IME Life

लाभांश प्रस्ताव गरेका कुन कुन कम्पनीको बुक क्लोज आउँन बाँकी ?

SPIL
NIC ASIA

काठमाडौं । अहिले लाभांशको मौसम सुरु भएको छ । केहीकम्पनीहरुले लाभांशसँगै बुक क्लोज पनि गरिसकेका छन् भने केही कम्पनीहरुको प्रस्तावित लाभांशको बुक क्लोज मिति तय भएको छ भने केही कम्पनीहरु नियामक निकायको अनुमतिको पर्खाईमा बसेका छन् । लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीहरुले आर्थिक वर्ष ७८/७९ को लाभांश प्रस्ताव गरेकोमा जीवन बीमा कम्पनीको भने आर्थिक वर्ष ७७/७८ को प्रस्तावित लाभांश रहेको छ ।

आर्थिक वर्ष ७८/७९ को लाभांश :
सिटिजन्स बैंक वाणिज्य बैंक मध्ये लाभांश प्रस्ताव गर्ने पहिलो बैंक भएको छ । कम्पनीले ९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा कम्पनीले साधारणसभाको मिति पनि तय गरेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २८ गते बुक क्लोज छ । यसको आधारमा असोज २७ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्ने छन्।

Prabhu
Crest

त्यस्तै रुरु जलविधुत परियोजनाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारणसभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज २७ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २६ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने छन् । .

त्यस्तै बोटलर्स नेपाल तराई र बालाजु, निफ्रा, अरुण काबेली पावरले पनि आर्थिक वर्ष ७८/७९ को लाभांस घोषणा गरेका छन् तर बुक क्लोज मिति तय गर्न बाँकी छ । बुक क्लोज मितीको अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्ने योग्य हुने छन् ।

आर्थिक वर्ष ७७/७८ को लाभांश :
केही जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७७/७८ को लाभांश प्रस्ताव गरे पनि बुक क्लोज मिति तय गर्न अझै बाँकी छ । नेपाल लाइफले १५ दशमलव ७९ प्रतिशत नगद लाभांश र नेशनल लाइफले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि प्रस्ताव गरेको छ ।  बीमा समितिले स्वीकृत दिए पश्चात् कम्पनीले बुक क्लोज र साधारणसभाको मिति तय गर्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS