IME Life

बीमा गर्ने सोचमा हुनुहुन्छ ? यी सात कुरामा अनिवार्य ध्यान दिनुहोस्

SPIL
Sanima Reliance

काठमाडौं । नेपालमा जीवन बीमा अभिकर्ताको निरन्तरको अनुरोध र निर्जीवन बीमा अनिवार्य गर्नै पर्ने कारणले मात्रै गरिन्छ । अभिकर्ताले लगातार अनुरोध गरे पछि लौ धेरै नै कर गर्नु भयो अव चाँही गर्छु भनेर गरिन्छ । नेपालमा अझै पनि मेरो जीवन बीमा गर्नु पर्छ भन्ने स्वतः स्फुर्त गर्ने जनमानसको धेरै नै कमि छ ।

त्यस्तै निर्जीवन बीमा तर्फ पनि बाध्यताले बीमा गर्नेको संख्या धेरै छ तर मेरो जोखिम बहन हुन्छ म जसरी पनि बीमा गर्छु भन्ने धेरै कम छ । यसले गर्दा अधिकाम्स बीमकले बीमा गर्दा धेरै कुरामा ध्यान दिइरहेको पाइदैन । दवाव, कर र बाध्यताले बीमा गर्दै गर्दा पनि बीमितले आफुले गर्न थालेको बीमाको सामान्य जानकारी भने राख्नु पर्छ ।

Crest
Meta Holidays

जव घटना घट्छ तव मात्रै मैले बीमा गरेको थिए त भन्ने बानीले गर्दा आफूले कुन जोखिमको बीमा गरेको थिए भन्ने समेत थाहा हुँदैन । यसले गर्दा कहिले काँही बीमा गर्दा गर्दै पनि जोखिम बहन हुन सक्दैन । त्यसैले बीमा गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्छ ।

१. प्रस्ताव फाराममा खुलाउनुपर्ने सम्पुर्ण विवरणहरु स्ष्टसँग खुलाई भर्ने ।

२. बीमालेखमा उल्लेखित सम्पुर्ण शर्त एवं सुविधाबारे जानकारी लिएर मात्र बीमा गर्ने ।

३. बीमितले आफ्नो पेशा व्यवसाय एवं आर्थिक स्तर समेतलाई मध्यनजर गरी बीमालेख खरिद गर्ने ।

४. बीमालेख बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छाएका व्यक्तिको नाम, बीमालेख वापत रकम पाउने/नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडी नै बुझ्नुपर्दछ ।

५. बीमितले बीमा शुल्क बुझाएपछि यसको आधिकारित भर्पाई वा रसिद लिनुपर्दछ ।

६. बीमा सम्बन्धी प्रस्ताव फाराम बीमित स्वंयमले भर्नुपर्नेछ बीमित निरक्षर वा प्रस्ताव फार भर्न नसक्ने भएमा निजले तोकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्नेछ ।

७. बीमितले आफुले बीमा गर्न लागेको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

72%

खुसी

11%

दु :खी

6%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x