IME Life

नेपाल पुनर्बीमा कम्पनीको पूँजी कम्तीमा २५ अर्व पु-याउनुपर्छः शंकरकुमार रायमाझीसँगको अन्तर्वार्ता

SPIL
NIC ASIA

जोखिम मापनको आधारमा पूँजीको व्यवस्था गर्नुपर्छ । ग्लोवल वार्मिङ र क्लाइमेट चेञ्जले जोखिमको मात्रा बढाइरहेको छ । त्यस कारण कम्पनीको पूँजी कम्तीमा रू २५ अर्ब पु-याइहाल्नु पर्ने अवस्था देखिन्छ । कम्पनीले नाफाको आधारमा दिने लाभाशंले मात्र यो सम्भव छैन । हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्नु पर्नेछ । यसै सन्दर्भमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी सँगको अन्तर्वार्ता :

कम्पनीको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको कुराकानीमा आधारित विचारहरू

Prabhu
Crest

सर्वप्रथम नेपाल पुनर्बीमा कम्पनीका वारेमा सङ्क्षिप्तमा प्रकाश पारि दिनु हुन्छ कि ?

तत्कालीन समयमा नेपाल भित्रको आतंकवादसँग सम्बन्धित जोखिमहरू बढेको भन्दै विदेशी पुनर्बीमा कम्पनीहरू जोखिम स्वीकार गर्न ईच्छुक नभएका कारण नेपाल भित्रै उक्त जोखिमहरू बहन गर्ने उद्देश्यले वि.सं २०६० असोज ३० गतेमा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरूको संयुक्त लगानीमा आकस्मिक बीमा कोषको स्थापना भएको थियो । बर्सेनि पुनर्बीमा बापत लाखौं रकम नेपाल बाहिर जाने गरेको तथ्यलाई हृदयङ्गम गरी नेपालमै पुनर्बीमा कम्पनी स्थापना गर्ने सोच बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्ले २०७१ साउन २२ मा आकस्मिक बीमा कोषको समेत परिचालन गर्ने गरी नेपालमै पुनर्बीमा कम्पनी स्थापना गर्ने निर्णय ग¥यो । सोही अनुरुप वि.सं २०७१ कार्तिक २१ गतेमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई बीमा समितिबाट २०७१ पुस २४ गते कारोवार संचालन गर्ने इजाजत पत्र प्राप्त गरी नेपाल पुनर्बीमा कम्पनीको स्थापना र संचालन भएको हो ।

आकस्मिक बीमा कोषको सबै हक, अधिकार सम्पत्ति, दायित्व र कर्मचारी पुनर्बीमा कम्पनीमा सरेको छ । यस कम्पनीको स्थापना र परिकल्पना सार्वजनिक, निजी र साझेदारीको अवधारणा बमोजिम भएको हो । हाल यस कम्पनीले नेपाल लगायत विश्वका बिभिन्न मुलुकका बीमा कम्पनीसंग कारोवार गर्दै आइरहेको छ ।

नेपालको प्रथम पुनर्बीमा कम्पनीका रूपमा यस कम्पनीले बिगत ७÷८ वर्ष देखि कारोवार गर्दै आइरहेको छ । यस कम्पनीको मुख्य मुख्य समस्याहरू के के पाउनु भयो ?
नेपालमा बीमाको सुरुवाती चरणमा भारतीय बीमा कम्पनीहरूको वाहुल्यता रहेको तथ्य हामी सबैमाझ जगजाहेर नै छ । देशको बैंकिङ क्षेत्रभन्दा करिव १० वर्ष मात्र कान्छो क्षेत्रको रूपमा रहेको बीमा क्षेत्र र बैंकिङ क्षेत्रको विकासलाई तुलना गर्दा यी दुई क्षेत्र बीच गहिरो खाडल रहेको प्रष्ट छ । बैंकिङ क्षेत्रले अर्थतन्त्रका बिभिन्न आयामसँग प्रत्यक्ष सम्बन्ध राख्दछ भने बीमा क्षेत्र र अर्थतन्त्रका अन्य क्षेत्रको सम्बन्ध पनि अत्यन्तै सम्बेदनशील र महत्वपूर्ण रहेको हुन्छ । बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्दछ भने बीमा क्षेत्रले अन्य क्षेत्रलाई सुरक्षा प्रदान गर्दै ढुक्कसँग कारोवार गर्न सक्ने अवस्थाको यकिन गराउँदछ । यसरी हेर्दा बीमा क्षेत्र अर्थतन्त्रको संवेदनशील अंग भए तापनि यस क्षेत्र अझै पनि बैंकिङ जतिको आधुनिकिकृत हुन सकेको छैन ।

कम्पनीका मुख्य मुख्य समस्याहरू कम्पनीका निमित्त आवश्यकं विज्ञ एव दक्ष जनशक्ती नहुनु, अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर नहुनु, कम्पनीको अन्तर्राष्ट्रिय स्तरको रेटिङ नहुनु, भवन निर्माण समयमै गर्न नसकिनु, पर्याप्त पूँजी नहुनु, संचालक समितिको नेतृत्व परिवर्तन भइरहनु, सरकार संरक्षित एवं प्रवद्र्वित यस कम्पनीको व्यवसाय हालमा आएर नियामक निकाय बीमा समितिद्वारा कटौती गरिनु प्रमुख समस्या एवं चुनौतीका रूपमा उपस्थित छन्।

यस कम्पनीको व्यवसाय नियामक निकाय बीमा समितिद्वारा कटौती गरिनु प्रमुख समस्या र चुनौतीका रूपमा उपस्थित भएको उल्लेख गर्नु भयो । यसले कम्पनीको व्यवसायमा के कस्तो असर पु-याउँदैछ ?
जुनसुकै व्यक्तिलाई पनि आफ्नो सम्पत्तिको रक्षा गर्ने र त्यसको बढोत्तरी गर्ने हक हुन्छ । त्यही कुरा कम्पनीको हकमा पनि लागू हुन्छ । प्राकृतिक न्यायका सिद्धान्त र कानुनका शासनले यही भन्छ । हाम्रो यस कम्पनीमा नेपाल सरकारको लगानी ४४.०४ प्रतिशत रहेको छ । सरकारी लगानी समेतमा स्थापित एवं संचालित यस कम्पनीको व्यवसाय पहिले सरकारद्वारा विशेष व्यवस्था गरि संरक्षित एवं प्रवद्र्वित थियो । यस कार्यलाई निरन्तरता दिइनु पर्नेमा बीमा समितिका अनेकन निर्देशनहरूले कम्पनीका व्यवसायमा कटौती हुन गई व्यवसायिक वृद्धिमा नकारात्मक असर पर्न गएको वा जाने सुस्पष्ट छ । यस कार्यले हाम्रा लेखाजोखा–हिसाव किताव अनुसार कम्पनीको वार्षिक आय घटिमा ४ अर्व घटन जाने देखिन्छ । यस अतिरिक्त सो कार्यले यस कम्पनी लगायत नेपालको बीमा उद्योग वा सवै बीमा कम्पनीहरू र सरकार समेतलाई अनेकन समस्या र चुनौतीहरू थपिदिएको छ ।

त्यसो हो भने नेपाल सरकारको आफ्नै कम्पनीको व्यवसाय संरक्षण एवं प्रवद्र्धन गर्न कम्पनी के के गर्दै छ त ?
२०७८ मंसिरवाट सुनियोजित रूपले यस कम्पनीको व्यवसाय कटौती गर्ने कार्यको थालनी भएको हो । त्यसयता व्यवसाय संरक्षण गर्न स्वयं बीमा समिति र नेपाल सरकार अर्थ मन्त्रालयलाई पटक पटक पत्राचार एवं अनुरोध भएका छन् । कम्पनीको संचालक समितिको मिति २०७९ कार्तिक १ गतेको निर्णयानुसार समेत सरकारको आफ्नै कम्पनीको व्यवसाय संरक्षण गरि दिनु हुन भनि मिति २०७९ कार्तिक १६ गते पत्राचार मार्फत समेत नेपाल सरकार अर्थ मन्त्रालयलाई कम्पनीका तर्फवाट अनुरोध गरिएको छ ।

नेपाल सरकारले आफ्नै कम्पनीको व्यवसाय संरक्षण गरिदिन्छ भन्नेमा तपाई विश्वस्त हुनु हुन्छ कि हुनु हुन्न ?
म पुर्ण विश्वस्त छु । यसो गर्नु सरकार स्वयंको परम दायित्व पनि हो । नेपाल सरकारले आफ्नै लगानीमा स्थापना गरि संचालन गरेको यस कम्पनीको व्यवसाय संरक्षण गर्ने छ र पवित्र राष्ट्रिय स्वर्थको संरक्षण एवं प्रवद्र्धन समेत गर्नेछ ।

तपाईं नेपालको बैंकिङ क्षेत्रको लामो अनुभव सहित यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुभयो । बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा के कस्तो भिन्नता पाउनु भयो ? आफ्नो अनुभव बताईदिनु हुन्छ कि ।
तीन दशक बैंकिङ क्षेत्रमा ब्यतित गरेर यस बीमा क्षेत्रलाई कर्म थलो बनाउँदा मैले पाएका भिन्नताहरुको वारेमा भन्नु पर्दा नेपालको बैंकिङ क्षेत्र बीमा क्षेत्र भन्दा १० वर्ष पुरानो भएता पनि परिपक्वताको आधारमा भन्ने हो भने बैंकिङ क्षेत्र धेरै अगाडि रहेको देखिन्छ । वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन समेत गरिएकाले बैंकिङ क्षेत्रमा अत्यन्तै सकारात्मक प्रभाव प¥यो । बैंकिङ क्षेत्र भन्दा बीमा क्षेत्र पछाडि रहेको छ । बीमा क्षेत्रको उन्नति एवं प्रगतिका लागि नेपाल सरकार, नियामक निकाय लगायत सम्पूर्ण क्षेत्रको योगदान महत्वपूर्ण रहनेछ र आगामी दिनमा यस क्षेत्रको गुणात्मक र परिमाणात्मक विकास हुनेमा विश्वास गर्न सकिन्छ ।

हिजोका दिनसम्ममा नेपाली पुनर्बीमा वजारमा एकल संस्थाको ?पमा रहेको यस कम्पनीले अव प्रतिस्पर्धी समेतको आगमन भई सकेको अवस्थामा के कसरी आफ्ना कार्यहरू अघि वढाउने रणनीति रहेको छ ? संक्षेपमा बताई दिनु हुन्छ कि ?
दुबै कम्पनीले पुनर्बीमा व्यवसाय गर्ने हो फरक यति मात्र हो । हाम्रो कम्पनीमा सरकारको अधिक सेयर स्वामित्व रहेको छ । निजी क्षेत्रको लगानीमा स्थापित प्रतिस्पर्धी कम्पनी सरकारी कम्पनीको नाफामूलक व्यवसाय खोस्न स्थापित भए जस्तो देखिन आएको छ । अधिकांश बीमा कम्पनीरूको लगानी रहेको यस कम्पनीले आफ्नो व्यवसायलाई अगाडि बढाउँदै एशिया महादेशमै एक सबल, गुणस्तरीय र प्रभावकारी पुनर्बीमा कम्पनी बन्ने रणनीति लिइएको छ ।

पुनर्बीमा बजार कहिले पनि राष्ट्रको हँुदैन, यो सदैव अन्तर्राष्ट्रिय हुन्छ भन्ने गरिन्छ, यस सम्बन्धमा नेपाल पुनर्बीमा कम्पनी लि. ले अन्तर्राष्ट्रिय बजारमा के कसरी आफ्नो उपस्थिति जनाएको छ ? यसरी अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा कारोवार गर्नु पर्दा यस कम्पनीले के कस्ता चुनौतिहरूको सामना गर्नु परेको छ र आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा परिस्कृत रूपमा कारोवार गर्न के कस्तो रणनीति लिनु पर्ने हुन्छ ?
निश्चय नै पुनर्बीमामा बीमाको चक्र निकै लामो हुने गर्दछ । एउटा कम्पनीले स्वीकार गरेको पुनर्बीमा अर्को पुनर्बीमा कम्पनीमा रेट्रोसेशन गर्ने भएकाले रेट्रोशेसनको चक्कर एउटा देश वा महादेशमा मात्र सीमित हुँदैन, यो विश्वव्यापी रूपमा फैलिएको हुन्छ । नेपाल पुनर्बीमा कम्पनीले आफूले स्वीकार गरेको जोखिम मध्ये आफ्नो खुद धारण क्षमताले भ्याए सम्मको जोखिम आफूसँग राखेर बाँकी जोखिमको रेट्रोसेशन मार्फत जोखिम न्यूनीकरण गर्ने गरेको छ । यसरी जोखिम स्वीकार गर्ने र जोखिम व्यवस्थापन गर्ने वीचको तालमेल नै पुनर्बीमा कम्पनीको मुख्य चुनौतिको रूपमा रहेको हुन्छ । अन्तर्राष्ट्रिय बजार मार्फत सस्तो पुनर्बीमा व्यवसाय प्राप्त गर्न केही प्राविधिक शर्तहरू पूरा गर्नु पर्ने हुन्छ जुन हामी एक्लैले गर्न सक्ने अवस्था हुँदैन ।

जस्तो कि हाम्रो कम्पनीको अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी मार्फत रेटिङ गराउनु पर्नेछ त्यसको लागि सर्वप्रथम देशकै जोखिमका आधारमा रेटिङ हुन आवश्यक छ जुन हामीले गर्ने हैन । यो भयो भने हामीले अन्तर्राष्ट्रिय बजारबाट सस्तो पुनर्बीमा पाउने सम्भावना रहन्छ । यसका अतिरिक्त सबल, सक्षम, प्रविधिक ?पले दक्ष जनशक्तिको आपूर्ति, अन्तर्राष्ट्रिय स्तरको प्रभावकारी सफ्टवेयरको खरिद र कार्यान्वयन, अन्तर्राष्ट्रिय रूपमा कम्पनीको रेटिङ गरि गराई कारोवार बढाउने रणनीति लिइएको छ ।

२०७९ भदौ ३० मा सातौ साधरण सभा सम्पन गर्नुभयो । चुक्ता पूँजी १२ अर्व २३ करोड २५ लाख पुग्यो । के यो पूँजी पर्याप्त हो ?
होइन् । जोखिम मापनको आधारमा पूँजीको व्यवस्था गर्नुपर्छ । ग्लोवल वार्मिङ र क्लाइमेट चेञ्जले जोखिमको मात्रा बढाइरहेको छ । त्यस कारण मेरा निजी विचारमा कम्पनीको पूँजी कम्तीमा रू २५ अर्ब पु-याइहाल्नु पर्ने अवस्था देखिन्छ । कम्पनीले नाफाको आधारमा दिने लाभाशंले मात्र यो सम्भव छैन । हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्नु पर्नेछ ।

कम्पनी २०७१ सालमा स्थापित भए तापनि कम्पनीका निमित्त नभई नहुने दिग्दर्शन र कार्यविधिहरु रहेनछन् । कम्पनीका लागि आवश्यक दिग्दर्शन र कार्यविधि निर्माण गर्ने कार्य कत्तिको चुनौतिपूर्ण रह्यो ?
निकै नै चुनौतीपूर्ण रह्यो । निश्चय नै कम्पनी नयाँ भएकोले निक्कै कार्यविधि तथा दिग्दर्शन निर्माण गर्न बाँकी नै थिए । यसको अभावमा दैनिक कार्य सम्पादन मै प्रतिकूल असर पर्ने भएकोले मेरो नियुक्ति भइसकेपछि गत आर्थिक वर्ष २०७८/७९ मा निर्जीवन दाबी दिग्दर्शन २०७८, जीवन दाबी दिग्दर्शन–२०७८, निर्जीवन बीमा अण्डरराईटिङ्ग दिग्दर्शन–२०७८, जीवन बीमा अण्डरराईटिङ्ग दिग्दर्शन–२०७८, पुनर्बीमा दिग्दर्शन–२०७९, शोधवृत्ति संचालन कार्यविधि–२०७८, बजारीकरण दिग्दर्शन–२०७९, कर्मचारी कल्याण कोष संचालन कार्यविधि–२०७९, कर्मचारी कल्याणकारी कोष संचालन कार्यविधि–२०७९, श्रेणी विहिन कर्मचारी स्तरवृद्घि सम्बन्धी कार्यविधि–२०७९, बनाइएका छन्। यी दिग्र्दशनहरू अनुरूप व्यवसाय संचालन गर्ने कार्यभारलाई कम्पनीले पुरा गर्दै जानु पर्ने छ ।

बीमा समितिले आ.व.२०७८/७९ लाई दाबी भुक्तानी वर्ष मनाउने भनी घोषणा ग-यो । गत आ.व.मा यस कम्पनीले के कति रकम दाबी भुक्तानी ग-यो ?
बीमा व्यवसायमा समयमै दावी भुक्तानी गर्नु सबै भन्दा सुन्दर पक्ष हो । कम्पनीको इतिहासमा गत आर्थिक वर्ष यस कम्पनीले सर्वाधिक दाबी भुक्तानी ग¥यो । यस आर्थिक वर्षमा कम्पनी स्वयंको निर्णयले झण्डै झण्डै डेढ अर्व भुक्तानी गरिएको छ भने यस कम्पनीको तर्फबाट बीमा कम्पनीहरूले गरेको भुक्तानीलाई गणना गर्दा करिव पाँच अर्व भन्दा बढी भुक्तानी गरिएको छ ।

कम्पनीको उज्वल भविष्यको लागि दक्ष मानव संसाधन आवश्यक पर्छ । कम्पनीमा कर्मचारी भर्ना, तालिम र विकासलाईं तपार्इंको कार्यकालमा के कसरी अघि बढाउँदै हुनुहुन्छ ?
कर्मचारी संघ/संस्थाका निमित्त मुटु हुन् । एउटा संस्थालाई जीवन्त राखिराख्न, उन्नति प्रगति पथमा अगाडि बढिरहन नियमित रूपमा कर्मचारी भर्ना, तालीम र विकासका कार्यक्रम गरिरहनु पर्दछ । म यस कम्पनीमा आइसके पछि पहिलो पटक लोक सेवा आयोगबाट दसौं तह देखि पाँचौ तह सम्मका जनशक्तिको स्थायी पदपूर्ति गर्न मिति २०७६/११/३० मा विज्ञापन गरियो । तर त्यही समयमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारणले सरकारले बन्दाबन्दी घोषण गरेपछि झण्डै २ वर्ष पदपूर्तिको प्रकृया रोकियो ।

गत एकै आर्थिक वर्षमा २ लटमा कर्मचरी भर्ना गरियो । नव आगन्तुक कर्मचारीलाई इस्योरेन्स इस्टिच्यूटको संलग्नतामा १ महिने सेवा प्रवेश तालिम समेत प्रदान ग-यौं । अन्य स्वदेशी तथा विदेशी तालिमहरूमा पनि कर्मचारीहरूलाई सहभागी गराई क्षमता अभिवृद्धिको कार्य गरिएको छ । कर्मचारी भर्ना गर्ने, उनीहरूलाई तालिम दिने र विकसित गर्दै जाने कार्य जीवन्त संगठनका निमित्त नियमित कार्य हुन् यी कार्य निरन्तर गरिन्छन् दक्ष मानव पूँजी निर्माण मार्फत प्रभावकारी सेवा प्रवाह गर्न कम्पनी सचेत छ ।

यहाँको कार्यकालमा कम्पनीको पुनर्बीमा व्यवसायमा वृद्धि कस्तो रहेको छ यस बारेमा प्रकाश पारि दिनु हुन्छ कि ?
यस कम्पनीले सुरुवात देखि नै नेपाल लगायत विश्वका बिभिन्न मुलुकका बीमा कम्पनीहरुसँग पुनर्बीमा कारोवार गर्दै आइरहेको छ । कम्पनीको विगत ३ आ.ब.को पुनर्बीमा शुल्क बृद्धि क्रमश आ.ब. २०७६/७७ मा १६ प्रतिशत, आ.ब. २०७७/७८ मा ३२ प्रतिशत र गत आ.ब. २०७८/७९ मा करिव २० प्रतिशत बृद्धि गरेको छ । साथै पुनर्बीमा कम्पनीको मुख्य व्यवसायको श्रोत भनेको ट्रिटि व्यवसाय हो र यस कम्पनीले आ.ब. २०७६/७७ मा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरू मध्ये ६ वटा बीमा कम्पनीसँग ट्रिटि व्यवसायमा सहभागिता गरेकोमा आ.ब. २०७७/७८ मा १० वटा, आ.ब. २०७८/७९ मा ११ वटा र चालु आ.ब. मा १८ वटा कम्पनीसंँग ट्रिटि व्यवसाय प्राप्तिको सम्झौता गरेको छ । यस्तै चालु आ.ब. बाट कम्पनीले मोटर पोर्टफोलियोको अगुवा पुनर्बीमकका रुपमा १० वटा कम्पनीको पुनर्बीमा व्यवसाय प्राप्त गरि प्रगतिपथमा अगाडि बढेको छ ।

अन्त्यमा केही भन्नु हुन्छ कि ?
यो कम्पनी स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षम प्रवेश गर्दैछ । यस अवसरमा म नेपाल सरकार, अर्थ मन्त्रालय, नियामक बीमा समिति, शेयर सदस्य महानुभावहरु, व्यवसायिक सहयात्री, स्वदेश तथा विदेशका बीमा विज्ञहरु, यस कम्पनी प्रति प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्ने अनेकन संघ संस्थाहरु, कर्मचारीह? प्रति यस कम्पनीलाई आजको उपलब्धिमुलका अवस्थासम्म ल्याई पु¥याउन सहयोग पु¥याउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै नवौं वार्षिकोत्सवको उपलक्ष्मा शुभकामना समेत व्यक्त गर्न चाहान्छु ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS