IME Life

रिलायबल नेपाल लाइफले बोलायो पाँचौं वार्षिक साधारण सभा,१ अर्ब २० करोडको आइपीओ जारी गर्ने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा कार्तिक ६ गते साधारण सभा गर्ने जनाएको छ । कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा लिसरा ब्यांकेट ज्ञानेश्वर काठमाडौंमा आयोजना गर्ने भएको हो ।

सभाले संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा सोही मिति समाप्त आर्थिक वर्ष २०७७/ ७८ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण सहितका अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरीक्षकको नियुक्ति निजको पारीश्रमिक तोक्ने एजेण्डा पनि पारीत गर्नेछ । हालको लेखापरीक्षकलाई नै पुनः नियुक्ति यर्ने योग्य भएको कम्पनीले जनाएको छ । संचालक नियुक्तिको अनुमोदन गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारण शेयर ३० प्रतिशत अर्थात १ अर्ब २० करोडको आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल चुक्ता पूँजी २ अर्ब ८० करोड रहेको छ । कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS