IME Life

बालबालिकाले दशैंमा पाएको दक्षिणाको उपयोगः बैंकमा बचत गर्दा समग्र अर्थतन्त्रमा टेवा !

SPIL
NIC ASIA

काठमाडौं । दशैमा मान्यजन तथा ठुलावडाहरुको हातबाट टिका, जमरा र दक्षिणा लिने गरिन्छ । विशेष त दशैं चार्ड भन्ने वित्तिकै खुशीको चार्ड पनि भन्ने गरिन्छ । दशैमा पैसाको विषयलाई लिएर बालबालिकाहरु दशै आउनुभन्दा अघिदेखि नै खुशीहुने गर्छन् । दशैमा मान्यजनको हातबाट टिका लगाएर दक्षिणा ग्रहण गरिन्छ । बच्चाहरुको दशैमा धेरै दक्षिणा संकल नहुने गर्दछ । तर कतिपय अभिभावकहरुले त्यो पैसालाई संगालेर बैंकमा बचत गर्दछन् भने कतिपय बालबालिकाहरुले भने विलासी बस्तुमा खर्च गरेरे सक्ने गर्दछन् ।

त्यसकारण दशैंमा जम्मा भएको बालबालिकाहरुको दक्षिणालाई बचतको रुपमा बैंकमा लगेर जम्मा गर्ने बानीले एक व्यक्तिको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पुग्छ । यतिमा त्र नभई दशैमा जम्मा भएको रकमबाट थोरै भएपनि बचाउन जानेको बालबालिकाले ठूलो भएर कुनै पनि व्यवसायको उचित व्यवस्थापन गर्न सक्छन् ।

Prabhu
Crest

दशै तिहार भनेकै केटाकेटीको लागी हो । त्यसमा पनि दशैमा आफन्तबाट टिका लगाएर पाउँने दक्षिणा र तिहारमा भैलो खेलेर पाउँने पैसा केटाकेटीको लागी महत्वपूर्ण हुन्छ । यसरी जम्मा भएको रकम के गर्नुहुन्छ?यदी केटाकेटीलाई उक्त रकम दिने हो भने चकलेट खाएर वा खेल्ने सामाग्रीमा नै खर्च गर्छन् । जसको कुनै उपयोगीता नै छैन । त्यसैले छोराछोरीलाई बचत गर्न आजै देखि सिकाउँनु होस । यसकालागी यसरी जम्मा भएको रकम बचत गरिददिनुहोस जसले गर्दा अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।

चाडपर्वको समयमा विशेषगरी दशैँ तिहारको बेलामा बालबालिकाले दक्षिणाले रुपमा आम्दानी गर्दछन् । बालबालिकालाई दिएको भनेर त्यो पैसाको हिसाब कसैले गर्दैन र उसले त्यो पैसा खाने, साथी भाईहरुसँग घुम्ने लगायतका फजुल खर्चमा सकाउँछ । तर, त्यही पैसा अभिभावकहरुले बैंकमा खाता खोलेर बचत गरिदिने हो भने भोली सोही बालबालिकाको पढाई अथवा अन्य ठूलो कामका लागि प्रयोग गर्न सहज हुन्छ ।

बैंकमा बचत गरेर राखेको पैसा सुरक्षित हुनुका साथै व्याज पनि पाइन्छ । बैंकहरुले बालबालिकालाई नै लक्षित गरेर विभिन्न किसिमका बचत खाताहरु संचालनमा ल्याएका हुन्छन् । कतिपय बैंकमा निःशूल्क रुपमा नै खाता खोल्न पाइने सुविधा छ । बैंकहरुले दिएको यस्तो सुविधा प्रयोग गर्न सके बालबालिको भविष्य सुरक्षित हुन सक्छ ।

दशैमा अभिभावकहरुले अरुको देखासिखीमा धेरै खर्च गर्ने प्रवृत्ति पनि छ । तर यी सबै खर्चलाई कम गरेर वालवालिकाको भोलिको भविष्को लागि बचत गर्न सकियो भने भविष्यमा कतै लगानी गर्न सकिन्छ । अझ बीमा नै गरिदिने हो भने बालबालिकाको भविष्य सुन्दर मात्रै होइन, सुनिश्चित समेत हुन पुग्दछ ।

थोरै पैसा संगालेर पनि बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यो भने ठुलो भएपछि फजुल खर्च गर्ने समस्यामा कमी आउन सक्छ । बालबालिकाका अभिभावकले नै आफ्ना सन्तानलाई बचत गर्ने बानी बसाल्न सक्यो भने भविष्यमा उनीहरुको पढाई तथा दैनिकीमा त्यो आजको थोरै बचतले धेरै सहज हुन सक्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS