IME Life

नेपालमा स्वास्थ्य बीमा सम्बन्धी यस्तो छ नीतिगत व्यवस्था

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले आम नागरिकको स्वास्थ्य सुरक्षाको लागि सन् २००३ देखि धेरै प्रकारको प्रयोग वा स्वास्थ्य क्षेत्र अन्तर्गत आम नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नलाई विभिन्न प्रकारका उपचार सेवा, पुनस्र्थापना सेवा र प्रतिकात्मक सेवा उपलब्ध गराउँदै आइरहेको छ । मावन विकासको चरणमा आर्थिक कमजोरीका कारण स्वास्थ्य उपचारमा सहज पहुँचको सुनिश्च्तिता गर्न सामुदायिक स्वास्थ्य बीमाको विस्तार र जनचेतनामुलक कार्यक्रम स्वास्थ्य बीमा बोर्ड अन्तर्गत हुँदै आएको छ ।

नेपाल सरकारले स्वास्थ्य बीमालाई विस्तृत रुपमा आज सर्वसाधारण नागरिकको पहुँचमा पुर्याउनका लागि आर्थिक वर्ष २०६८।६९को बजेट मार्फत प्राथमिकतामा राखेको थियो । त्यसपछि आर्थिक वर्ष २०७१।७२ मा नेपालको कैलाली, बाग्लुङ र इलामबाट स्वास्थ्य बीमाको अभ्यास गर्नलाई बजेट विनियोजन गरे पनि कैलालीमावि.स २०७२ चैत २५ गतेबाट मात्र स्वास्थ्य बीमाको सदस्यता वितरण गरिएको थियो ।

Prabhu
Crest

त्यस्तै, बाग्लुङ स इलाममा वि.स २०७३ असार २५ गतेदेखि स्वास्थ्य बीमाको सदस्यता वितरण गरेको हो । आर्थिक वर्ष २०७३ ।७४ सालमा स्वास्थ्य बीमा कार्यक्रम थप १५ वटा जिल्लामा विस्तार गरी आर्थिक वर्ष २०७४।७५ सम्ममा ४२ जिल्लामा विस्तार भएको थियो भने अहिले स्वास्थ्य बीमा ७७ वटै जिल्लामा पुग्न सफल भएको छ ।

नेपाल सरकारको स्वास्थ्य बीमाको नीतिगत व्यवस्था यस्तो छ
प्रत्येक नेपाली नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्दैन र आधारभुत स्वास्थ्य सेवानिःशुल्क प्रदान गर्ने अधिकार उपलब्ध छ । प्रत्येक नेपाली नागरिकलाई आफ्नो स्वास्थ्य उपचारको बारेमा जानकारी हुनुपर्दछ । प्रत्येक नेपाली नागरिकलाई स्वास्थ्य सेवा बीमामा समान तरिकाले पहुँचहुने व्यवस्था राज्यले गरेको छ । प्रत्येक नेपाली नागरिक स्वच्छ खानेपानी र सरसफाइको बारेमा अधिकार प्राप्त हुनुपर्छ ।
नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमका विशेषता
यो कार्यक्रम योगदान रकम र परिवारमा आधारित स्वास्थ्य कार्यक्रम हो । कार्यक्रम लागू गरिएका जिल्लाहरुमा प्रत्येक परिवार वा नेपाली नागरिकले सदस्यता गर्न सक्दछन् । सदस्य बनेपछि स्वास्थ्य उपचारका लागि यस सम्बन्धी परिचयपत्र उपलब्ध गराइन्छ ।

योगदानमा आधारित कार्यक्रम
यस कार्यक्रम अन्तर्गत सदस्यता लिनका लागि नेपाल सरकारद्धारा तोकिए अनुसार योगदान रकम तिर्नुपर्दछ । हाल उक्त रकम पाँच जना परिवारका लागि प्रतिवर्ष ३५ सय रुपैयाँ र पाँच जनाभन्दा बढी भएमा थप ४२५ रुपैयाँ थप तिर्नुपर्दछ ।

परिवारलाई एक इकाई मानिन्छ
परिवारका सबै जना स्वास्थ्य बीमाको सदस्य हुनुपर्दछ । त्यसलाई इकाई भनिन्छ । यसमा परिवारको सदस्यलाई उपचार खर्चको निश्चित रकम यस कार्यक्रमले बहन गर्दछ ।

गरीब तथा विपन्न परिवारलाई छुटको व्यवस्था
नेपाल सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको दोस्रो संशोधन २०७३ को नियम १०१ को अनुसूचि ४ अनुसार योगदान रकम गरीब र विपन्न परिवारलाई छुटको व्यवस्था गरिएको छ । यसमा आधिकारीक प्रमाण पेश गर्नुपर्दछ । नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त परिचयपत्रको आधारमा छुटको व्यवस्था गरिएको छ । यसमा अतिगरिबका लागि सबै योगदान रकम छुट गरेर विना शुल्क सदस्यता प्राप्त गर्दछन् भने गरिबलाई ७५ प्रतिशत र गरिबीको जोखिममा परेकालाई ५० प्रतिशत योगदान रकम छुटको व्यवस्था गरेको छ ।

कार्यक्रम संचालन भएका ठाउँहरुको परिवार सदस्यता हुन पाउने
स्वास्थ्य बीमा कार्यक्रम संचालनमा आएका जिल्लाहरुका परिवारले योगदान रकम तिरेर सदस्यता लिन पाउँछन् । कुनै पनि कारणले यसलाई बन्देज हुने छैन् ।

रुपैयाँ पैसा नभई गरिने उपचार सेवा र सीमा
यो सेवा भनेको नेपाल सरकारले दिएको स्वास्थ्य उपचार सुविधा खर्च नियम संगत रुपमा रहेर स्वास्थ्य उपचार गर्नुपर्दछ । पैसा नतिरी परिचयपत्रको आधारमा उपचार सुविधा पाइने प्रणाली हो । यसमा परिवारको सदस्य संख्या हेरेर ५० हजारदेखि एक लाखसम्मको उपचार खर्च सिमा तोकेको छ ।

दर्ता तथा नविकरणको सुविधा
यस कार्यक्रममा सहभागी हुनका लागि कार्यक्रम संचालन भएका जिल्लाहरुमा दर्ता सहयोगीहरुलाई योगदान रकम बुझाई जुनसुर्क महिनामा पनि सदस्य बन्न सकिन्छ । पुराना सदस्यहरुले यस कार्यक्रमको अवधि सकिनुपुर्व नै योगदान रकम तिरेर कार्यक्रममा सहभागी हुनुपर्दछ । यसमानयाँ सदस्यता र नविकरणको योगदान रकम समान हुनेछ ।

सरकारी तथानिजी स्वास्थ्य संस्थाद्धारा सेवा दिइने
यस अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट उपचार गर्नुपर्दछ । यो भनेको नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको नियम अनुसार दर्ता भई नविकरण गरेका र नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमले तोकेको दर रेटमा स्वास्थ्य सेवा दिन तयार भई समितिसँग सम्झौता गरेका संस्थाहरु पर्दछन् । यस अन्तर्गत नेपाल सरकारका प्राथमिक स्वास्थ्य केन्द्रहरु, सामुदायिक, निजी, गैरसरकारी, सरकारी स्वास्थ्य संस्थाहरु पर्दछन् ।

प्रेषण (सिफारिस) को सुविधा
यस कार्यक्रम अन्तर्गत कुनै स्वास्थ्य संस्थाले उपचार गर्न नसकेमा त्यस संस्थाको सिफारिसमा अर्को स्वास्थ्य संस्थामा पठाई उपचार गरिएमा पनि स्वास्थ्य बीमाले निर्धारित खर्च बेहोर्दछ ।

प्रविधि मैत्रि
यस कार्यक्रम सुचना प्रविधिमा आधारित हुन्छ र सदस्यहरुले आफ्नो परिचयपत्रको आधारमा सेवा लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

14%

अचम्मित

29%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS