IME Life

स्वास्थ्य बीमा बोर्डले करिब रू. १ अर्ब ५० करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा योजना अन्तर्गत बीमितलाई उपचार सेवा प्रदान गरिरहेका सूचीकृत स्वास्थ्य संस्थाहरुलाई अझै १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ । सरकारले पर्याप्त रकम निकासा नगरेको र सीमित जनशक्तिको भरमा भुक्तानी फछ्र्यौट गर्नुपर्ने बाध्यताका कारण लामो समयदेखि भुक्तानी फछ्र्यौट गर्न नसकेको बोर्डले अहिले पुराना बक्यौताहरु टुंग्याउँदै लगेको छ ।

बोर्डले गत भदौ यता स्वास्थ्य संस्थाहरुलाई पूर्ण र आंशिक दाबी वापत ३ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले सातवटै प्रदेश अन्तर्गतको कूल ३ सय ४३ वटा स्वास्थ्य सेवा प्रदायक संस्थालाई असोज १४ गतेको बोर्ड संचालक समितिको निर्णय अनुसार ६६ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

बोर्डले लामो समयदेखि भुक्तानी फछ्र्यौट नगरेको भन्दै देशभरका ठूला अस्पतालले बीमा योजना अन्तर्गतको उपचार सेवा ठप्प पार्ने चेतावनी दिएपछि बोर्डले भुक्तानी फछ्र्यौटको लागी चासो देखाएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS