IME Life

देशभर डेंगुका बिरामीसँगै मृतककाे संख्या दिनदिनै थपिंदै, सरकार लाइसेन्स बाँड्न व्यस्त

SPIL
NIC ASIA

काठमाण्डाै‌ं । सरकारले समयमै नियन्त्रणकाे भरमग्दुर प्रयास नगर्दा नेपालमा डेंगु ज्वरोले प्रकोपको रुप लिएको छ । गत असार यता डेंगुका कारण ४५ जनाभन्दा बढीकाे मृत्यु भइसकेकाे छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउनयता डेंगुबाट ३७ हजार १ सय ३१ जना संक्रमित भएका छन् ।

याे समाचार तयार पार्दा पार्दै शुक्रबार साँझ मात्र चाबहिलकाे ओम अस्पतालमा डे‌ंगु संक्रमित एकजना बिरामीकाे मृत्यु भएकाे खबर आएकाे छ।

Prabhu
Crest

विश्व स्वास्थ संगठनका अनुसार यो डेंगुका कारण नेपालमा भएको अहिलेसम्मकै ठूलो मानवीय क्षति हो । यसअघि २०६१ देखि २०६६ सालकाे अवधिबीच डेंगु फैलिएकाे थियाे । त्यसबेला १२ जनाकाे मृत्यु भएकाे थियाे ।

देशैभर डे‌ंगु फैलिएर महामारीकाे रूप लिइसक्दा समेत गठबन्धन सरकार नियन्त्रणकाे लागी उदासिन देखिएकाे छ । सरकार महामारीकाे रूपमा फैलिएकाे डेंगु नियन्त्रणाकाे लागी ठाेस कदम चाल्नुकाे साटाे वस्तु आयात, बीमा कम्पनी, धिताे पत्र बजार, ब्राेकर, जलविद्युत आयाेजना, हाेटल, वस्तु विनिमय र क्रेडिट रेटिङ कम्पनीकाे इजाजत वितरणमा केन्द्रित छ ।

चिकित्सकका अनुसार अहिले काठमाण्डाैं उपत्यकाका अस्पतालमा भर्ना हुन आउने डेंगुका सामान्य देखि अत्यन्तै नाजुक अवस्थाका बिरामीहरूकाे संख्या ह्वात्तै बढेकाे छ । केही बिरामीलाई नाजुक अवस्थाका कारण सघन उपचार कक्षभित्र भेन्टिलेटरमा राखेर उपचार गर्नु परिरहेकाे छ ।

विश्व स्वास्थ्य स‌ंगठनले १० अक्टाेबर, २०२२ मा जारी गरेकाे बुलेटिनमा नेपालमा डेंगु‌ज्वरोले प्रकोपको रूप लिई सकेकाे उल्लेख गरेकाे छ ।

विश्व स्वास्थ्य स‌ंगठनका अनुसार सन् २०२२ को जनवरीदेखि २८ सेप्टेम्बर २०२२ सम्म नेपालको ७७ जिल्लामा ३८ वटा पुष्टि भएका मृत्यु (समग्र प्राण घातक दर सिएफआर ०.१३%) सहित डेंगु ज्वरोका कुल २८ हजार १०९ शङ्कास्पद र पुष्टि भएका घटनाहरू रिपोर्ट गरिएका छन्। दोस्रो धेरै जनसंख्या भएको प्रदेशको बाग्मती प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित (७८.२%) र मृत्यु (६८.४%) भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०२२ मा सबैभन्दा बढी काठमाडौं जिल्लामा ९ हजार ५२८ (३३‍.८%), ललितपुरमा ६ हजार ५४८( २३.२%), र मकवानपुरमा २ हजार ७७६ (९.८%) डेंगुका बिरामी भएका छन्।

ग्राफिक्स श्राेत: विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य स‌ंगठनले तथ्यांक विश्लेषणका क्रममा कूल बिरामीमध्ये २३% बिरामीहरू (संख्या=६ हजार ७३४) समेटेकाे उल्लेख गरेकाे छ । जसमध्ये ७६% (५ हजार १७५) १५-५९ वर्षका थिए । र ५४% बिरामीहरू पुरुषहरू (संख्या =३ हजार ६३७) थिए। २८ सेप्टेम्बर सम्म, ३८ जनाकाे मृत्यु भइसकेकाे छ ।मृतकमध्ये १५ – ५९ वर्ष उमेरका पुरुष र बिरामीहरू रिपोर्ट गरिएको मृतकमध्ये ५५% (संख्या=२१) हो। रिपोर्ट गरिएको मृत्युको ३९% (संख्या=१५)६० वर्ष भन्दा माथि उमेरका बिरामीहरू हुन्। सेप्टेम्बर महिनामा मात्र (८३.६%; संख्या=२३ हजार ५१४) मा रिपोर्ट गरिएकाेमा अधिकांश बिरामीहरू वर्षा मौसमसँगै मध्यअसारदेखि डेंगुका केशहरू बढेका छन्।

डे‌ंगु एक प्रकारकाे लामखुट्टेकाे टाेकाइबाट हुने संक्रमण हाे । सफा जमेकाे पानीमा फुल पार्ने भएकाले घर वरपर सफा राख्ने र पानी जम्न नदिने गर्नुपर्छ । साथै

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS