन हिँडेकी तर जागिरभन्दा सजिलो पेशा भएकोले आफू जस्तै महिला दिदीबहिनीलाई यो पेशा अंगाल्न सल्लाह दिन्छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

7%

दु :खी

11%

अचम्मित

19%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS