IME Life

बीमा उद्योगमा व्यवसायिक अभिकर्ताको अभाव, कहाँ हराए ४२ प्रतिशत अभिकर्ता ?

SPIL
NIC ASIA

निनाम लोवात्ती

जीवन बीमा अभिकर्ताका रुपमा तालिम लिएर लाईसेन्स लिएका मध्ये ४२ प्रतिशतले नवीकरण गरेनन् । जीवन बीमा गराउदा आउने कमिशनबाट अभिकर्ताले आफ्नो गुजारा चलाउनुका साथै यसैलाई आफ्नो नियमित आम्दानीको स्रोत समेत बनाउदै आएका छन् । उनिहरुले सर्वसाधारण मानिसलाई जीवन बीमा सम्बन्धी राम्रो ज्ञान दिनुका साथै व्यापक रुपमा जनचेतना फैलाउने काम गरिरहेका छन् ।

Prabhu
Crest

यसरी अभिकर्ताले प्राप्त गर्ने कमिशनलाई हेर्दै कतिपयले भने आफ्नो बीमा गरेर अरुलाई किन कमिशन खान दिने भन्दै आफैले अभिकर्ताको लाइसेन्स लिने धेरै छन् । यसले व्यवसायिक अभिकर्ताको महत्वलाई ओझेलमा पारिदिएको छ ।

बीमालाई राम्रै सँग बुझेकाले पनि किन अभिकर्तालाई कमिशन खुवाउन बीमा गर्नुहुन्छ बरु आफैले अभिकर्ताको लाइसेन्स लिएर बीमा गर्नुहोस् न भन्ने गरेका छन् । यसै क्रममा आफ्ना नातागोताको पनि बीमा गराउन सकियो भने अलि अलि भए पनि कमिशन आइहाल्छ भन्ने मानसिकताको विकास हुँदा बजारमा नियमित रुपमा काम गर्ने अभिकर्ताको संख्या धेरै कम छ । यसरी आफ्नो र आफ्नो परिवारको बीमा गर्न अभिकर्ता बनेकाहरुले नै लाइसेन्स नविकरण नगराउदा यति धेरै संख्या देखिएको हो ।

बीमा समितिले अभिकर्तालाई गत असोज मसान्तसम्म लाइसेन्स नविकरण गर्ने हदम्याद दिदा ५८ प्रतिशत अभिकर्ताले मात्रै नविकरण गराए । यो संख्या वास्तवमा सक्रिय अवस्थामा रहेका अभिकर्ता हुन् । जो आफ्नो र परिवारको मात्रै बीमा गर्न अभिकर्ता बनेका थिए साथै निष्कृय अवस्थामा रहेकाले नविकरण नगराएका हुन्

ठूलो संख्यामा नवीकरण नगर्ने प्रवृत्ती कसरी रोक्ने ?

यति धेरै संख्यामा अभिकर्ताको नविकरण नहुँदै गर्दा यसको विषयमा अध्ययन अनुसन्धान हुनु पर्ने देखिन्छ । मेरो अनुभवमा नेपालम जीवन बीमा अभिकर्ताको रुपमा काम गर्ने वास्तविक अभिकर्ताको संख्या धेरै कम छ । लहडमा अभिकर्ता बन्ने र छोटो समय खट्दा व्यवसाय ल्याउन सके ल्याइहाल्ने नसके पलायन हुनेको संख्या धेरै छ । कतिपयले एउटा पनि पोलिसी काट्न नसकेकाले अभिकर्ताको लाइसेन्स नै नविकरण नगराएका हुन् ।

अर्को तर्फ बीमा कम्पनीले अभिकर्ताको लाइसेन्स सजिलै उपलब्ध गराउने भएकाले बजारमा अभिकर्ताको लाइसेन्सको महत्व कम छ । व्यवसाय भित्र्याउने जोसुकैलाई बीमा कम्पनीले आवस्यक कागजी प्रकृयाँ पुरा गरेर लाइसेन्स उपलब्ध गराउने गरेकाले संख्यात्मक रुपमा अभिकर्ता धेरै छन् । नेपालमा अझै पनि अभिकर्ता पेशा पुर्ण रुपमा व्यवसायिक हुन सकिरहेको छैन । लाइसेन्स लिए पछि आफ्ना परिवार भित्रका सदश्य र नातागोताको बीमा गराउने र त्यतिकै निष्क्रिय हुने प्रबृत्ती व्याप्त छ ।

नियम अनुसार एउटा अभिकर्ता उत्पादन गर्न बीमा समिति र बीमा कम्पनीको ठुलो स्रोत साधनको खर्च भएको हुन्छ । अभिकर्तालाई तालिम दिनेदेखि लिएर लाइसेन्स दिदासम्म केहि न केहि खर्च भएकै हुन्छ । तर कयौ अभिकर्ताले लाइसेन्स लिए पनि पोलिसी ल्याउन सक्दैनन् । यसरी पोलिसी ल्याउन नसक्ने अभिकर्ताहरुले पनि दोस्रो वर्षको लागि लाइसेन्स नविकरण गराउदैनन् ।

ठुलो संख्यामा अभिकर्ता लाइसेन्स नविकरण नहुँदै गर्दा यसलाई बीमा समितिले पनि अध्ययन गर्नु पर्ने देखिन्छ । यसले अभिकर्ताको स्थायित्वमा प्रश्न उठेको छ । अभिकर्ताको संख्या थप्ने काममा सक्रिय हुने बीमा कम्पनीहरु अभिकर्ताको स्थायित्वमा भने खासै ध्यान दिन सकिरहेका छैनन् । व्यवसाय भित्र्याउने अभिकर्तालाई उच्च आदर गर्ने कम्पनीहरुले व्यवसाय नभित्र्याउने अभिकर्ताको लाइसेन्स पनि नविकरण गरिदिदैनन् । अन्यथा कम्पनीहरु आफैले अभिकर्ताको लाइसेन्स नविरकण गरिदिने गरेका छन् ।

बीमा कम्पनीहरुले संख्यात्मक रुपमा अभिकर्ता बढाउने भन्दा पनि गुणस्तरीय अभिकर्ताको संख्या बढाउनु पर्छ । यसका लागि उनिहरुलाई दिने तालिम तथा बृत्ती विकासको क्षेत्रमा ध्यान दिनु पर्छ । कम्पनीमा हजारौको संख्यामा अभिकर्ता भए पनि व्यवसाय ल्याउने सयौमा मात्रै हुन्छन् । आफ्नो र आफ्नो परिवारको मात्रै बीमा अभिकर्ता बनेकालाई पनि राम्रो तालिम दिएर अन्य व्यक्तिको पनि बीमा गराउन सक्ने बनाउनु पर्छ । यसो भयो भने मात्र बजारमा गुणस्तरिय अभिकर्ता आउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS