IME Life

बीमा समितिमा माइक्रो इन्स्योरेन्सको आवेदन दिनेको भिडभाड, २५ भन्दा बढि निवेदन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिमा माइक्रो इन्स्योरेन्स कम्पनीको लागि आवेदन दिनेको भिड लागेको छ । समितिले आज अपरान्ह १२ बजेसम्म म्याद दिएका कारण विहानै देखि आवेदकको भिड लागेको हो । विभिन्न व्यवसायिक घराना तथा बैंक वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताको समुहले प्रस्ताव पेश गरिरहेका छन् ।

पछिल्लो विवरण अनुसार आज मात्रै तीन विकास बैंक गण्डकी विकास बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले जीवन र निर्जीवन माइक्रो इन्स्योरेन्सका लागि छुट्टा छुट्टै आवेदन पेश गरेका छन् । यस हिसावले तीन विकास बैंककै ६ वटा आवेदन परेको छ ।

Prabhu
Crest

मंगलबार मात्रै ७ वटाको आवेदन परेको थियो । आज मात्रै उन्नती माइक्रो लाइफ, उन्नती माइक्रो जनरल, स्वर्गद्धारी माइक्रो जनरल र लाइफ, केयर माइक्रो जनरल, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, लिबर्टी माइक्रो लाइफ, सुरक्षा लघु जीवन बीमा कम्पनी लगायतले आवेदन दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS