IME Life

बीमाका कर्मचारीलाई एक दुई पटक तालिम दिएर पुग्दैन जीवनभर आवश्यक पर्छ, भोजराज शर्मासँगको अन्तवार्ता

SPIL
NIC ASIA

काठमाडौं । नेपालको बीमा उद्योगमा झण्डै ६ दशक विताइसकेका वरिष्ठ बीमा विज्ञ भोजराज शर्मा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालको संस्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृतको रुपमा छन् । इन्ष्टिच्युट कोभिड १९ जस्तो महामारीको समयमा पनि बीमा तालिमलाई सफलता पुर्वक सञ्चालन गर्न सफल भयो । नेपालमा बीमा क्षेत्रमा दक्ष कर्मचारीको अभाव, अभिकर्ताको तालिम लगायतका विषयमा इन्स्योरेन्स खबरका अरुण सापकोटाले शर्मा सँग लिएको अन्तर्वार्ता ।  

बीमा क्षेत्रमा तालिम दिने उद्देश्यले स्थापना भएको इन्स्योरेन्स इन्ष्टिच्युट नेपालले तालिमका कार्यक्रमलाई कसरी अगाडी बढाइरहेको छ ?

Prabhu
Crest

सुरुमा बीमा समितिले तालिम दिने उद्देश्यले तालिम केन्द्रको रुपमा स्थापना गरेको थियो । धेरै वर्षदेखि बीमा समितिको तालिम केन्द्र खोल्ने योजना थियो तर पुरा हुन सकिरहेको थिएन । २०७५ मा बीमा समिति भित्रै तालिम केन्द्रको रुपमा स्थापना गर्यौ । तर पछि गएर बीमा समितिको स्वामित्वमा राख्नु भन्दा बीमा कम्पनीको स्वामित्वमा राख्न उचित हुने देखियो । त्यस पछि बीमा समिति सहित सम्पुर्ण कम्पनीको शेयर हालेर इन्योरेन्स इन्ष्टिच्युट नेपालको स्थापना गरियो ।

अहिले यसको ५ करोडको पूँजी छ । अझै यतिले पनि पुग्दैन । केहि बढाउनु पर्ने हुन्छ । सुरुमा एक करोड रुपैयाँ मात्रै लगानी थियो । तर अहिले ५ करोड पुर्याइएको हो । गत आर्थिक वर्षमा नाफा गर्न पनि सक्षम भएका छौ । किनभने हामीले धेरै तालिम सञ्चालन गर्न सक्यौ ।

बीमाका विभिन्न किसिमका कर्मचारीहरुलाई तालिम प्रदान गर्यौ । नयाँ नियुक्त भएका, काम गरिरहेका मध्यम खालका, माथिल्लो तहका अफिसरहरुलाई, सञ्चालकहरुलाई समेत तालिमको प्रवन्ध गर्यौ । कोभिड १९ ले विचमा केहि अवरोध पुर्याए पनि अन्य समयमा हामीले धेरै नै तालिमहरु आयोजना गर्यौ ।

कोभिडको समयमा धेरै काम गर्न सकेनौ तापनि अनलाइनको माध्यमबाट तालिम गरायौ । यसको सुन्दर पक्ष भौतिक रुपमा तालिममा सहभागी हुन नसक्नेहरुलाई अनलाइन माध्यमबाट सजिलै प्रवाह गर्यौ । एउटा कम्पनीले आफ्ना सम्पुर्ण शाखा प्रमुखहरुलाई तालिम दिन अनुरोध गरे पछि हामीले एकै पटक सम्पुर्ण शाखा प्रमुखहरुलाई तालिम दिन सफल भयौ ।

यसको अर्को राम्रो विशेषता बीमा क्षेत्रमा राम्रो अनुभव भएका विज्ञ रिसोर्स पर्सनलाई पनि हामीले प्रयोग गर्न पायौ । ओमिक्रोन सकिए पछि भने विस्तारै कार्यालयमै बोलाएर तालिम सञ्चालन गर्यौ । हरेक हप्ता जसो तालिम सञ्चालन भइरहेको छ । साउन पछि काठमाडौंमा मात्रै तालिम सञ्चालन गरेर भएन भनेर प्रादेशिक रुपमा पनि तालिम सञ्चालन सुरु गरेका छौ । हामी बुटवल गयौ । धनगढी नै दुई तीन पटक गइसकेका छौ । कहिलेकाही जीवन निर्जीवनकै तालिम एकै पटक सञ्चालन गर्यौ ।

अभिकर्ताको रेफ्रेसर ट्रेनिङ सञ्चालन गर्यौ । पोखरामा अभिकर्ताका साथै कर्मचारीहरुलाई पनि सँग सँगै तालिम दियौ । भर्खरै सुर्खेत र विरगञ्जमा पनि तालिम सञ्चालन गरेर आयौ । यसले तालिमको व्यापकताका साथै माग पनि भइरहेको छ । एक वर्षमा सम्पुर्ण प्रदेशहरुमा कम्तिमा पनि दुई पटक पुग्ने लक्ष्य रहेको छ ।

हामीले सबैभन्दा महत्वपुर्ण तालिमहरु जोखिम व्यवस्थापनको तालिम दियौ । जोखिमलाई कसरी विश्लेषण गर्ने, कम्पनीमा के कस्ता जोखिम निहित हुन्छन् भनेर विभिन्न विज्ञहरुलाई बोलाएर तालिम दियौ । बीमामा पनि एएमएल सिएफटीमा कम्पनीको उच्च व्यवस्थापन मात्रै नभएर तल्लो तहको कर्मचारी पनि दोषी हुन्छ । उनिहरुलाई पनि जानकार गराउन जरुरी छ । हामीले नेपाल राष्ट्र बैंकका सिसोर्स पर्सन मार्फत तालिम सञ्चालन गरिरहेका छौ । ह्युमन रिसोर्स म्यानेजमेन्ट इन इस्योरेन्स भन्ने विषयमा पनि तालिम सञ्चालन गर्यौ । अहिले दशैको माहोल भएकाले आन्तरिक तयारीमा जुटेका छौ ।

यस वर्ष इन्स्योरेन्स इन्ष्टिच्युटले लाभांश दिन सक्ला ?

कम्पनीहरुले पनि लाभांशको अपेक्षा गर्दैनन् । कम्पनीहरु आफैले लाभांश दिनु हुँदैन भनिरहेका छन् । किनभने यो संस्था लाभांशका लागि स्थापना गरिएको होइन । गत आर्थिक वर्षमा हामीले केहि नाफा गर्न सफल भएका छौ । अहिले लाभांश दिदैनौ बरु जगेडामै राख्छौ । तर कर्मचारीहरुलाई केहि न केही बोनस दिन सक्ने भने भएका छौ ।

प्रादेशिक स्तरमा तालिम दिन सुरु गरिसक्नु भएको छ । आगामी दिनमा प्रादेशिक स्तरमा शाखा कार्यालय खोल्ने योजना बनाउनु भएको छ ?

प्रादेशिक स्तरमा इन्स्योरेन्स इन्ष्टिच्युटको शाखा राखेर कुनै महत्व छैन । आइआइएलले यहिबाट सम्पुर्ण तालिम सञ्चालन गर्नु पर्छ । तर प्रादेशिक स्तरको लागि हामीले बीमा समितिकै प्रादेशिक कार्यालय मार्फत समन्वय गरेर तालिम सञ्चालन गर्छौ ।

बीमा समितिले तीन वटा प्रदेशमा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । अन्य तीन वटामा शाखा खोल्ने प्रकृयाँ अगाडी बढाएको छ । इन्ष्टिच्युटले अव बीमा समितिको प्रादेशिक कार्यालयलाई संयोजक बनाएर तालिम सञ्चालन गर्नेछ । हामीले यो यो कार्याक्रम गर्दैछौ । तपाईहरुले कार्यक्रमको संयोजन गरिदिनुहोस् भन्ने छौ । बीमा समितिलाई नै स्रोत व्यक्ति बनाए काम गर्दा उहाँहरुलाई राम्रो हुन्छ ।

इन्स्योरेन्स इन्ष्टिच्युटले शैद्धान्तिक रुपमा मात्रै पठाउने होइन । हामीले उहाँहरुलाई काममा रिफ्लेक्ट गरिदिने हो । यदि बीमामा पिएचडि गरेको व्यक्तिलाई काम गर्न मन लाग्यो भने हामीले काम गर्न योग्य बनाइदिने हो । हामीले पुनर्बीमा सम्बन्धी एक महिनाको तालिम सञ्चालन गर्यौ । यसले नयाँ मानिसहरुलाई काम गर्न धेरै सजिलो भएको प्रतिकृयाँ पाएका छौ ।

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ‘निप्स’ सँग पनि समन्वय गरेर तालिम सञ्चालन गरेका थियौ । निप्सकै व्यक्तिहरुलाई संयोजक बनाएर तालिम दियौ । हामीले उहाँहरुलाई नै संयोजक बनाएर उहाँहरुकै रिसोर्स पर्सन सँग प्रस्तुतिकरण माग्यो । जहाँ धेरै नै राम्रो प्रस्तोता समेत भेटायौ । बीमा समितिको प्रादेशिक कार्यालय स्थापना हुनु भन्दा पहिला निप्स मार्फत धेरै कार्यक्रमहरु सञ्चालन गर्यौ । अनावस्यक रुपमा कार्यालय सञ्चालन गरेर अनावस्यक भार थप्नु भन्दा यसरी काम गर्दा धेरै नै प्रभावकारी हुने देखेका छौ । भर्खरै विरगञ्ज र सुर्खेतमा बीमा समितिलाई संयोजक बनाएर तालिम सञ्चालन गर्यौ ।

इन्स्योरेन्स इन्ष्टिच्युटले सुरुवाति दिनमा शैक्षिक संस्थाहरु सँग अनुबन्धन गरेर कोर्षहरु सञ्चालन गर्ने योजना बनाएको थियो । अहिले उक्त योजना कहाँ पुग्यो ?

निश्चय नै त्यो हाम्रो अहिलेसम्म योजनामै सिमित छ । अहिले तालिमको उद्देश्यलाई पुर्ती गरौ भनेर लागि परेका छौ । केहि केहि कम्पनीले इन्स्योरेन्स इन्ष्टिच्युट मार्फत तालिम दिलाएर मात्रै नयाँ कर्मचारीलाई काममा लगाउने अभ्यास सुरु गरिसक्नु भएको छ । कतिपयले भने अझै पनि तालिम दिलाउन गाह्रो गाह्रो मान्ने गरेका छन् । तालिमको अवधारणालाई स्थापित गरे पछि विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुबाट अनुबन्धन गराउने छौ ।

एकै पछि एफिलिएसन लिन गाह्रो हुन्छ । त्यहि अनुमति लिनकै लागि भनेर बीमा समितिमा १० वर्षदेखि प्रयास भएको हो । विश्व विद्यालयमा कुरा गर्दा अर्कै कुरा हुने त एकेडेमिमा कुरा गर्द फेरी अर्को कुरा हुने भए पनि गाह्रो भयो । त्यस पछि ट्रेनिङ इन्ष्टिच्युटको रुपमा खोल्दा जे पर्छ पर्छ भनेर एक दिनको निर्णयमा स्थापना गरेका हौ । कुनै विश्व विद्यालयबाट अनुमति नलिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा स्थापना गर्दैमा भइहाल्यो । तालिमको हकमा क्षेत्रिय स्तरकै सबैभन्दा ठुलो संस्था इन्स्योरेन्स इन्ष्टिच्युट अफ इन्डिया ‘आइआइआइ’ सँग मान्यता लिइसकेका छौ ।

अव विस्तारै हाम्रो म्यानपावर पनि विकास हुँदैछ । अस्तिसम्म कर्मचारीलाई खर्चै गर्ने पैसा थिएन । अव विस्तारै खर्च गर्न सक्ने भएका छौ । अव विस्तारै महिना दिनको कोर्ष, ६ महिनाको कोर्ष सञ्चालन गर्छौ । परिक्षा दिएर रिजल्टको प्रतिक्षामा बसेका विद्यार्थीको लागि प्याकेज लिएर आउछौ । जस्तो विविए पढ्ने, एमबिए पढ्ने विद्यार्थीका लागि व्यवहारिक ज्ञान प्रदान गर्नेछौ । यस्ता कार्यक्रम सञ्चालन गर्दै गए पछि कुनै विश्वविद्यालयलाई संबन्धन देउ भनेर अगाडी बढ्छौ । विश्व विद्यालयबाट संबन्धन लिएर अहिले कलेजहरुमा पठाए जस्तो गरि कार्यक्रम सञ्चालन गर्न हामी चाहदैनौ । यहाँबाट प्राक्टिकल ज्ञान मात्रै प्राप्त होस् ।

तपाईहरुको यस्तो अवधारणामा विश्व स्तरमा चलेका अभ्यास के कस्तो पाउनु भएको छ ?

विदेशमा विश्व विद्यालयबाट अनुबन्धन लिएर सञ्चालन भएको पाइदैन । तालिम लिने संस्थाहरु छन् । जसले सर्वसाधारण जनतालाई पनि तालिम दिएको पाइन्छ । जस्तो युकेमा एमएससी इन इन्स्योरेन्स भन्ने कोर्ष सञ्चालन भएको पाइन्छ । यसमा २० लाख रुपैयाँ शुल्क मात्रै पर्छ । त्यहाँ पढे पछि मानिहरु दक्ष बन्दछन् । त्यहाँ पढ्न जानेहरु व्यक्तिग रुपमा भन्दा पनि संस्थागत रुपमा जान्छन् । म्युनिख रि जस्ता कम्पनीले कर्मचारीहरुलाई स्कलरसिप दिएर पठाएका हुन्छन् ।

नेपाल राष्ट्र बैंक अन्तर्गतको एनबिआईले पनि शैक्षिक कोर्ष सञ्चालन गर्ने भन्दा पनि तालिमका प्याकेजहरु सञ्चालन गरिरहेको छ । नेपालमा विस्तारै बीमा कम्पनीमा पनि काम गर्ने उद्देश्यले मानिसहरु आइरहेको हुँदा उनिहरुलाई लक्षित गर्ने कोर्ष सञ्चालन गर्ने छौ । बैंकमै काम गर्ने तर बीमा सम्बन्धी ज्ञान आवस्यक पर्नेहरुलाई लक्षित गरेर तालिम सञ्चालन गर्नेछौ । पहिला पहिला बैंकहरुले पनि बीमाको सामान्य कागजको भरमा कर्जा दिने गर्थे । अव त्यस्तरी चल्दैन । त्यो हेर्न जान्ने हुनु पर्छ ।

नेपालको बीमा क्षेत्रमा अझै पनि दक्ष जनशक्तिको अभाव देखिन्छ । यसको अभावलाई कसरी परिपुर्ती गर्न सकिएला ?

नेपालमा दक्ष शक्ति पुगेको छैन । हाम्रो पालामा विदेशीहरुले नेपालमा आएर तालिम दिएका थिए । अन्टार्क र स्क्यापले पनि ट्रेड, कमर्स र बीमामा स्कलरसिप दिएका थिए । मैले पनि ब्रिटेनमा एक वर्ष बसेर तालिम लिएको हो । त्यस्तै स्वीस सरकारको स्कलरसिपमा स्वीजरल्याण्डमा पढेको हुँ । कोलम्बो प्लान अन्तर्गत भारतमा गएर पनि तालिम लिने मौका पाएको थिए । पछि गएर सरकारले त्यस्ता स्कलरिसिप काट्दै गयो । अहिले यस्ता स्कलरसिप छैन । अव आफ्नै स्रोत साधनबाट गर्नु पर्नेछ ।

कम्पनीले पनि आफैले वर्षौ लगाएर तालिम लगाउने अवस्था हुँदैन । युकेमा तालिम लिदा ब्रोकिङ समेत गरेका थियौ । पठाइहाल्यो भने पनि अफिसका एक दुई जनालाई पठाउने चलन छ । नेपालबाट कसैले भारतको पुनामा तथा आइआइएनमा पठाउछन् । आइआइएनले सामान्य तालिम दिएर दक्ष बनाए पनि एडभान्स तालिमको रुपमा विदेशमा पठाउन सकिन्छ ।

नेपाल राष्ट्र बैंक र बीमा समितिले मुनाफाको २ प्रतिशत कर्मचारीको तालिम तथा क्षमता अभिबृद्धिका लागि खर्च गर्नु पर्ने व्यवस्था गरेको छ । यसले पनि कर्मचारीलाई तालिम दिने तथा दक्ष बनाउने अभ्यासमा टेवा पुर्याएको छ ।

इन्स्योरेन्स इन्ष्टिच्युटले बीमा क्षेत्रका सम्पुर्ण पक्षलाई तालिम दिन सक्ने भनिरहदा त्यो लेभलको तालिम दिने जनशक्ति हाम्रो हुनुहुन्छ ?

हामी सँग प्रसस्तै रिसोर्स पर्सन हुनुहुन्छ । यहाँ एफआइआइ, एफसिआइआइ, सिआइआइ गरेका व्यक्तिहरु पनि धेरै उत्पादन भएका छन् । हामी यहाँकै रिसोर्स पर्सन सँग मात्रै भर पर्दैनौ । रिष्क म्यानेजमेन्टको कुराहरु आउदा हामी भन्दा बैंकरहरु दक्ष भएको पाइएको छ । उहाँहरुलाई नै रिसोर्स पर्सन बनाएका छौ । नेपाल राष्ट्र बैंक बीमा समितिमा निर्देशिका बनाउनेहरुलाई नै तालिम दिन लगाउछौ । लिडरसिप डेभलपमेन्टमा पिएचडी गरेका व्यक्तिहरु छन् । उनिहरुलाई समेत प्रयोग गर्छौ । इन्स्योरेन्स इन्ष्टिच्युट संठित संस्था भएकाले नेपाल राष्ट्र बैंक, मन्त्रालय लगायत अन्य संस्थाबाट पनि तालिम दिन आउनु हुन्छ ।

बीमा समितिले अभिकर्ताहरुलाई परिक्षा लिएर मात्रै लाइसेन्स दिने तयारी गरिरहेको छ । यसरी अभिकर्तालाई तालिम दिने व्यवस्था र इन्स्योरेन्स इन्ष्टिच्युटको भुमिकालाई कसरी समन्वय गर्न सकिएला ?

ब्रिजिङ गर्ने काम भइरहेको छ । अभिकर्ताको लाइसेन्स दिने व्यवस्थाका सम्बन्धमा बनेको कमिटीमा इन्स्योरेन्स इन्ष्टिच्युटको तर्फबाट म आफैले प्रतिनिधित्व जनाउदै आएको छु । अहिले हामी सफ्टवेयर निर्माणको चरणमा छौ । अव अभिकर्ताको परिक्षा अनलाइनबाटै हुन्छ । अनलाइन प्रणालीले नै पास फेल गराउनेछ । लोकसेवा मोडल अनुसार प्रश्न कसरी सोध्ने, वस्तुगत प्रश्न कति वटा सोध्ने, कसरी प्रश्नहरु सेट गर्ने, प्रश्नको भण्डारण गर्ने लगायतका कुरामा हामी फाइनल स्टेजमा पुगेका छौ ।

बीमा समितिले सम्पुर्ण अभिकर्तालाई इन्स्योरेन्स इन्ष्टिच्युटबाटै तालिम दिने भनेको थियो । उनिहरु सबैलाई इन्स्योरेन्स इन्ष्टिच्युटले तालिमका कार्यक्रमहरु सञ्चालन गर्न सक्ला ?

बीमा समितिले सुरुमा इन्स्योरेन्स इन्ष्टिच्युटबाटै तालिम दिने भनेको थियो । तर हामी सँग त्यस्तो खालको नेटवर्थ छैन । देशव्यापी रुपमा यहाँ जाउँ उहाँ जाउ भन्न सकिदैन । अहिले भइरहेको प्रणालीलाई पनि खाली नगरिहालौ भन्ने कुरा आयो ।

ठिक छ हामीलाई गुणस्तरिय अभिकर्ता चाहिएको छ । अहिले तत्कालका लागि कम्पनीहरुले जुन हिसावले अभिकर्ता उत्पादन गरिरहेका छन्  त्यसरी नै उत्पादन गरिराख भन्ने हो । तर तिमिले पठाएको अभिकर्ताले बीमा समितिबाट लिने परिक्षामा उत्तिर्ण गर्नु पर्छ । यदि परिक्षामा उत्तिर्ण भएन भने पुनः परिक्षा दिइरहनु पर्छ ।

निश्चित समय पछि अहिले काम गरिरहेकै अभिकर्ताको पनि विस्तारै परिक्षा लिनु पर्ने व्यवस्था गर्नु पर्छ । हामिले अभिकर्ताको रिफ्रेसमेन्ट तालिम सुरु नै गरिसकेका छौ । भर्खरै पोखरा, सुर्खेत र विरगञ्जमा तालिम दिएर आइसकेका छौ । तालिम पछि कतिपय अभिकर्ताले यस्तो ज्ञान पहिला नै पाएको भए अफिस नै खोलेर बस्न सकिने रहेछ भनेर प्रतिक्रिया नै दिएका छन् । अभिकर्ताहरु पहिलो अण्डर राइटर हुन् । हाम्रो उद्देश्यल उनिहरुलाई पहिलो अण्डराइटर बनाउने हो । यदि अभिकर्ताले राम्रो सँग अण्डराइटिङ गरिदिएको भए विगतमा घटेका घटना नै घट्ने थिएन । मानिसको भ्यालु क्रियट गर्न सकिदैन तर हाम्रो काम मानिको भ्यालु कति छ भन्ने कुरा पत्ता लगाउन सक्ने बनाउने हो ।

अहिले अभिकर्ताहरुमै धेरै पढेका बुझेका छन् । मेरो उद्देश्य उनिहरुलाई रिसोर्स पर्सनको रुपमा विकास गर्ने हो । उनिहरुलाई तालिममा सहभागी गराएर ट्रेनर बनाउने हो । हाम्रोमा यस्ता धेरै मानिसहरु छन् जसले राम्रो तालिम दिन सक्छन् ।

बीमा कम्पनीहरु मर्जरमा गइरहेका छन् । कम्पनीहरु मर्जर भएर ठुलो बन्दै गर्दा हाम्रोमा ठुला ठुला कम्पनी सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति बजारमा छन् ? आइआइएनले यसलाई कसरी हेरिरहेको छ ?

अव मर्जर हुन्छ । मेघा भए पनि उनिहरुले लिने जोखिम पनि ठुलो ठुलो हुन्छ । त्यसैले जोखिम व्यवस्थापनका तालिमहरु अपरिहार्य छ । अभिकर्तादेखि लिएर कम्पनीका कर्मचारीहरुलाई पनि त्यहि अनुसारको तालिम आवस्यक पर्छ । महिले पहिले देखिनै के भन्दै आइरहेको छु भने बीमा कम्पनीमा काम गर्ने कर्मचारीमा समग्रमा सबै क्षेत्रको ज्ञान हुनु पर्छ । कम्पनीको रिसेप्सनमा बस्नेले पनि बीमा बुझ्नु पर्छ । कसैले आएर बीमाको विषयमा बुझ्न खोज्दा भन्न सक्ने हुनु पर्छ । यसले कम्पनीको इमेज नै राम्रो हुन्छ । मैले बीमा संस्थानमा काम गर्दा प्रकाशन लेखाका कर्मचारीलाई पनि अरु कर्मचारी सँगै भारतमा तालिमका लागि पठाइदिन्थे ।

हामी सँग तालिमका लागि लण्डन आइआइआइको मोडल छ । त्यसैले विशेष विशेष तालिम पनि सञ्चालन गर्न सक्छौ । कम्पनीहरु आफैले पनि मुनाफाको २ प्रतिशत कर्मचारीको क्षमता अभिबृद्धिका लागि खर्चै गर्नु पर्ने बाध्यता भएकाले उनिहरुले पनि खर्च गरिरहेका छन् । तालिममा पठाइरहेका छन् । कम्पनीले दिने तालिममा आफ्नै प्रोडक्ट तथा रणनीतिको विषयमा मात्रै ज्ञान हुन्छ तर हामीले दिने तालिममा समग्र बीमा क्षेत्रको ज्ञान प्राप्त हुन्छ ।

एक जना कर्मचारी बीमा कम्पनीमा प्रवेश गरेपछि कुन कुन समयमा कस्तो कस्तो तालिमको आवस्यक पर्छ ?

पहिला रिक्रुटमेन्ट तालिम चाहियो । विचमा मध्यम किसिमको तालिम दिनु पर्छ । त्यस पछि अपर हुँदै एडभान्स लेभलको तालिम आवस्यक पर्छ । यि सबै तालिम प्राप्त गरे पछि उच्च व्यवस्थापन तहमा रहेर काम गर्न सक्ने भिजनरी बनाउने किसिमको तालिम आवस्यक पर्छ । बीमा कम्पनीमा काम गर्ने कर्मचारीलाई एक दुई पटक तालिम दिएर पुग्दैन । यो जिन्दगीभर आवस्यक छ । कतिपय अवस्थामा देश भन्दा बाहिर गएर पनि तालिम लिनु पर्ने हुन सक्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS