IME Life

अभिकर्ताहरुले यसरी मनाउँदैछन् दशैं

SPIL
NIC ASIA

काठमाडौं । २०७९ सालको बडा दशैं नजिकिदै गर्दा बीमा क्षेत्रमा कार्यरत अभिकर्तारुले पनि दशैं मनाउने सुरसार कसेका छन् । नेपालमा स्वामित्वमा रहेका बीमा कम्पनीहरुमा ठूलो संख्यामा अभिकर्ताहरु संलग्न रहेका छन् । देशभर छरिएर रहेका अभिकर्ताहरुले आ–आफ्नै तौर तरिकाबाट दशैं मनाउने तयारी गरेका छन् । जसमध्ये इन्स्योरेन्स खबरले केहि अभिकर्ताहरुसँग दशैं कसरी मनाउँदै हुनुहुन्छ भन्ने बारे गरिएको छोटो कुराकानीको अंश प्रस्तुत गरिएको छ ।

सरला आचार्य – सूर्य लाइफ इन्स्योरेन्स

Prabhu
Crest

सूर्य लाइफ इन्स्योरेन्सको पोखरा शाखाका सक्रिय अभिकर्ता सरला आचार्यको यो वर्षको दशैं घरपरिवार, आफन्त, इष्टमित्र, साथीभाइसँगको रमाइलोमा बित्ने भएको छ । टिम लिडर समेत रहेकी सरला पारिवारिक जमघटमा आफ्नो पेशालाई थप विस्तार गर्ने सोचमा छिन् । आफ्नो व्यवसायको बारेमा बुझाउँदै जाँदा इच्छुक आफन्तहरुले बीमा गर्छन र बाँकीले बीमाको बारेमा बुझ्ने अवसर पाउने उनी बताउँछिन् । पेशा व्यवसायमा संलग्न आफन्तलाई पेशामा आइपर्ने जोखिमको बारेमा बुझाउने र अन्य साथीभाई आफन्तलाई जीवन बीमाले दिन सुरक्षाको बारेमा जानकारी दिने योजनामा छिन् उनी । उनका लागि चाडपर्व आफ्नो व्यवसायलाई अघि बढाउने अवसर बन्ने गरेको उनी बताउँछिन् ।

सरलाको विचारमा आफू जहाँ गयो त्यही लिएर जाने व्यवसाय हो अभिकर्ता पेशा । तसर्थ उनी यस्ता जमघटमा आफ्नो पेशाको बारेमा खुलेर कुरा राख्ने गर्छिन् । हाल उनको अनडरमा करिब एक सय जना अभिकर्ताहरु सक्रिय भइ काम गर्दैछन् भने २ सय जना निष्क्रिय छन् । तथापी कम्पनीले दिएको टार्गेट पूरा गर्न आफ्नो अन्डरमा रहेका सदस्यलाई दशैं विशेष जमघट गरि थप सक्रिय बनाउने योजनामा छिन् ।

दामोदर सापकोटा – नेपाल लाइफ

पोखरास्थित नेपाल लाइफ इन्स्योरेन्सको शाखामा अभिकर्ताको रुपमा सक्रिय दामोदर सापकोटा यो वर्ष परिवारसँगै दशैं मनाउने तरखरमा छन् । ठूलो परिवार भएकोले पनि यो वर्षको दशैं पारिवारिक जमघटमै वित्ने उनी बताउँछन् । यहि अवसरमा उनले आफ्नो पेशामा थप प्रगती हुने विश्वास राखेका छन् ।

पारिवारिक भेटघाटमा समसामायिक कुराकानीसँग आफ्नो पेशालाई पस्कने योजनाम छन् उनी । बीमा बारे सबिस्तार गर्ने समय हुने भएकोले बीमाको फाइदा, यसले दिने सुरक्षाको बारेमा खुलेर कुरा गर्ने उनी बताउँछन् । साथीभाइसँगको भेटमा साथीभाईले नै बीमाको बारेमा बुझ्न इच्छा जाहेर गर्ने भएकोले पनि उनको व्यवसाय बढ्नेमा उनी ढुक्क छन् ।

रेशम गौतम – युनियन लाइफ

युनियन लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाका सक्रिय अभिकर्ता रेशम गौतमको यो वर्षको दशैं परिवारसँगै वित्ने भएको छ । व्यस्त दैनिकिलाई केहि दिन परिवार, आफन्तसँग विताउने उनको योजना रहेको छ । यसबीच दशैंको टिका र आशिर्वाद लिने मात्रै उनको योजना रहेको उनी बताउँछन् । केहि समयअघि एमडीआरटी ग्लोबल कन्फ्रेन्सका लागि अष्टे«लिया पुगेर फर्केका उनले दशैंको समय परिवारलाई दिने बताएका छन् ।

नानु खड्का – एलआइसी नेपाल

विगत ८ वर्षदेखि लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआइसी) मा अभिकर्ताको रुपमा सक्रिय छिन् नानु खड्का । विशुद्ध पारिवारिक भेटघाट र सुखदुखका कुरा गर्ने, रमाइलो गरि दशैं मनाउने उनको योजना छ । सोलुखुम्बुकी नानु दशै मनाउन यो वर्ष सोलुखुम्बु भने पुग्दिनन् । दशैंको अन्य दिन काठमाडौंमा भएपनि टिकाको दिन भने झापासम्म पुग्ने उनको योजना छ ।

पारिवारिक भेटघाट, साथीभाइ, आफन्तसँगको भेटघाटमा अभिकर्ताको रुपमा देखा पर्नु उचित लाग्दैन उनलाई । त्यसमाथि प्रत्येक घरमा बीमा अभिकर्ता हुने प्रचलन बढेकोले कुन कम्पनीको पोलिसी राम्रो भन्दै उल्टै विवाद हुन सक्ने उनको भनाई छ । त्यसैले यो वर्षको दशैं साधारण रुपमै मनाउने उनी बताउँछिन् । अघिल्लो वर्षतिर जस्तो अभिकर्ता भेला भएर एकअर्कालाई शुभकामना आदान प्रदान गर्ने, सँगै दशैं मनाउने अवसर यो वर्ष नभएकोले घर परिवारसँगै दशैं मनाउने उनको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS