IME Life

बजार पूँजीकरणको आधारमा कुन बीमा कम्पनी ठूलो ? (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा ९ निर्जीवन बीमा, ४ जीवन बीमा र एउटा  पुनर्बीमा कम्पनीको मात्र शेयर कारोवार हुने गर्दछ । मर्जरको कारण धेरै कम्पनीहरुको शेयर कारोवार रोक्का रहेको छ । नेप्सेमा कारोवार हुने एक मात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको पूँजीकरण भने बीमा कम्पनी मध्येकै सर्वाधिक धेरै रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण ७१ अर्ब ३१ करोड रहेको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनी मध्ये सबै भन्दा धेरै पूँजीकरण भएको कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ भने जीवन बीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । राष्ट्रिय बीमा कम्पनीको बजार पूँजीकरण ३३ अर्ब ९१ करोड छ भने नेपाल लाइफको पूँजीकरण ४७ अर्ब ३५ करोड रहेको छ ।

Prabhu
Crest

कम्पनीमा कायम शेयर संख्यालाई बजार मूल्यले गुणान गर्दा बजार पूँजीकरण निस्किन्छ ।

र यो पनि :

कुन कुन कम्पनीको घटबढले नेप्सेलाई पार्छ सर्वाधिक असर ?

निर्जीवन बीमामा सर्वाधिक पूँजीकरण राष्ट्रिय  बीमा कम्पनीको :

शेयर संख्या कम भए पनि राष्ट्रिय बीमा कम्पनीको बजार मूल्य १२  हजार माथि रहेकाले नै कम्पनीको पूँजीकरण निर्जीवन बीमा कम्पनी मध्ये कै धेरै रहेको छ । असोज १३ गते कम्पनीको बजार मूल्य १२ हजार ७१९ रहेको छ भने  कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रहेको छ।  कम्पनीको बजार  पूँजीकरण ३३ अर्ब ९१ करोड रहेको छ ।

त्यस्तै दोश्रोमा शिखर इन्स्योरेन्सको पूँजीकरण रहेको छ। शिखरको पूँजीकरण १६ अर्ब ३२ करोड रहेको छ।

जीवन बीमामा सर्वाधिक पूँजीकरण नेपाल लाइफको :

नेपाल लाइफको पुँजी धेरै भएकाले कम्पनीको पूँजीकरण जीवन बीमा कम्पनी मध्ये सर्वाधिक रहेको छ। कम्पनीको पूँजीकरण ४७ अर्ब ३५ करोड छ । ८ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार मूल्य ५७७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

66%

खुसी

7%

दु :खी

7%

अचम्मित

14%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS