IME Life

सामाजिक सुरक्षा कोषमा करिब रु‍. २५ अर्ब जम्मा, याेगदानकर्ताले दुर्घटना सुरक्षावापत पाए रु‍. ३ कराेड

SPIL
NIC ASIA

काठमाण्डौं । सामाजिक सुरक्षा कोषमा करिब २५ अर्ब रुपैयाँ योगदानकर्ता संस्था र कर्मचारीबाट संकलन भएको छ । कोषमा आबद्ध १७ हजार ४ सय ३१ संस्था र ३ लाख ७१ हजार व्यक्तिगत योगदानकर्ताबाट कूल २४ अर्ब ८३ करोड रुपैयाँ संकलन भएको हो ।

कोषका अनुसार कात्तिक १३ गतेसम्ममा संकलित रकममध्ये वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत सर्वाधिक १६ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको छ । यो कूल संकलित रकमको ६६ प्रतिशत हो ।

Prabhu
Crest

कोषले सार्वजनिक गरेको तथ्यांक अनुसार वृद्ध अवस्था सुरक्षा योजना बाहेक साधारण अवकाश कोष अन्तर्गत दोश्रो ठूलो रकम संकलित छ । यस अन्तर्गत ४ अर्ब ८५ करोड रुपैयाँ संकलन गरिएको छ । तेश्रो ठूलो योगदानमा दुर्घटना तथा अशक्ता सुरक्षा योजना अन्तर्गत १ अर्ब ५ करोड रुपैयाँ संकलन भएको कोषले जानकारी दिएको छ ।

कोषले श्रमिकको योगदानवापत श्रमिकको तलबको ११ प्रतिशत र रोजगारदाताबाट तलबको २० प्रतिशत थप रकम समेत तलबको कूल ३१ प्रतिशतले हुन आउने रकम सामाजिक सुरक्षा कोषमा संकलन गर्दै आएको छ । संकलित कूल ३१ प्रतिशतमध्ये १ प्रतिशत औषधी उपचार, १.४ प्रतिशत दुर्घटना तथा अशक्तता,०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा, निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत रकम विनियोजन हुँदै आएको कोषले जानकारी दिएको छ ।

कोषले कार्यस्थलमा भएको दुर्घटनामा परेर घाइते भएको अवस्थामा सम्पूर्ण उपचार खर्च व्यहोर्दै आएको छ । तर कार्यस्थलभन्दा बाहिर हुने दुर्घटनामा घाइते भएको अवस्थामा उपचार खर्चवापत अधिकत्तम ७ लाख रुपैयाँ मात्र भुक्तानी दिने प्रावधान छ । कोषका अनुसार दुर्घटना उपचार सुविधा अन्तर्गत ८ सय ६४ जनालाई कूल ३ करोड ३० लाख रुपैयाँ भुक्तानी गरिएको छ । यसबाहेक वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत कूल २८ हजार ६४ जनालाई २ अर्ब ८ करोड रुपैयाँ भुक्तानी गरिएको छ।

२०७६ साउन १ गतेदेखि संगठित क्षेत्रको लागी सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य गरिए पनि कोषको प्रावधान पक्षपात पूर्ण रहेकोमा असन्तुष्टी जनाउँदै अझैसम्म थुप्रै संगठित संस्थाहरु यसमा आबद्ध छैनन् । कोषले निजामती कर्मचारी र सार्वजनिक तथा निजी क्षेत्रका कर्मचारीको सेवा सुविधामा पक्षपात गरेको निष्कर्ष थुप्रै संघसंस्थाहरु कोषमा आबद्ध छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

20%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS