IME Life

माइक्रोइन्स्योरेन्समा विकास बैंकको मोह : गरिमा, मुक्तिनाथ र गण्डकीले दिए आवेदन

SPIL
NIC ASIA

काठमाडौं । माइक्रोइन्स्योरेन्स कम्पनीका लागि विकास बैंकहरुको आकर्षण देखिएको छ । आज मात्रै गरिमा विकास बैंक, गण्डकी विकास बैंक र मुक्तिनाथ विकास बैंकले जीवन तथा निर्जीवन माइक्रोइन्स्योरेन्स कम्पनीका लागि आवेदन दिएका छन् ।

गरिमा विकास बैंक समुहले गरिमा माइक्रो लाइफ इन्स्योरेन्स र गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनीको लागि आवेदन दिएका छन् । त्यस्तै मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ माइक्रो जनरल इन्स्योरेन्स र मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लागि आवेदन दिएको छ । गण्डकी विकास बैंकले पनि जनरल र जीवन दुबैका लागि आवेदन दिएको हो ।

Prabhu
Crest

आज उन्नती माइक्रोफाइनान्स समुहले उन्नती माइक्रोजनरल इन्स्योरेन्स कम्पनीको लागि आवेदन दिएको छ । अहिलेसम्म नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, स्वदेशी लघु जीबन बीमा कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, गौर्दैन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड प्रस्तावित कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि निवेदन दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS