IME Life

फायर लस अफ प्रोफिट (अग्नी अनुसांगिक क्षति) बीमालेखः दिबस तिमल्सेनाको लेख

SPIL
NIC ASIA

निर्जीवन बीमालेखहरुमध्ये अग्नी बीमालेख वा भनौं प्रचलनमा रहेको सम्पत्ति बीमालेख बारे हामी धेरै थोरै जानकार छौं । उक्त अग्नी/सम्पत्ति बीमालेखले नसमेट्ने अपवादहरुमा एउटा विशेष खालको अपवाद राखिएको हुन्छ, जसलाई हामी “अनुसांगिक क्षति” भनेर चिन्दछौं । सम्पत्ति बीमालेख निर्देशिकाले उक्त अपवाद “अनुसांगिक क्षति” भन्नाले “बीमा गरेको जोखिमको कारणले हुने अप्रत्यक्ष (कन्सिक्वेन्सियल) वा एउटा घटनाको परिणाम स्वरुप हुने अप्रत्यक्ष क्षति सम्झनु पर्छ” भनि परिभाषित गरेको पाइन्छ ।

अझ सरल भाषामा भन्नुपर्दा सम्पत्ति बीमालेखमा बीमा गरिएको बस्तु वा सम्पत्तिहरु बीमालेखमा तोकिए बमोजिमका जोखिमबाट क्षति भएमा उक्त क्षतिको परिणाम स्वरुप सिर्जना भएको आम्दानी वा नाफामा भएको कमि, ढिलाईको कारणले भएको क्षति, ख्याति वा लोकप्रियतामा भएको ह्रास, उत्पादन प्रणालीमा आएको अवरोधको कारणले भएको क्षति, बजारको कारणले भएको क्षति जस्ता अप्रत्यक्ष क्षति सम्पत्ति बीमालेखले रक्षावरण गर्दैन ।

Prabhu
Crest

माथि उल्लेख गरिएका अपवादका क्षतिहरु मध्ये सम्पत्ति बीमा अन्तर्गत दावी परी उत्पादन प्रणालीमा आएको अवरोधका कारणले भएको आम्दानी वा नाफामा क्षति पुग्न गएमा उक्त क्षतिको रक्षावरण भने यस फायर लस अफ प्रोफिट बीमालेखले रक्षावरण गर्दछ । यस प्रकारको बीमालेखको मुख्य उद्देश्य भनेको कुनै व्यापारिक संस्थाले सम्पत्ति बीमामा उल्लेख गरिए बमोजिमको जोखिमबाट भएको भौतिक क्षतिको अलावा आफ्नो व्यापारिक क्रियाकलाप सुचारु गर्न लागेको अवधिभित्र भएको नाफाको क्षतिको लागि पनि सुरक्षा प्रदान गरिदिनु हो । जसले गर्दा भौतिक क्षति र अप्रत्यक्ष क्षति दुबैको रक्षावरणले उद्योग व्यवसायको पूर्ण सुरक्षा हुने गर्दछ । नेपालमा प्राय जसो लस अफ प्रोफिट बीमालेख जलविद्युत गृह संचालकहरुले लिने गरेका छन् भने केहि नगन्य मात्रामा अन्य बस्तु उत्पादकहरुले पनि लिने गरेका छन् ।

मुख्यतया यस प्रकारको बीमालेखले निम्न तीन प्रकारका जोखिम रक्षावरण गर्दछ:
खुद नाफा : व्यापार व्यवसायमा प्राप्त कूल आम्दानीमा सेवा वा वस्तुको सम्पूर्ण लागतको मुल्य कटाइ बचेको मार्जिन ।

स्थीर खर्च यस्ता खर्चहरु जुन व्यवसायको सेवा वा वस्तु उत्पादनको रुकावट पछि पनि भुक्तानी गर्नु पर्ने हुन्छ । जस्तै तलब, भाडा, व्याज, कर, नविकरण शुल्क इत्यादी ।

अतिरिक्त संचालन खर्च व्यवसाय:कार्य सुचारु गरी पुरानै लयमा फर्काउन लाग्ने अतिरिक्त कार्य संचालन खर्चहरु । जस्तैः केहि समयको लागि अन्य स्थानमा भाडामा बस्दा वा लिजमा सामान लिएर सेवा र बस्तुहरु उत्पादनका लागि लग्ने अतिरिक्त खर्चहरु ।

फायर लस अफ प्रोफिट बीमालेखको रक्षावरण प्राप्त गर्न सोहि व्यवसायमा सम्पत्ति बीमालेख अन्तर्गत तोकिएको जोखिम भित्र बीमा दावी पर्ने अवस्था विद्यमान हुनुपर्दछ । सम्पत्ति बीमा अन्तर्गत दावी भुक्तानी दिन नपर्ने अवस्था सिर्जना भए, लस अफ प्रोफिट बीमामा पनि दावी लाग्दैन । साथै एकै बीमा कम्पनीबाट सम्पत्ति बीमा र लस अफ प्रोफिट बीमा एकमुष्ट जारी गरिएको हुनु पर्दछ ।

यस प्रकारको बीमा दावी पर्दा क्षति भएको व्यवसायको स्थानमा फेरी पुरानै ढाँचामा सोहि प्रकृतिको व्यवसायको सेवा वा बस्तु सुचारु गर्दा लाग्ने खर्च नै बीमांक निर्धारणको आधार हुन्छ । यद्यपी बीमितको आवश्यक्ता अनुरुप खुद नाफामा मात्रै वा कुल नाफा सहितको अतिरिक्त रकम थप गरी प्राप्त गर्ने गरी बीमांक रकमको निर्धारण गर्न सकिन्छ ।

नयाँ व्यवसायको लागि बीमांक निर्धारण भने अनुमानित वार्षिक आय रकमका आधारमा गर्न सकिन्छ भने पुरानो व्यवसायको हकमा गत आवको वार्षिक आयमा यस वर्षको अनुमानित वृद्धि थप गरी बीमांक निर्धारण गर्न सकिन्छ ।

क्षतिपूर्ति अवधि (इन्डेमिनिटी पिरियड) ः फायर लस अफ प्रोफिट बीमालेखको अवधि एक वर्षको हुन्छ । यस बीमालेख अग्नी÷सम्पत्ति बीमालेखको अवधिसँगै समाप्ती हुने गरी जारी गर्ने गरिन्छ । बीमा अवधिको एक वर्ष भित्र जुनसुकै समयमा यस बीमा अन्तर्गत दावी ट्रिगर हुन सक्दछ । त्यसपछि कति अवधि सम्मको अनुसांगिक क्षति रक्षावरण गर्ने भन्ने समयको किटान पनि बीमालेख जारी गर्ने बेलामा नै निर्धारित हुन्छ ।

त्यस्तो अवधिलाई क्षतिपूर्ति अवधि भनिन्छ । एउटा व्यवसाय कति अवधिभित्र आफ्नै पुरानै स्वरुपमा संचालनमा आउन सक्छ भन्ने अनुमानित अवधि नै क्षतिपूर्ति अवधि हो । क्षतिपूर्ति अवधि सामान्यतया तीन महिना देखि एक वर्षको हुन्छ । अन्तर्राष्ट्रिय प्रचलन भने २४ महिना सम्मको पनि हुन्छ । बीमालेख जारी हुँदाका बखत तोकिएको क्षतिपूर्ति अवधि बीमालेखका बीचमा आएर परिमार्जन गर्न मिल्दैन् ।

बीमा जोखिमांकन : यस प्रकारको जोखिम ग्रहण गर्नु पूर्व निम्न कुराहरुमा ध्यान पु-याउनु पर्छ ।

बीमांक रकम वार्षिक कुल नाफाको आधारमा, बीमांक निर्धारणका आधार :टर्नओभर वा कुल आय वा कुल उत्पादन मुल्य, क्षतिपूर्ति अवधि :सामान्यतया तीन देखि बाह्र महिना, अतिरिक्त रक्षावरण वा सम्पूष्टिहरु : व्यवसायको प्राविधिक विश्लेषणका आधारमा, स्पेयर पार्टस् सप्लायर्सहरुको नाम, ठेगाना र सरसामान उपलब्ध गराउने अवधि, सरकारी निकायसंग अनुमति चाहिने भए सो सेवा प्राप्त गर्न लाग्ने अवधि, सट्टा सामानको उपलब्धता र भौगोलिक अवस्थितिले पार्ने प्रभाव, सम्भव भएसम्म अन्तिम तीन वर्ष यताको दावीको तथ्यांक इत्यादी रहेको छ ।

न्युनतम अधिक साधारणतया अन्तर्राष्ट्रिय प्रचलन अनुसार पहिलो सात देखि चौध दिनको अवधिको दावी भूक्तानी प्रदान नगरिने भएता पनि देशको आन्तरिक ट्यारिफको आधारमा र÷वा बीमा कम्पनीको आफ्नै विश्लेषणका आधारमा पनि यो दावी नलाग्ने अवधिलाई थपघट गर्न सकिन्छ ।

दावी प्रदान गर्नु नपर्ने अवस्थाहरु यस बीमालेखले निम्न बमोजिमका अतिरिक्त खर्च भने व्यहोर्दैन । जस्तैः खराब कर्जा भूक्तानी, मौज्दातमा रहेका सामाग्रीहरुको ह्रासमूल्य, वास्तविक अनुसांगिक क्षति बाहेक अग्नी÷सम्पत्ति बीमा दावी रकमको प्रतिशतले वा हचुवाका आधारमा एकमुष्ट दिन कबोल गरिएका रकमहरु, बोइलर एक्स्प्लोजनका कारण सिर्जित दावी (बोइलर एक्स्प्लोजनका हकमा उक्त बीमालेखकै प्रावधान लागु हुने)

अतः हरेक व्यवसायको आफ्नै छुट्टै गुण र विशेषता हुने भएकोले बीमितको आवश्यक्ता अनुसार यस प्रकारको बीमालेख जारी गरिनु पर्दछ । उक्त कार्यका लागि स्थलगत निरिक्षण, सप्लायर्सको अवस्था, अगाडीका वर्षहरुमा दावी परे नपरेको यकिन गरेर मात्र बीमालेख जारी गर्दा राम्रो हुन्छ । साथै बीमांक निर्धारण सकेसम्म चार्टड एकाउन्टेन्सी गरेका बीमा सर्भेयरको राय लिएर कायम गर्दा उत्तम हुन्छ ।

   (तिमल्सेना सगरमाथा इन्स्योरेन्समा आवद्ध छन् ।)                                                                                

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

14%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS